From Wikipedia, the free encyclopedia
एमानुएल माक्रोँ (फ्रान्सेली: [emanɥɛl ʒɑ̃ miʃɛl fʁedeʁik makʁɔ̃]; (उच्चारण:एमानुएल जँ मिसेल माक्रोँ) जन्म सन् १९७७ डिसेम्बर २१) फ्रान्सका राजनीतिज्ञ र राष्ट्रपति हुन्।[1] सन् २०१७ मा ३९ वर्षको उमेरमा फ्रान्सको राष्ट्रपति पदमा निर्वाचित भएर उनी सबैभन्दा कम उमेरमा राष्ट्रपति बन्न सफल भएका थिए।[2] सन् १९५८ मा फ्रान्समा गणतन्त्र स्थापना भएपछि त्यहाँका दुई प्रमुख परम्परागत राजनीतिक दलबाट राष्ट्रपति चयन हुँदै आएकोमा उनी अर्कै राजनीतिक दलको नेतृत्व गरेर निर्वाचित हुने पहिलो राजनीतिज्ञ हुन्। माक्रोँ युरोप समर्थक मध्यमार्गी नेता मानिन्छन्।[3]
एमानुएल माक्रोँ | |
---|---|
फ्रान्सका राष्ट्रपति | |
पद बहाली १४ मे २०१७ | |
प्रधानमन्त्री |
|
पूर्वाधिकारी | फ्रँस्वा ओलँद |
अर्थव्यवस्था र वित्त मन्त्रालय (फ्रान्स) | |
कार्यकाल २६ अगस्त २०१४ – ३० अगस्त २०१६ | |
प्रधानमन्त्री | मानुएल भाल्स |
पूर्वाधिकारी | आर्नो मोँत्बुर |
उतराधिकारी | मिसेल सापेँ |
अन्य... | |
व्यक्तिगत विवरण | |
जन्म | एमानुएल जँ-मिसेल फ्रेदेरिक माक्रोँ २१ डिसेम्बर १९७७ आम्येँ, फ्रान्स |
राजनीतिक दल | ला रेपुब्लिक एन मार्च (सन् २०१६–हाल) |
अन्य राजनीतिक संलग्नता |
|
जीवन साथी | ब्रिजिट माक्रोँ ( वि २००७) |
अभिभावकहरू |
|
निवास | एलिजे दरबार |
मातृ शिक्षाप्रतिष्ठान |
|
हस्ताक्षर | |
वेबसाइट | Elysee website |
म्याक्रोन सन् २०२२ फ्रान्सेली राष्ट्रपतिय निर्वाचन मा मरिन ले पेनलाई नै पराजित गर्दै दोस्रो कार्यकालको लागि निर्वाचित भएका थिए। सन् २००२ पछि दोस्रो कार्यकालको लागि पुनः निर्वाचित हुने हुने पहिलो राष्ट्रपति हुन्।[4]
माक्रोँले राष्ट्रपति निर्वचनमा कुल मतको ६५ प्रतिशत मत प्राप्त गरेका थिए। उनी पेशाले एक व्यापारी र युरोपेली सङ्घका समर्थक हुन्। माक्रोँसँग पराजित भएकी राष्ट्रपति उम्मेदवारकी प्रत्यासी मरिन ले पेनले राष्ट्रवादी नारा 'फ्रान्स पहिले' भन्दै आप्रवासीहरूको विरोध गरेकी थिइन्।
माक्रोँलाई धेरैले मध्यमार्गी नेताको रूपमा चिन्ने गर्छन्।[5][6][7][8][9][10] केही अवलोकनकर्ताहरूले उनलाई सामाजिक उदारवादीको रूपमा व्याख्या गर्ने गरेका छन्[11][12][13][14][15] र अन्यले उनलाई सामाजवादी प्रजातन्त्रवादी नेताको रूपमा हेर्छन्।[16][17][18] उनी फ्रान्सको समाजवादी दलमा रहँदा उनले पार्टीको मध्यमार्गी नीतिलाई समर्थन गर्ने गरेका थिए।[19] उनको राजनैतिक झुकाव बिल क्लिन्टन, टोनी ब्लेयर र गेहार्ड स्क्रोडरको 'तेश्रो मार्ग' तर्फ थियो।[20][21][22][23]
माक्रोँले खुला बजार अर्थतन्त्रको पक्षमा मत राख्छन् र सार्वजनिक वित्तीय घाटा कम गर्न विश्वास गर्छन्।[24] उनले सन् २०१५ को एक अन्तर्वार्तामा पहिलो पटक आफैँले आफुलाई 'उदारवादी' भनि भनेका थिए। उनले आफुलाई सामूहिक एकताको पक्षधर भएको र दक्षिणपन्थी र बामपन्थी नभएको भनेका थिए।[25][26]
माक्रोँ कर कटौतीका पक्षधर समेत हुन्। उनले सन् २०१७ को राष्ट्रपतिय निर्वाचनमा करको दर ३३.३% बाट २५% मा झार्ने प्रस्ताव गरेका थिए। माक्रोँ लगानी आयको कर पनि हटाउन चाहन्छन्।[27] माक्रोँले फ्रान्सको १ करोड ८० लाख घरलाई पनि स्थानीय आवासीय करबाट मुक्त गर्न चाहन्थे र आफ्नो २०१७ राष्ट्रपतिय निर्वाचनमा यसलाई 'अनुचित'को रूपमा प्रस्तुत गरेका थिए।[28][29][30]
माक्रोँले अल्जेरियामाथि फ्रान्सको उपनिवेशकरणलाई 'मानवता विरुद्धको अपराध' भनी व्याख्या गरेका थिए।[31][32]
माक्रोनले २०११ मा लिबियामा भएको हस्तक्षेपलाई "ऐतिहासिक भुल" भएको बताएका थिए।[33]
सन् २०१७ जनवरीमा, उनले फ्रान्सलाई बसर अल असदसँग वार्ता गर्नुपर्ने सहितको अझ बढी सन्तुलित नीतिको आवश्यकता रहेको बताएका थिए।[34] सन् २०१७ अप्रिलमा, रासायनिक हमाला भएपछि माक्रोँले असद सरकारविरुद्ध संयुक्त राष्ट्रको मातहतमा रहेर सैन्य हस्तक्षेप गर्ने प्रस्ताव गरेका थिए।[35] उनले यदि सिरियाली सत्ताले रासायनिक हतियारको प्रयोग गरेमा उनले सजाय दिने चेतावनी पनि दिएका थिए।[33]
उनले राष्ट्रपति फ्राँस्वा होलान्दको इजरायल नीतिलाई निरन्तरता दिए र प्यालेस्टाइनलाई मान्यता दिन अस्वीकार गरेका थिए।[36] सन् २०१८ मे महिनामा, माक्रोँले गाजा सिमा क्षेत्रमा विरोध प्रदर्शनको क्रममा प्यालेस्टाइनी विरुद्ध इजरायली सशस्त्र बलले गरेको हिंसाको निन्दा गरेका थिए।[37]
माक्रोनले २०१६ मा म्यानमारमा भएको रोहिङ्ग्य मुस्लिम विरुको उत्पीडनको निन्दा गरेका थिए। उनले त्यस अवस्थालाई "जनसंहार" र "जातीय सफाया" भनी व्याख्या गरेका थिए, र संयुक्त राष्ट्र नेतृत्वमा हस्तक्षेप गरिनुपर्ने सङ्केत गरेका थिए।[38]
मारोनले यमनी विद्रोही बिरुद्ध साउदी अरब नेतृत्वको सैन्य अभियानलाई समर्थन गरे।[39] उनले साउदी नेतृत्वको गठबन्धनलाई हतियार बेच्ने फ्रान्सको कदमको पनि बचाउ गरे।[40] केही दक्षिणपन्थी समूहहरूले फ्रान्सले यमनमा साउदी नेतृत्वको गठबन्धनको सदस्यलाई हतियार बेचेर राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेको तर्क गरे।[41][42]
माक्रोँले जर्मनीमा एन्जेला मर्केल जस्तै मध्य पूर्व र अफ्रिकाका आप्रवासीको लागि खुला ढोका नीतिको समर्थन गर्छन्।[43] उनले फ्रान्समा आप्रवासी र मुसलमानप्रति सहिष्णुताको प्रवर्द्धन गर्छन्।[44][45] माक्रोँले आप्रवासीहरूलाई स्थापित गर्न सक्ने र युरोपमा उनीहरूलाई स्वागत गर्न सक्ने फ्रान्सको क्षमताप्रति विश्वास गरेका छन्। उनीहरूको आगमनले सकारात्मक आर्थिक प्रभाव पर्ने उनको विश्वास छ।[46]
माक्रोँ धर्म निरपेक्षताको सिद्धान्तका पक्षधर हुन्। उनले सबैलाई सम्मानपूर्वक आफ्नो धर्म मान्न दिनु हाम्रो दायित्व रहेको बताएका छन्।[47] सन् २०१६ जुलाईको एक बैठकमा माक्रोंले विश्वविद्यालयमा मुस्लिम हिजाबमा प्रतिबन्ध गर्ने बारे उनले व्यक्तिगत रुपमा, नयाँ पाठ्यपुस्तक, नयाँ कानून, नयाँ मापदण्ड बनाउन पर्छ भन्नेमा विश्वास नगर्ने गरेको मत राखेका थिए।"[48]
२ अक्टोबर २०२० मा, उनले फ्रान्सको सहिष्णु मान्यता को बचाऊमा, जसको विरुद्ध उनले "इस्लामिक रुढीवाद" शब्दको प्रयोग गरे, एक योजना सार्वजनिक गरे। उनले कट्टर मुस्लिम अभियानकर्मीको कारणले इस्लाम सङ्कटमा रहेको कुरा बताए। उनले १९०५ को कानुन, जसले आधिकारिक रुपमा चर्च र राज्यलाई छुट्ट्याएको थियो, सुदृढ गर्न सरकारले डिसेम्बरमा एक बिधेयक प्रस्तुत गर्ने बताए।[49] उनले चार्ली हेब्डोले प्रकाशित गरेको मोहम्मदको व्यंग्यात्मक कार्टुन को बचाऊ गरेका थिए, त्यसपछि उनले मुस्लिम समुदाय तथा राष्ट्रबाट बहिस्कार हुनु परेको थियो।। धेरै मुस्लिमले फ्रान्सेली उत्पादन बहिष्कार गर्न प्रदर्शन गरे, भने युरोपेली नेताहरूले उनको बक्तव्यलाई समर्थन गरे।[50]
माक्रों विद्यालय तथा विश्वविद्यालयलाई अझ बढी स्वायत्तता कुरालाई समर्थन गरेका छन्।[51][52] माक्रों स्कुलले अनुभवी शिक्षकलाई बढी तलब दिनु पर्ने र उनीहरूलाई अझै बढी शैक्षिक स्वतन्त्रता दिनुपर्ने बाध्यात्मक कार्यक्रम सिर्जना गरेका छन्।[51]
२०१८ नोबेम्बरमा , उनले राष्ट्रबाद र देशभक्ति बिल्कुल बिपरित रहेको बताएका थिए [53] उनको परिभाषा गलत थियो भनेर उनले आलोचना पनि सामना गर्नु पर्यो।[54][55]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.