चण्डीगढ
चण्डिगढ हरियाणा र पंजाबको साझा राजधानी हो र यो शहर भारतको एक केन्द्र सासित प्रदेश हो / From Wikipedia, the free encyclopedia
चण्डिगढ, (पञ्जाबी: ਚੰਡੀਗੜ੍ਹ) भारतको एउटा केन्द्र शासित प्रदेश हो, जुन दुई भारतको राज्य, पञ्जाब र हरियाणाको राजधानी पनि हो । यसको नामको अर्थ हो चण्डिको किला । यो हिन्दू देवी दुर्गाको एउटा रूप चण्डिका वा चण्डिको एउटा प्रसिद्ध मन्दिरको कारण राखिएको हो । यो मन्दिर अझै पनि यस सहरमा अवस्थित छ ।[5] यस सहरलाई सिटी अफ ब्यूटीफुल पनि भनिने गरिन्छ । चण्डिगढ राजधानी क्षेत्रमा मोहाली, पन्चकुला र जीरकपुर आउछन्, जसको सन् २००१ को जनगणना अनुसार जनसङ्ख्या ११,६५,१११ (१ करोड १६ लाख) रहेको छ । भारतको लोकसभामा प्रतिनिधित्व गर्नका लागि एउटा सिट आरक्षित गरिएको छ । वर्तमान सोह्रौ लोकसभामा भारतीय जनता पार्टीको श्रीमति किरण खेर यहाँबाट सांसद छानिएकी छिन् ।[6]
चण्डिगढ | |
---|---|
उपनाम: सुन्दर सहर | |
देश | भारत |
क्षेत्र | उत्तर भारत |
केन्द्र शासित प्रदेश/सहर | चण्डिगढ |
स्थापना | १ नोभेम्बर १९६६ |
सरकार | चण्डिगढ |
सरकार | |
• केन्द्र शासित प्रदेशको प्रशासक | शिवराज पाटिल |
• मेयर | हरफुल चन्द्र कल्याण |
• कमिसनर | विवेक प्रताप सिंह |
क्षेत्रफल | |
• सहर केन्द्र शासित प्रदेश | ११४ किमी२ (४४ वर्ग माइल) |
• क्रम | ३३ |
उन्नतांश | ३५० मिटर (११५० फिट) |
जनसङ्ख्या | |
• सहर केन्द्र शासित प्रदेश | १०५४६८६ |
• क्रम | २९औ |
• घनत्व | ९३००/किमी२ (२४०००/वर्ग माइल) |
• महानगर | ९६०७८७ |
[2] | |
भाषा | |
• आधिकारिक[3] | अङ्ग्रेजी,[4] हिन्दी भाषा, पञ्जाब |
समय क्षेत्र | युटिसी+५:३० (भारतीय मानक समय) |
पिन | १६०xxx |
टेलिफोन कोड | ९१-१७२-XXX XXXX |
आइएसओ ३१६६ सङ्केत | IN-CH |
सवारी दर्ता | CH-01 देखि CH-04 |
एचडीआई | ०.८९२ |
एचडीआई श्रेणी | ज्यादै उच्च |
साक्षरता | ८१.९ |
वेबसाइट | chandigarh |
चण्डिगढ सहरले चण्डिगढ केन्द्र शासित प्रदेशको पुरै क्षेत्र ओगटेको छ |
अन्तर्राष्ट्रिय स्तरमा सहरी योजनाबद्धता र वास्तु-स्थापत्यको लागि प्रसिद्ध यस सहर आधुनिक भारतको प्रथम योजनाबद्ध सहर हो ।[7] चण्डिगढ सहरको मुख्य वास्तुकार फ्रान्सेली वास्तुकार ली कार्बूजियर हुन् । यस सहरलाई भारतको समृद्ध राज्यहरू र सङ्घ शसित प्रदेसहरूको सूचीमा अग्रणी नाम आउछ, जसको प्रति व्यक्ति आय ९९,२६२ रु (वर्तमान मूल्य अनुसार) तथा स्थिर मूल्य अनुसार ७०,३६१ (२००६-०७) रु रहेको छ ।[8]