डायलग आजीयाटा
From Wikipedia, the free encyclopedia
डायलग आजीयाटा निजी लिमिटेड कम्पनी (सिन्हाला: ඩයලොග් ආසියාටා පීඑල්සී तमिल:டயலொக் ஆசியாடா பிஎல்சி) पहिला एमटिएन नेटवर्क्स वा डायलग टेलिकमको रूपमा चिनिने), श्रीलङ्कामा सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायकहरू मध्य एक हो । १२.८ मिलियन प्रयोगकर्ताहरूका साथ यो देशमा सबैभन्दा ठूलो मोबाइल नेटवर्क सञ्चालक हो र श्रीलङ्कामा मोबाइल बजारको ५०% शेयर ओगटेको छ । डायलग आजीयाटाको एक सहायक कम्पनी हो वा यसको मालिक आजीयाटाको ८३.३२% नियन्त्रणमा रहेकोे छ भने बाँकी चाहिँ सार्वजनिक नियन्त्रणमा रहेकोे छ । यसको मुख्यालय श्रीलङ्काको कोलम्बोमा अवस्थित छ ।
व्यापार नाम | डायलग |
---|---|
मौलिक नाम | ඩයලොග් ආසියාටා පීඑල්සී டயலொக் ஆசியாடா பிஎல்சி |
व्यवसाय प्रकार | निजी लिमिटेड कम्पनी |
उद्योग | दूरसञ्चार |
पूर्ववर्तीहरू | एमटिएन नेटवर्क्स (प्रा) लि (१९९३-२००५) डायलग टेलिकम निजी लिमिटेड कम्पनी (२००५-२०१०) |
स्थापित | २७ अगस्ट १९९३ (1993-08-27) |
केन्द्रीय कार्यालय | कोलम्बो ०२, श्रीलङ्का |
मुख्य व्यक्ति | |
उत्पादनहरू | निश्चिति र मोबाइल टेलिफोन निश्चिति र ताररहित ब्रोडब्यान्ड सेटेलाइट टेलिभिजन मोबाइल टिभी |
आम्दानी |
|
परिचालन आय |
|
| |
कुल सम्पत्ति |
|
कुल इक्विटी |
|
कर्मचारी सङ्ख्या | ४,३७४ (२०१५)[3] |
मूल सङ्गठन | आजीयाटा ग्रुप बेरहाड (८३.३२%) |
सहायक कम्पनीहरू | डायलग बित्त निजी लिमिटेड कम्पनी (८०%) डायलग ब्रोडब्यान्ड नेटवर्क (प्रा) लि (१००%) डायलग टेलिभिजन (प्रा) लि (१००%) डिजिटल होल्डिङ्स लङ्का(प्रा) लि (१००%) डिजिटल बाणिज्य लङ्का (प्रा) लि (१००%) डायलग व्यापार सेवाहरू (प्रा) लि (१००%) डिजिटल स्वास्थ (प्रा) लि(७०%) |
वेबसाइट | www |
डायलग जून २००५ मा कोलम्बो स्टक एक्सचेन्ज सूचीबद्ध भएको थियो । फेब्रुअरी २०१७ का अनुसार, डायलग आजीयाटाले ($५७३ मिलियन अमेरिकी डलर) बजार पूँजिकरण धारण गरेको छ र श्रीलङ्कामा बजार पूँजिकरणका आधारमा ५ औँ सबैभन्दा ठूलो सूचीबद्ध कम्पनी बन्न सफल रहेको छ । २०१४ मा देशको संयुक्त उत्तरदायित्व सूचकांकद्वरा कम्पनीले उच्च "प्लाटिनम" दर्जा प्राप्त गरेको थियो र यसका साथै कम्पनीले ४ पटक लगातार यस दर्जा प्राप्त गरेको छ ।[4]
डायलगले २.५ जी, ३ जी, ३.५ जी र ४ जी एलटिइ सञ्चार नेटवर्क सञ्चालन गरेको छ दक्षिण एसियामै पहिलो पटक ३ जी र एचएसपिए+ सेवा सञ्चालन गरेको थियो । १० मेजाहर्ज स्पेक्ट्रम र १८०० मेगाहर्ज ब्यान्डका साथ अप्रिल २०१३ मा डायलग आजीयाटाले ४ जी एलटिइ सेवा शरू गरेको थियो र व्यापारिक रूपमा एफडि-एलटिइ नेटवर्क सञ्चालन गर्ने दक्षिण एसियामै पहिलो सञ्चालक बनेको थियो ।
यस कम्पनीले विभिन्न सेवाहरू प्रदान गर्दै आइरहेको छ जस्तै डायलग टिभी, सेटेलाइट टेलिभिजन र डायलग ग्लोबल सेवा जसले अन्तर्राष्ट्रिय दूरसञ्चार सेवा प्रदान गरेको छ ।