![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/f/f5/Photos_NewYork1_032.jpg/640px-Photos_NewYork1_032.jpg&w=640&q=50)
बजार पूँजीकरण
From Wikipedia, the free encyclopedia
बजार पूँजिकरण (अङ्ग्रेजी: Market capitalization (market cap)) भन्नाले सार्वजनिक रूपमा कारोबार हुने कम्पनीहरूको जारी गरिएको शेयरहरूका कुनै समय विन्दुमा भएको बजार मूल्यलाई जनाउँदछ । यो शेयरको मूल्य तथा बजारमा जारी गरिएको शेयरको संख्याको अंकसँग बराबर हुने गर्दछ ।[1][2] जारी गरिएको शेयरहरू शेयर बजारमा किन बेच गर्न सकिने हुँदा बजार पूँजिकरणलाई बजार सूचकको रूपमा प्रयोग गरिन्छ । यसलाई बजारको कम्पनीको नेट वर्थ प्रतिको प्रतिक्रियाको रूपमा तथा शेयर मूल्यांकनको आधारको रूपमा हेरिन्छ ।
![Thumb image](http://upload.wikimedia.org/wikipedia/commons/thumb/f/f5/Photos_NewYork1_032.jpg/640px-Photos_NewYork1_032.jpg)