फिलिप लाम
जर्मन फुटबल खेलाडी / From Wikipedia, the free encyclopedia
फिलिप लाम(जर्मन उच्चारण: ˈfɪlɪp ˈlaːm; जन्म ११ नोभेम्बर १९८३) जर्मन फुटबलर हुन जो बुन्डेस लिगा क्लब बायर्न म्युनिखबाट डिफेन्डर वा डिफेन्सिभ मिड फिल्डरको रूपमा खेल्दछन् । लाम बायर्न म्युनिखका कप्तान समेत हुन् । फिलिप लाम फुटबलको डिफेन्स रेखामा एउटा वजनदार नाम हो । बायर्नलाई धेरै ट्रफी जिताएका अनुभवी लाम यसअघि राष्ट्रिय टिमका पनि कप्तान थिए जसको कप्तानीमै जर्मनीले २०१४ फिफा विश्वकप जितेको थियो । विश्वकप जितेपछी उनले राष्ट्रिय टिमबाट सन्यासको घोषणा गरेका हुन् । दायाँ खुट्टा विशेष चलाउने उनी पिचको दुवै छेउबाट खेल्न सक्षम मानिन्छन् । सुट वा पासको माध्यमद्धारा बललाई मैदानको एक छेउबाट पिचभित्र कट गर्ने उनको क्षमता उनलाई संसारकै उत्कृष्ट डिफेन्डरको सुचिमा राख्ने आधार हो । तीव्र वेग, ड्रिबल, सुन्दर ट्याकल र छोटो कद उनका विशेषताहरू हुन् । यिनै विशेषताका कारण उनलाई 'जादुयी तारा' भनिन्छ । फिलिप लामको कप्तानीमा रहेको रक्षात्मक घेरालाई तोड्न कुनैपनि विपक्षी टोलीलाई हम्मेहम्मे पर्ने गर्छ ।
व्यक्तिगत जानकारी | |||
---|---|---|---|
पुरा नाम | फिलिप लाम | ||
उचाइ | १.७० मि (५ फिट ७ इन्च) | ||
खेल्ने स्थान(हरू) | डिफेन्डर | ||
युवा करियर | |||
१९८९-१९९५ | गर्न मुन्चेन | ||
१९९५-२००१ | बायर्न म्युनिख | ||
वरिष्ठ करियर* | |||
वर्ष | टोली | उपस्थिति | (गोल) |
२००१-२००३ | बायर्न म्युनिख II | ६३ | (३) |
२००२-२०१७ | बायर्न म्युनिख | २७१ | (१०) |
२००३-२००५ | भी एफ बी स्टुटगार्ट →(ऋण) | ५३ | (२) |
अन्तर्राष्ट्रिय करियर | |||
२००४-२०१४ | जर्मनी | ११३ | (०५) |
*क्लब घरेलु लिग उपस्थिति र गोल |