From Wikipedia, the free encyclopedia
बङ्गलादेशको उपराष्ट्रपति (बङ्गाली: বাংলাদেশের উপরাষ্ট্রপতিদের তালিকা, बङ्गाली उच्चारण:बाङ्लादेशेर उपोराष्ट्रोपोतिदेर तालिका) बङ्गलादेशको राष्ट्रपति शासित शासन व्यवस्था प्रणाली अन्तर्गत पर्ने दोस्रो सर्वोच्च संवैधानिक पद हो। राष्ट्रपतिको पदत्याग, निष्कासन वा मृत्युको स्थितिमा उपराष्ट्रपति कार्यवाहक राष्ट्रपति बन्ने प्रणाली रहेको छ। बङ्गलादेशको पहिलो उपराष्ट्रपति सैयद नजरुल इसलाम थिए जसले बङ्गलादेशको स्वतन्त्रता युद्धको समयमा यस पदको सपथ ग्रहण गरेका थिए भने अन्तिम उपराष्ट्रपति शाहाबुद्दीन आहमेद थिए।
जनप्रजातान्त्रिक बङ्गलादेशको उपराष्ट्रपति | |
---|---|
सम्बोधन | महामान्य |
निवास | राष्ट्रिय भवन जमुना शेयार सडक, रमना, ढाका |
नियुक्तिकर्ता | बङ्गलादेशका राष्ट्रिपति |
गठन | १७ अप्रिल १९७१ |
प्रथम धारक | सैयद नजरुल इसलाम |
अन्तिम धारक | शाहाबुद्दिन आहमेद |
खारेज | ६ डिसेम्बर १९९० |
यस पदलाई पहिलो पटक सन् १९७१ मा बङ्गलादेशको अन्तरिम सरकारद्वारा बनाइएको थियो भने सन् १९७७ मा यस पदलाई सरकारद्वारा मान्यता प्रदान गरिएको थियो। सन् १९८२ सैन्य जन आन्दोलन पश्चात् यस पदलाई सरकारद्वारा खारेज गरिएको थियो भने अन्तिममा सन् १९९० डिसेम्बर ६ का दिन संविधानको १२औँ संशोधनमा पदलाई समाप्त गरिएको थियो।
नाम | जन्म | कार्यकाल | मृत्यु | राजनैतिक दल | राष्ट्रपति | टिप्पणी | |
---|---|---|---|---|---|---|---|
सैयद नजरुल इसलाम | सन् १९२५ | सन् १९७१–१९७२ | सन् १९७५ | बङ्गलादेश आवामी लीग | शेख मुजिबुर रहमान | उनी बङ्गलादेश स्वतन्त्रता युद्धको समयमा बङ्गलादेशका कार्यवाहक राष्ट्रपति थिए।[1] | |
आब्दुस सात्तार | सन् १९०६ | सन् १९७७–१९८१ | सन् १९८५ | बङ्गलादेश राष्ट्रवादी दल | जियाउर रहमान | तत्कालीन राष्ट्रपति जियाउर रहमानको मृत्यु पश्चात् सन् १९८१ राष्ट्रपतिको रूपमा निर्वाचित भएका थिए।[2] | |
मिर्जा नूरुल हुदा | सन् १९१९ | सन् १९८१–१९८२ | सन् १९९१ | स्वतन्त्र | आबदुस सात्तार | उनले बिएनपीसँगको द्वन्द्वका कारण राष्ट्रपतिको रूपबाट राजिनामा दिएका थिए।[3] | |
मोहाम्मद मोहाम्मदउल्लाह | सन् १९२१ | सन् १९८२ | सन् १९९९ | बङ्गलादेश राष्ट्रवादी दल | उनी एकदिन मात्र यस पदमा आसित थिए भने सन् १९८२ को सैन्य दङ्गाका उनले यस पद त्याग गरेका थिए।[4] | ||
एकेएम नूरुल इसलाम | १९१९ | १९८६–१९८९ | २०१५ | जातीयो पार्टी | हुसेइन मुहाम्मद एरशाद | साबिकका ऐनमन्त्री तथा सर्वोच्च अदालतका न्यायाधीश।[5] | |
मओदुद आहमेद | सन् १९४० | सन् १९८९–१९९० | – | जातीयो पार्टी | साबिकका प्रधानमन्त्री तथा उपप्रधानमन्त्री | ||
शाहाबुद्दीन आहमेद | सन् १९३० | सन् १९९० | – | स्वतन्त्र | उनी साबिकका प्रधान विचारपति थिए भने एरशादले पद त्याग गरेपछि बङ्गलादेशका राष्ट्रपतिको रूपमा दायित्व पालन गरेका थिए।[6] |
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.