भरतपुर विमानस्थल
From Wikipedia, the free encyclopedia
भरतपुर विमानस्थल नेपालको राजधानी काठमाडौँबाट १५० कि. मि. टाढा चितवन उपत्यकाको भरतपुर सहरमा रहेको छ। यो विमानस्थल सन् १९६१ देखि शुरू भएको हो। हाल मध्य-नेपालको प्रमुख यो विमानस्थल बेला बेलामा अन्तराष्ट्रिय विमानस्थल बनाउने भनेर चर्चा भइरहने विमानस्थल हो। नेपालको केन्द्र भागमा रहेको राजधानी काठमाडौँबाट पनि नजिकरहेको र भौगोलिक रूपमा पनि अत्यान्त सुरक्षीत चितवन उपत्यका भित्र रहेकाले पनि यो विमानस्थललाई अन्तराष्ट्रिय विमानस्थल बनाउने चर्चा चल्ने गर्दछ। हाल भरतपुर सहरको केन्द्र भागमा रहेको भरतपुर विमानस्थल तथा चितवनको अर्को मेघौली विमानस्थलको जमीन बेची पूर्व पश्चिम रनवे बनाएर नारायणी नदी पारी वा वारीको क्षेत्रमा बनाउन सकिने सोचले चर्चा पाई रहेको छ। पूर्व पश्चिम रनवे बनाउदा चितवन राष्ट्रिय निकुञ्जका जनवारलाई ध्वनी प्रदुषण पनि नहुने राय विज्ञहरूले दिइ सकेका छन। हाल यो विमानस्थलबाट दैनिक एघार वटासम्म उडान हुने गरेको छ। हाल भरतपुर विमानस्थलमा नेपालकै पहिलो निजी पाइलट तालीम स्कूल सञ्चालित छ।
भरतपुर विमानस्थल Bharatpur Airport | |||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|
विवरण | |||||||||||
विमानस्थल प्रकार | सार्वजनिक | ||||||||||
सञ्चालक | नेपाल नागरिक उड्डयन प्राधिकरण | ||||||||||
सेवा गर्ने स्थान | भरतपुर ,नेपाल | ||||||||||
उचाइ समुद्री सतह | ६०० ft / १८३ m | ||||||||||
निर्देशाङ्क | २७°४०′४१″उ॰ ०८४°२५′४६″पू॰ | ||||||||||
धावनमार्ग | |||||||||||
| |||||||||||