चितवन राष्ट्रिय निकुञ्ज
विश्व सम्पदा क्षेत्रमा सूचीकृत निकुञ्ज / From Wikipedia, the free encyclopedia
चितवन राष्ट्रिय निकुञ्ज, पहिले शाही चितवन राष्ट्रिय निकुञ्ज, नेपालको सबैभन्दा पहिलो तथा सबैभन्दा पुरानो राष्ट्रिय निकुञ्ज हो। यसको स्थापना सन् १९७३ मा गरिएको हो। यस निकुञ्जलाई सन् १९८४ मा युनेस्को विश्व सम्पदा क्षेत्रमा सूचीकृत गरिएको हो। यसको क्षेत्रफल ९५२.६३ किमी२ (३६७.८१ वर्ग माइल) छ। यसको अवस्थिति उचाई तल्लो नदी उपत्यकामा १०० मी (३३० फिट) देखि चुरे पहाड क्षेत्रमा ८१५ मी (२,६७४ फिट) सम्म रहेको छ।[1] जैविक विविधताको धनी यो निकुञ्ज नेपालको मध्य तराईमा अवस्थित छ। यस निकुञ्जको मुख्य कार्यालय कसरामा रहेको छ जसकारण सबै प्रकारका प्रशासनिक कामहरू कसराबाटै हुने गर्दछ।
चितवन राष्ट्रिय निकुञ्ज | |
---|---|
आईयूसीएन श्रेणी II (राष्ट्रिय निकुञ्ज) | |
स्थान | नेपाल |
नजिकैको सहर | भरतपुर |
क्षेत्र | ९५२.६३ वर्ग किमी |
स्थापना | सन् १९७३ |
किसिम | प्राकृतिक |
मापदण्ड | vii, ix, x |
नामाङ्कित | १९८४ (८औँ बैठक) |
सन्दर्भ क्रम सङ्ख्या | २८४ |
राज्य | नेपाल |
क्षेत्र | एसिया |
सन् १९५१ सम्म चितवन उपत्यका तत्कालीन शासकहरूका बीचमा सिकार खेल्नको लागि निकै लोकप्रिय थियो। जसले पछि गएर राष्ट्रिय निकुञ्जको रूप लियो। चितवन राष्ट्रिय निकुञ्जको मुख्यद्वार नजिकैको सहर भरतपुरबाट १० किलोमिटरको दुरीमा रहेको छ। यो निकुञ्जको भ्रमण गर्न सडकमार्ग हुँदै भरतपुर भएर टाँडीबाट भित्र पस्दै जान सकिन्छ भने भरतपुर विमानस्थलमा दैनिक उडान उपलब्ध छन्।