मार्सेलु (फुटबल खेलाडी)
From Wikipedia, the free encyclopedia
मार्सेलु भियेरा दा सिल्भा जुनियर ( जन्म : १२ मे १९८८) सामान्यतय मार्सेलुले चिनिन्छन् एक ब्राजिलि व्यावसायिक फुटबल खेलाडी हुन् जो हाल स्पेनी क्लब रेआल माद्रिद र ब्राजिल राष्ट्रिय फुटबल टिमका लागि रक्षापङ्क्ति को रूपमा खेल्दै आएका छन्।[4][5][6]
व्यक्तिगत जानकारी | ||||||||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
पुरा नाम | मार्सेलु भियेरा दा सिल्भा जुनियर[1] | |||||||||||||||||||||
जन्म मिति | (1988-05-12) १२ मे १९८८ (उमेर ३५)[2] | |||||||||||||||||||||
जन्म स्थान | रियो दी जेनेरियो, ब्राजिल | |||||||||||||||||||||
उचाइ | १.७४ मिटर[3] | |||||||||||||||||||||
खेल्ने स्थान(हरू) | रक्षापङ्क्ति | |||||||||||||||||||||
क्लब जानकारी | ||||||||||||||||||||||
वर्तमान टोली | रियल म्याड्रिड | |||||||||||||||||||||
सङ्ख्या | १२ | |||||||||||||||||||||
युवा करियर | ||||||||||||||||||||||
सन् २००२–२००५ | फ्लुमिनेन्स | |||||||||||||||||||||
वरिष्ठ करियर* | ||||||||||||||||||||||
वर्ष | टोली | उपस्थिति | (गोल) | |||||||||||||||||||
सन् २००५–२००६ | फ्लुमिनेन्स | ३० | (६) | |||||||||||||||||||
सन् २००७– | रियल म्याड्रिड | ३५४ | (२५) | |||||||||||||||||||
अन्तर्राष्ट्रिय करियर‡ | ||||||||||||||||||||||
सन् २००५ | ब्राजिल १७ वर्ष मुनी | ३ | (१) | |||||||||||||||||||
सन् २००७ | ब्राजिल २० वर्ष मुनी | ४ | (०) | |||||||||||||||||||
सन् २००८–२०१२ | ब्राजिल २३ वर्ष मुनी | १२ | (१) | |||||||||||||||||||
सन् २००६– | ब्राजिल | ५८ | (६) | |||||||||||||||||||
सम्मान
| ||||||||||||||||||||||
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: २१:५९, ८ मार्च २०२० ‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: २०:०५, ६ जुलाई २०१८ |
सन् २००५ मा मार्सेलुले फ्लुमिनेन्स नामक एक ब्राजिली फुटबल क्लब मार्फत व्यावसायिक फुटबल कार्यकालको सुरुवात गरेका थिए भने तात्कालिक समयमा उनी मात्र १८ वर्षका थिए।[7][8][9][10] सोही वर्ष उनले उक्त क्लबका लागि काम्पियोनातो काररिको नामक एक वार्षिक फुटबल प्रतियोगितामा फ्लुमिनेन्स क्लबका लागि उपस्थिति जनाएका थिए उक्त वर्षको त्यस फुटबल प्रतियोगिता फ्लुमिनेन्स क्लबले जित्न सफल भएको थियो भने सोही वर्ष उनले ब्राजिल १७ वर्ष मुनीको राष्ट्रिय फुटबल टोलीका लागि पनि पर्दापण गरेका थिए। सन् २००७ मा उनले रेआल माद्रिद नामक एक बहुप्रतिष्ठित फुटबल टोलीका लागि ५० लाख युरोमा आवद्ध भएका थिए।[11] यस क्लबका लागि उनले २१ उपाधिका लागि जित हासिल गर्नका लागि अहम् भूमिका निभाएका थिए भने उनको उपस्थितिमा रेआल माद्रिदले २१ उपाधिहरू जित्न सफल भएको थियो।
सन् २००६ मा उनले ब्राजिल १७ वर्ष मुनीको राष्ट्रिय फुटबल टोलीका लागि वेल्स विरुद्धको खेलमा राष्ट्रिय टोलीका लागि पर्दापण गरेका थिए जहाँ उनले एक गोल गर्न सफल भएका थिए। सन् २००८ मा चीनको राजधानी बेइजिङमा आयोजित ग्रीष्मकालीन ओलम्पिकमा उनले ब्राजिल २३ वर्ष मुनीको राष्ट्रिय फुटबल टोलीको तर्फबाट उक्त प्रतियोगितामा भाग लिएका थिए भने उक्त प्रतियोगितामा उनले काश्यपदक हासिल गर्न सफल भएका थिए। उक्त ओलम्पिक खेलको ४ वर्ष पश्चात् लन्डनमा आयजित सन् २०१२ को ग्रीष्मकालीन ओलम्पिकमा पनि उनले २३ वर्ष मुनीको राष्ट्रिय फुटबल टोलीका लागि उपस्थिति जनाएका थिए भने उक्त प्रतियोगितामा ब्राजिल राष्ट्रिय टोलीले रजत पदम जित्न सफल भएको थियो।[7][8] सन् २०१३ मा ब्राजिलमा आयोजित फिफा कन्फेडेरेसन कपमा उनले राष्ट्रिय टोलीका लागि उपस्थिति जनाएका थिए भने उक्त प्रतियोगिताको अन्तिम खेलमा ब्राजिल राष्ट्रिय फुटबल टोलील स्पेनलाई ३-० गोल अन्तरले पराजित गर्दै उक्त प्रतियोगिता चौँथोपटक जित्न सफल भएको थियो। सन् २०१४ मा ब्राजिलमा आयोजित फिफा विश्वकपमा मार्सेलुले राष्ट्रिय टोलीको तर्फबाट उपस्थिति जनाएका थिए भने उक्त प्रतियोगितामा राष्ट्रिय टोली चौँथो हुन सफल भएको थियो। सन् २०१८ मा रूसमा आयोजित फिफा विश्वकपमा पनि उनले राष्ट्रिय टोलीका तर्फबाट उपस्थिति जनाएका थिए।