रियल म्याड्रिड
स्पेनी फुटबल क्लब / From Wikipedia, the free encyclopedia
रियल म्याड्रिड वा रियल म्याड्रिड क्लब डे फुटबल म्याड्रिड, स्पेनमा अवस्थित व्यवसायिक फुटबल क्लब हो। यसको स्थापना १९०२ मार्च ६ मा म्याड्रिड फुटबल क्लब नाममा भएको थियो। स्थापनाकालदेखि नै सेतो जर्सी लगाउने यस क्लबलाई लस ब्लान्कस(द ह्वाइट्स) पनि भनिन्छ। स्पेनिस भाषामा रियलको अर्थ रोयल हुन्छ, स्पेनका तत्कालिन राजाले सन १९२० मा म्याड्रिड फुटबल क्लब लाई रोयल उपाधी र निशानी (चिन्ह) प्रदान गरेका थिए।
पुरा नाम | रियल म्याड्रिड क्लब डे फुटबल (Real Madrid Club de Fútbol)[1] | |||
---|---|---|---|---|
उपनाम(हरू) | लस ब्लान्कस(The Whites) लस मरेगन्गस(The Meringues) लस ग्यालाक्टिकस (The Superstars) | |||
स्थापना | ६ मार्च १९०२ म्याड्रिड फुटबल क्लब[2] | |||
मैदान | सान्टियागो बर्नबेउ स्टेडियम, म्याड्रिड, (स्पेन) | |||
मैदान क्षमता | ८१,०४४ [3] | |||
अध्यक्ष | फ्लोरेन्टिनो पेरेज | |||
म्यानेजर | जिनेदिन जिदान | |||
लिग | ला लिगा | |||
२०१९-२० | ला लिगा, प्रथम | |||
वेबसाइट | क्लबको आधिकारिक पृष्ठ | |||
| ||||
वर्तमान संस्करण |
रियल म्याड्रिड विश्वमा सबैभन्दा धेरै समर्थक भएका खेलका टिमहरु मध्ये एक हो।[4] यो ला लिगाको तीन संस्थापक क्लबहरुमध्ये एक हो। ला लिगामा रियल म्याड्रिड कहिल्यै पनि पहिलो श्रेणीबाट घटुवा भएको छैन (बार्सिलोना र एथ्लेटिक बिल्बाओ समेत)। फुटबलमा यस क्लबको केही प्रतिस्पर्धाहरु लामो समयदेखि कायम छन, ती मध्ये एल क्लासिको (बार्सिलोना विरुद्ध) र म्याड्रिड डर्बी (एत्लेटिको म्याड्रिड विरुद्ध) चर्चित छन।
स्पेन र युरोपमा रियल म्याड्रिड महारथी फुटबल क्लबको रूपमा स्थापित छ। क्लबले सन १९५० को दशकमा लगातार ५ पटक युरोपियन कप र ७ वर्षमा ५ पटक लिग जितेको थियो। स्टेफानो, पुस्कास, गेन्टो आदि खेलाडी रहेको उक्त समयको टिमलाई कतिपयले फुटबल जगतको अहिले सम्मकै सर्बोत्कृष्ट टिम मान्छन।[5][6][7]
स्पेनमा रियल म्याड्रिडले ७० उपाधीहरू जितेको छ, जसमा किर्तिमानी ३५ ला लिगा, २० कोपा डेल रे, १३ स्पेनिस सुपरकोपा सहित अन्य छन।[8] युरोप र विश्वमा यस क्लबले १४ युरोपियन च्याम्पियन्स लिग, २ युइएफए कप, ४ युइएफए सुपर कप, ३ इन्टरकन्टिनेन्टल कप र ५ फिफा क्लब वर्ल्डकप सहित किर्तिमानी २६ उपाधीहरु जितेको छ। सन २००० मा फिफाले रियल म्याड्रिडलाई २० औँ शताब्दीको सर्बोत्कृष्ट फुटबल क्लब घोषणा गरेको थियो।[9] सन २०१७ मा रियल म्याड्रिड लगातार ३ सिजन नयाँ स्वरूपको च्याम्पियन्स लिग जित्ने पहिलो क्लब बन्न सफल भयो।[10][11]