From Wikipedia, the free encyclopedia
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल नेपालमा २०६३ सालमा स्थापना भएको[3] हिन्दु दक्षिणपन्थी, सांस्कृतिक संरक्षणवादी सुशासनको परिकल्पना गर्ने पार्टी हो। वि.सं २०६३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीको विभाजनको रूपमा यस दलको गठन भएको थियो।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) | |
---|---|
सभापति | कमल थापा |
स्थापना | वि.सं २०६३ |
टुक्रिएको | राष्ट्रिय प्रजातन्त्र पार्टी |
प्रमुख कार्यालय | काठमाडौँ |
विद्यार्थी सङ्गठन | राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन नेपाल[1] |
युवा सङ्गठन | राष्ट्रिय प्रजातान्त्रिक युवक सङ्गठन, नेपाल |
Labour | राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासङ्घ |
विचारधारा | हिन्दु राष्ट्रवाद सर्व धर्म सम भाव सम्बर्द्धनवाद सुशासन उदारवादी आर्थतन्त्र[2] |
राजनीतिक स्थान | दक्षिणपन्थी राजनीति |
अन्तर्राष्ट्रिय सम्बद्धता | International Democratic Union |
निर्वाचन चिह्न | |
वेबसाइट | |
www.rppn.org.np |
दल शाह वंशको अधिनमा रही नेपालमा हिन्दू राज्य पुनर्स्थापनाको पक्षमा रहेको थियो। [4] संविधानसभा निर्वाचन, २०६४ अगाडी यस दल नेपालको निर्वाचन आयोगमा दर्ता भएको थियो।[5] चुनाव अघि नै पार्टीले राजनितिज्ञ दलहरूको मोर्चा बनाउन सुरु गरेको थियो।[6]
संविधानसभा निर्वाचन २०७०मा कुल ५७५ सिटमध्ये २४ स्थानमा विजयी भएको यस दल संविधानसभाको चौथो ठूलो दलको रूपमा रहेको थियो।
राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनमा गृहमन्त्री कमल थापाको नेतृत्वमा राष्ट्रिय प्रजातन्त्र पार्टीको टुक्र्याउने गुटको रुपमा यसको सुरुवात गरिएको थियो। थापाले वि.संं २०६३ कात्तिकमा दलको अध्यक्षको पदबाट राजीनामा दिएका थिए।[7]
राप्रपाले २०६३ को नगरपालिका चुनावमा सबैभन्दा धेरै नगरप्रमुख जितेको थियो। राजधानी काठमाडौँमा राजाराम श्रेष्ठ, यसैगरी धरानमा खड्गप्रसाद पलुङ्गुवा, विराटनगरमा प्रल्हादप्रसाद शाह हलुवाई, जलश्वोरमा रामशङ्कर शाह, भक्तपुरमा सुमित्रा मधिने, हेटौडामा मधुकरप्रसाद अग्रहरी, वीरगञ्जमा विमलप्रसाद श्रीवास्तव, बाग्लुङमा बिदुर खड्का र पोखरामा भीमसेन थापा विजयी भएका थिए। [8]तथापि, यो चुनावलाई अधिकांश प्रमुख दलहरूले बहिष्कार गरेका थिए।
२०६३ मै नेपाल समता पार्टी (समाजवादी) यस दलमा विलय भएको थियो।[9]
वि.सं २०६४ मा राजेश्वर देवकोटाको समूह अर्थात् राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) नामक अर्को दल यस दलम सामेल भएको थियो। जितबहादुर अर्जेलको विद्वत परिषद् पनि आपसमा गाभिएको थियो।[10]
२०६४ फागुन १९ मा, रवीन्द्रनाथ शर्माले स्वास्थ्यको कारण उल्लेख गर्दै पार्टी अध्यक्षको पदबाट राजिनामा दिएका थिए जस पश्चात्, कमल थापा पुन: फेरि अध्यक्ष बनेका थिए।[11]
संविधानसभा निर्वाचन, २०६४मा पार्टीले चार सिट जितेको थियो। २०६५ जेठ १५ मा भएको संविधानसभाको पहिलो बैठकमा गणतन्त्र घोषणाको विरोध गर्ने यो एक मात्र पार्टी थियो। गणतन्त्रको पक्षमा ५६० मत र विपक्षमा पार्टीको चार मत मात्र थियो। [12] उनले २०६५ असार ६ मा, मुलुकले आसन्न 'विपद्'को सामना गर्नुपरेको भन्दै पार्टीबीच सचेतरहन आग्रह गरेका थिए। पछि उनले राजनीतिक परिवर्तन भए पनि पार्टीको नीति तथा कार्यक्रम एउटै रहने बताएका थिए। [13]
प्रमुख दलहरूले निर्वाचनलाई भागबण्डाको रुपमा लिएको आधारमा पार्टीले संविधानसभाको राष्ट्रपतीय निर्वाचनलाई बहिष्कार गरेको थियो।[14]
भदौ २०६५ मा, रवीन्द्रनाथ शर्मा र राजेश्वर देवकोटा लगायतका दलका शीर्ष नेताहरूले दल त्याग गरि, राष्ट्रिय प्रजातन्त्र पार्टीमा सामेल भएका थिए।[15]
संविधानसभा निर्वाचन २०७०मा समानुपातिक प्रतिनिधित्व अन्तर्गत २४ सिट जितेको यस पार्टी चौथो ठूलो दल बनेको थियो।[16] पार्टीले जितेको समानुपातिक प्रतिनिधित्व सिटमा उम्मेदवारको नाम राख्ने विषयमा मतभेद पछि पार्टी विभाजन भएको थियो।[17] २०७० पुष १५ मा निर्वाचन आयोगमा पूर्वमन्त्री टङ्क ढकाल र पूर्व काठमाडौँ नगरप्रमुख उम्मेदवार राजाराम श्रेष्ठ सहितका पार्टीका केन्द्रीय नेताहरूले 'नेपाली राष्ट्रिय प्रजातन्त्र पार्टी' नामक नयाँ दल दर्ता गराएका थिए।[18] तथापि, निर्वाचन आयोगले नयाँ पार्टीको रूपमा मान्यता प्राप्त गर्न र समानुपातिक प्रतिनिधित्व सिटको दावी माग गर्दै विघटित समूहको अनुरोधलाई अस्वीकार गरेको थियो।[19]
खड्गप्रसाद ओलीको सरकारमा पार्टी सहभागी हुँदा बिक्रमबहादुर थापा र कुन्तीदेवी शाही राज्यमन्त्री बनेका थिए।[20]
२०७३ मङ्सिर ६ मा, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीले उनीहरूको एकीकरणको घोषणा गरेका थिए। नयाँ पार्टीले राष्ट्रिय प्रजातन्त्र पार्टीको नाम कायम रहेको थियो। नयाँ पार्टीको कुल सामर्थ्य ३७ रहेको थियो जसले गर्दा यसलाई नेपालको संसदमा चौथो ठूलो दल बनाएको थियो।[21] कमल थापा २०७३ फागुनमा काठमाडौँमा भएको एक विशेष महाधिवेशनमा पार्टीको अध्यक्षको रूपमा चुनिएका थिए।
निर्वाचन | नेतम | प्राप्त मत | सिट | स्थान | गठित सरकार | |
---|---|---|---|---|---|---|
२०६४ | कमल थापा | ११०,५१९ | १.०३ | ४ / ५७५ |
१२औँ | नेकपा (माओवादी)–नेकपा (एमाले)–मधेसी जन अधिकार फोरम, नेपाल |
२०७० | कमल थापा | ६३०,६९७ | ६.६६ | २४ / ५७५ |
चौथो | काङ्ग्रेस–नेकपा (एमाले)–राप्रपा |
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.