राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल
From Wikipedia, the free encyclopedia
कृपया राष्ट्रिय प्रजातन्त्र पार्टी, वि.सं २०७३ सालमा, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) एकआपसमा गाभिएर बनेको राजनीतिक दल दक्षिणपन्थी राजतन्त्रवादी राजनीतिक दल सँग भ्रमित नहुनुहोस्।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल नेपालमा २०६३ सालमा स्थापना भएको[3] हिन्दु दक्षिणपन्थी, सांस्कृतिक संरक्षणवादी सुशासनको परिकल्पना गर्ने पार्टी हो। वि.सं २०६३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीको विभाजनको रूपमा यस दलको गठन भएको थियो।
छरितो तथ्यहरू राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल(राप्रपा नेपाल), सभापति ...
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) | |
---|---|
सभापति | कमल थापा |
स्थापना | वि.सं २०६३ |
टुक्रिएको | राष्ट्रिय प्रजातन्त्र पार्टी |
प्रमुख कार्यालय | काठमाडौँ |
विद्यार्थी सङ्गठन | राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन नेपाल[1] |
युवा सङ्गठन | राष्ट्रिय प्रजातान्त्रिक युवक सङ्गठन, नेपाल |
Labour | राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासङ्घ |
विचारधारा | हिन्दु राष्ट्रवाद सर्व धर्म सम भाव सम्बर्द्धनवाद सुशासन उदारवादी आर्थतन्त्र[2] |
राजनीतिक स्थान | दक्षिणपन्थी राजनीति |
अन्तर्राष्ट्रिय सम्बद्धता | International Democratic Union |
निर्वाचन चिह्न | |
वेबसाइट | |
www.rppn.org.np |
बन्द गर्नुहोस्
दल शाह वंशको अधिनमा रही नेपालमा हिन्दू राज्य पुनर्स्थापनाको पक्षमा रहेको थियो। [4] संविधानसभा निर्वाचन, २०६४ अगाडी यस दल नेपालको निर्वाचन आयोगमा दर्ता भएको थियो।[5] चुनाव अघि नै पार्टीले राजनितिज्ञ दलहरूको मोर्चा बनाउन सुरु गरेको थियो।[6]
संविधानसभा निर्वाचन २०७०मा कुल ५७५ सिटमध्ये २४ स्थानमा विजयी भएको यस दल संविधानसभाको चौथो ठूलो दलको रूपमा रहेको थियो।