वीरगन्ज महानगरपालिका
नेपालको एक महानगरपालिका / From Wikipedia, the free encyclopedia
वीरगन्ज महानगरपालिका नेपालको मधेश प्रदेश (विगतमा मध्यमाञ्चल विकास क्षेत्र को नारायणी अञ्चल) स्थित पर्सा जिल्लाको एक प्रमुख सहर तथा महानगरपालिका हो। यस महानगरपालिकालाई ‘नेपालको प्रवेशद्वार’ (अङ्ग्रेजी: Gateway of Nepal) भनेर पनि चिनिन्छ। यो एउटा व्यापारिक सहर हो। यसलाई कतिपयले आर्थिक राजधानी भन्ने गरेका छन्। वीरगन्ज व्यापार तथा बाणिज्यको प्रमुख केन्द्र पनि हो।
वीरगन्ज
नेपालको प्रवेशद्वार | |
---|---|
वीरगन्ज महानगरपालिका | |
निर्देशाङ्क: २७°०′उ॰ ८४°५२′पू॰ | |
देश | नेपाल |
प्रदेश | मधेश प्रदेश |
जिल्ला | पर्सा जिल्ला |
महानगरपालिका घोषित | वि.स. २०७४/२/१७ |
सरकार | |
• प्रकार | वीरगन्ज महानगरपालिका |
• मेयर | राजेशमान सिंह |
• उप मेयर | इम्तियाज आलम |
क्षेत्रफल | |
• जम्मा | ९०.७४ किमी२ (३५.०३ वर्ग माइल) |
जनसङ्ख्या (सन् २०११) | |
• जम्मा | २८५०११ |
• घनत्व | ३१००/किमी२ (८१००/वर्ग माइल) |
• धर्मावलम्बी | हिन्दु |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
पोस्टल कोड | ४४३००,४४३०१ |
क्षेत्रीय सङ्केत | ०५१ |
वेबसाइट | birgunjmun.gov.np |
वीरगन्ज सबैभन्दा बढी भन्सार राजश्व दिने नाका हो। यहाँबाट नेपालले भारत लगायत अन्य मुलुकहरूसँग आयात निर्यातको काम गर्ने गर्दछ। चितवन, काठमाडौँ तथा पोखराका लागि सामान आयात निर्यात गरिन्छ।
श्री ३ वीर शमशेर जङ्गबहादुर राणाको प्रधानमन्त्रीत्वकालमा वि.सं. १९४२-१९५८ पर्सा जिल्लाको अलौ भन्ने स्थानबाट गहवा गाँउमा सदरमुकाम सारिएपछि गहवा गाँउलाई उनैको नाममा वीरगन्ज नामाकरण गरिएको हो। त्यहाँ गहवामाई मन्दिर पनि रहेको छ।
ठाकुरराम क्याम्पस का साथै केही अरू कलेज तथा विद्यालय तथा नारायणी अञ्चल अस्पतालका साथै केही नर्सीङ होम समेत रहेको वीरगन्जमा अञ्चल स्तरीय तथा जिल्ला स्तरीय सरकारी कार्यलयहरू पनि छन्। वीरगन्जको एरिया कोड ०५१ हो।