मध्यमाञ्चल विकास क्षेत्र
नेपालका विकास क्षेत्र / From Wikipedia, the free encyclopedia
मध्यमाञ्चल विकास क्षेत्र नेपालको पाँच विकास क्षेत्रहरू मध्य एउटा विकास क्षेत्र हो। यो नेपालको मध्यमा स्थित छ। यसको पूर्वमा पूर्वाञ्चल विकास क्षेत्र, पश्चिममा पश्चिमाञ्चल विकास क्षेत्र तथा उत्तरमा चीनको तिब्बत तथा दक्षिणमा भारतको बिहार स्थित छ। मध्यमाञ्चलको सदरमुकाम काठमाडौँमा स्थित छ। मध्यमाञ्चलमा ३ वटा अञ्चल तथा १९ वटा जिलाहरू छन्।
मध्यमाञ्चल विकास क्षेत्र | |||
---|---|---|---|
क्रम संख्या | अञ्चलहरू | जिल्लाहरू | सदरमुकाम |
१ | जनकपुर | ६ वटा | जनकपुर |
२ | बागमती | ८ वटा | काठमाडौँ |
३ | नारायणी | ५ वटा | वीरगञ्ज |
जम्मा | ३ वटा | १९ वटा |
मध्यमाञ्चल विकास क्षेत्र | |
---|---|
स्थान | |
Country | नेपाल |
यो क्षेत्र क्षेत्रफलको हिसाबले नेपालको चौथो सबैभन्दा ठुलो विकास क्षेत्र हो जसको क्षेतफल छ २७,४१० किमी२ (१०,५८० वर्ग माइल) तर जनसँख्याको हिसाबले नेपालको सबभन्दा बढी जनसँख्या हुने विकास क्षेत्र हो। यहाँ ९६,५६,९८५ व्यकि लगभग निवास गर्छन।[1] ३५२.३ व्यक्ति/किमी२ जनसँख्या घनत्व भएको यो क्षेत्र नेपालकै सबैभन्दा उच्च घनत्व भएको विकास क्षेत्र हो।
यसै क्षेत्रमा पर्ने काठमाण्डौ उपत्यकाको क्षेत्रफल ९५० किमी२ (३७० वर्ग माइल) छ; यस क्षेत्रको लम्बाई ३५ किमी (२२ माइल) पूर्व-पश्चिम, र चौडाई ३० किमी (१९ माइल) उत्तर-दक्षिण छ।
यस क्षेत्रमा धेरै महत्त्व राख्ने नदी हो बागमती, जुन कोशीको सहायक नदी हो। यो नदी काठमाण्डौ उपत्यका हुँदै बगेको छ। बागमती नदीलाई हिन्दू तथा बुद्ध धर्म माननेवालाहरु द्वारा पवित्र नदी मानिन्छ।
यस क्षेत्रमा पर्ने अन्य नदिहरु छन कमला नदी, लखनदेई नदी र विष्णुमति नदी। यी सबै साना नदीहरू बागमती नदीको सहायक नदी हुन।