जोङ्खा भाषा
From Wikipedia, the free encyclopedia
Remove ads
जोङ्खा भाषा भुटानमा बोलिने राष्ट्रिय भाषा वा प्रमुख भाषा हो। यो भाषा तिब्बती भाषा साथ निकै मिल्दोजुल्दो रहेको छ। यो भाषाको लागि प्रयोग गर्ने लिपि सम्भोट लिपि हो। तिब्बती व्याकरणको तुलनामा जोङ्खा व्याकरण नेपाली र हिन्दी व्याकरण जतिकै फरक रहेको देखिन्छ।
Remove ads
इतिहास
१७औं शताब्दी देखि जोङ्खा भाषा भुटानमा लोकप्रिय सञ्चार-भाषाको रूपमा प्रयोग गरिएको छ। सन् १९७१ मा भुटानको तेस्रो राजा जिगमेद दोर्जे वाङछ्युग द्वारा जोङ्खालाई भुटानको राष्ट्रिय भाषा घोषणा गरे। पहिले पनि जोङ्खा भाषा औपचारिक लेखनमा प्रतिबद्ध थियो। राष्ट्रिय भाषामा घोषणा भए देखि भुटानको विद्यालयहरूमा एउटा छुट्टै विषयमा राखेर पढाउने सुरुवात गरेको थियो र सन् १९८६ मा भुटानको चौथो राजा जिगमेद सेङगे वाङछ्युग द्वारा जोङ्खाको उन्नतिको लागि एउटा स्वतन्त्र सरकारी कार्यालयको रूपमा जोङ्खा विकास आयोग (Dzongkha Development Commission) को स्थापना पनि गरे। भुटानको सांस्कृतिक सम्पदाको संरक्षण र भाषाको पदोन्नतिको रूपमा जोङ्खाको विशेष भूमिका भएकोले भुटानी राष्ट्रिय सभाको धेरै सत्र देखि ठूलो समर्थन साथ जोङ्खा विकास तर्फा धेरै कार्यहरू सुरु गरिएको थियो।[२]
Remove ads
सन्दर्भ सामग्रीहरू
यो पनि हेर्नुहोस्
Wikiwand - on
Seamless Wikipedia browsing. On steroids.
Remove ads