प्युठान जिल्ला
नेपालको एक जिल्ला From Wikipedia, the free encyclopedia
Remove ads
प्यूठान जिल्ला नेपालको लुम्बिनी प्रदेशमा अवस्थित एक पहाडी जिल्ला हो। यस जिल्लाको पूर्वमा अर्घाखाँची र गुल्मी, पश्चिममा रोल्पा र दाङ, उत्तरमा बाग्लुङ र रोल्पा र दक्षिणमा अर्घाखाँची र दाङ जिल्ला रहेका छन्।
समुन्द्र सतहबाट ३०५ मिटर देखि ३६५९ मिटर सम्मको उचाइमा पहाड, पर्वत, टार, वेशी आदि रहेको यो जिल्लामा खासगरी शीत र शमशितोष्ण हावापानी पाइन्छ। यो जिल्ला १३२८९० हेक्टर क्षेत्रफलमा फैलिएको छ। यहाँ सामान्यतया न्युनतम १४.८ देखि अधिकतम २४.१ डिग्री सम्मको ताप र सरदर १३०० मी.मी. वार्षिक वर्षा भएको पाइन्छ। प्यूठान जिल्लामा ७ गाउँपालिका र २ नगरपालिका कायम गरेको छ।[१][२][३] प्युठान जिल्लामा प्रदेश सभाका लागि २ निर्वाचन क्षेत्र र प्रतिनिधि सभाका लागि १ निर्वाचन क्षेत्र रहेको छ।
Remove ads
नामाकरण
प्यूठान शव्दको उत्पति बारे मतैक्यता पाईदैन। कर्कपेट्रीकले प्रार्थाना (पूरथाना)बाट अपभ्रंश हुँदै प्यूठान भएको , हयामिल्टनले पुजुठानबाट प्यूठान, ओल्डफिल्डले प्राथानाबाट प्युठान नाम रहन गएको र योगि नरहरिनाथले प्लुथानबाट प्यूठान रहन गएको उल्लेख गरेका छन। अर्थात - प्रतिष्ठाना-प्यूठाना-पिउठाना हुंदै प्यूठान नाम रहन रहन गएको हो। निरज सुवेदीले समय-समयमा लेखेको पत्रहरूमा, पिउठानी, पिउठाना भनी उल्लेख गरेको पाइन्छ। सुरक्षा संवन्धि शव्द- पिउठ बस्ने ठाना भएकोले पिउठानाबाट अपभ्रंश भई पिउठान् नाम रहन गएको थियो भन्ने तर्क पनि पाइन्छ।
Remove ads
इतिहास
प्यूठान जिल्लाको भूमिमा सर्वप्रथम मगर जातिबाट वसोबास गरिएको कुरा यहाँको स्थानहरूको नामाकरणबाट बुझिन्छ। भिंगृ, सारी, कोचीवाङ. तोरवाङ, मर्कावाङ, खवाङ, स्याउलीवाङ बोकेनी डेबिन डाँडा खरिन डाँडाआदी प्राचीन कालमा लिच्छवीहरूको अधिनमा रहेको यो जिल्ला पछि खसिया मल्लहरूको अधिनमा १४औँ शताब्दी सम्म रहयो। पाल्पाली राजा मुकुन्द सेनका समकालीन प्यूठानी राजा रुद्र सिंह पछि मोती चन्द्र प्रथम यहाँका राजा भए। यिनकी छोरी यशोदाको विवाह मुकुन्द सेन प्रथम का नाति कर्ण सेन सँग भएको बताइन्छ। मोति चन्द्र पश्चात रुद्र चन्द्र, गजेन्द्र चन्द्र, गजकेशरी चन्द्र भएको बुझिन्छ। विक्रम संवत् १७६० तिर पृथ्वीपति शाह राजा भएको कुरा उनको ताम्रपत्रमा उल्लेखित छ भने १८३२मा राजा माणिक चन्द्रको ताम्रपत्र देखा पर्दछ। वि.सं. १८३५मा मोती चन्द्र द्वितिय प्यूठानका राजा थिएँ। खुग्री, भिंगृ, इष्मा र मुसिकोट प्यूठान का अनुयायी भएको कुरा अयामिल्टनले उल्लेख गरेको पाइन्छ।
Remove ads
प्रशासनिक विभाजन
जिल्लामा ९ स्थानीय तहहरू छन्, जसमध्ये २ नगरपालिका र ७ गाउँपालिका छन्।
सन्दर्भ सामग्रीहरू
Wikiwand - on
Seamless Wikipedia browsing. On steroids.
Remove ads