गुल्मी जिल्ला
नेपालको एक जिल्ला From Wikipedia, the free encyclopedia
Remove ads
गुल्मी जिल्ला नेपालको लुम्बिनी प्रदेशको एक जिल्ला हो। यो जिल्लाको सदरमुकाम तम्घास हो। यो जिल्लालाई पूर्वमा स्याङ्जा र पर्वत जिल्ला, दक्षिणमा पाल्पा र अर्घाखाँची, उत्तरमा बागलुङ र पश्चिममा प्युठान जिल्लाले घेरेको छ। यो जिल्ला कफी खेतीको लागि प्रख्यात छ। गुल्मी जिल्लामा उत्पादित कफी नेपाली तथा अन्तर्राष्ट्रिय बजारमा समेत लोकप्रिय रहेको छ।[१] माघे सङ्क्रान्ति जस्ता चाडपर्वहरू पर्यटक र स्थानीय दुवैमा लोकप्रिय छन्।[२]
Remove ads
नामाकरण
संस्कृतमा सैनिक वा पल्टन भएको ठाउँलाई गुल्म भनिने र सामरिक महत्त्व बोकेको हालको गुल्मी क्षेत्रमा पनि लिच्छवि काल र मध्य कालमा सैनिक छाउनी रहेकोले यस स्थानलाई गुल्मी भनी नामाकरण गरिएको हो भन्ने भनाई रहेको छ।[३]लिच्छवि कालमा यो ठाउँ गढी गुल्म गण्डकी नदीको छेउको छाउनी भनिन्थ्यो। यहाँ गुल्मी चारपाला भन्ने ठाउँ पनि छ। जसलाई गुल्मीकोट पनि भनिन्थ्यो। यसैका आधारमा यस जिल्लाको नाम गुल्मी रहेको हो भन्ने भनाई पनि पाइन्छ।
Remove ads
प्रशासनिक विभाजन
जिल्लामा १२ स्थानीय तहहरू छन्, जसमध्ये २ नगरपालिका र १० गाउँपालिका छन्।[४]
Remove ads
सन्दर्भ सामग्रीहरू
Wikiwand - on
Seamless Wikipedia browsing. On steroids.
Remove ads