ब्रायन क्रान्सटन
From Wikipedia, the free encyclopedia
Remove ads
ब्रायन ली क्रान्सटन (जन्म मार्च ७, १९५६)[१] एक अमेरिकी कलाकार, पट्कथाकार, निर्देशक तथा निर्माता हुन् । उनी वाल्टर ह्वाइटको चरित्रमा ब्रेकिङ ब्याड, ह्यालको चरित्रमा म्यालकम इन द मिडल तथा डा. टिम वाट्लीको रूपमा साइन्फेल्डबाट लोकप्रिय बनेका थिए । ब्रेकिङ ब्याडका निम्ति उनले ४ पटक (२००८, २००९, २०१० र २०१४) ड्रामा सिरिजमा उत्कृष्ट मुख्य अभिनेताको प्राइम टाइम एमी अवार्ड समेत प्राप्त गर्न सफल भएका थिए । सन् २०११ पछि ब्रेकिङ ब्याडका निर्माताको रूपमा उनले दुई पटक उत्कृष्ट ड्रामा सिरिजको उपाधि प्राप्त गरेका थिए । ब्रेकिङ ब्याड अभिनयबाटनै उनले सन् २०१४ मा गोल्डेन ग्लोब अवार्ड समेत जितेका थिए, सोही चरित्रको निम्ति वहाँ पाँच पटक गोल्डेन ग्लोबको निम्ति मनोनित भएका थिए ।[२]
म्यालकोम इन द मिडलमा उनको भुमिकाको निम्ति उनी ३ पटक प्राइम टाइम एमीमा उत्कृष्ट चरित्र अभिनेताको रूपमा मनोनित भएका थिए । सन् २०१४ जुनमा ब्रोड्वे नाटक अल द वेमा आफ्नो अभिनयको निम्ति उनले टोनी अवार्ड प्राप्त गरेका थिए । अल द वे नाम बाटै बनेको टेलिभिजन फिल्ममा उनले अभिनय गरेका छन् जुन मे २०१६ मा प्रदर्शित भएको थियो। सन् २०१५ मा निर्मित ट्रम्बो चलचित्रका लागि क्रान्सटन एकेडेमी अवार्ड उत्कृष्ट अभिनेताको मनोनयनमा छानिएका थिए ।
कलाकारिताको यात्रा उनले आफ्नो कलेज सकिएपछि प्रारम्भ गरेका थिए । सन् १९८० को पुर्वार्द्धमा उनले निरन्तर रूपमा साना भुमिकाहरू तथा विज्ञापनहरूमा काम गर्ने मौका पाएका थिए । सन् १९९८ मा उनले स्टिभन स्पीलबर्गको सेभिङ प्राइभेट रायनमा अभिनय गरेका थिए ।
सन् १९७७ देखि १९८२ सम्म उनी लेखिका मिकी मिडलटन सँग विवाहित थिए। सन् १९८९ मा उनले रोबिन डियेरडेनसँग पुन: विवाह गरे। उनीहरूकी छोरी टेलर डियरडेन क्रान्सटनको जन्म सन् १९९४ मा भएको थियो ।
Remove ads
जीवनी
अभिनय करियर
सन्दर्भ सामग्रीहरू
बाह्य कडीहरू
Wikiwand - on
Seamless Wikipedia browsing. On steroids.
Remove ads