ब्रेकिङ ब्याड
अमेरिकी टेलिभिजन श्रृंखला From Wikipedia, the free encyclopedia
Remove ads
ब्रेकिंग ब्याड भिन्स गिल्लीगनद्वारा परिकल्पित तथा निर्मित एक अमेरिकी अपराधिक टेलिभिजन सिरिज हो। यो सिरिज पहिलो पटक पाँच सत्रको निम्ति अमेरिकी च्यानल एएम्सीमा जनुवरी २०, २००८ देखि सेप्टेम्बर २९, २०१३ सम्म प्रसारित भएको थियो । यसको मुख्य कथा वाल्टर ह्वाइट (ब्रायन क्रान्सटन) एक हाइस्कूल केमिस्ट्रीका शिक्षक जो फोक्सोको क्यान्सर पिडीत हुन्छन, उनको वरिपरि घुमेको छ। पुर्व छात्र जेस्सी पिंकम्यान् (एरोन पल) सँग मिलेर आफ्नो निधनपछि परिवारको आर्थिक भविष्य सुनिश्चित गर्न लागू पदार्थ क्रिष्टल मेथाम्फेटामीन उत्पादन तथा बिक्री गर्दै वाल्टर ह्वाइट अपराधिक संसारको बाटो रोज्दछन्। ब्रेकिंग ब्याड को छाँयाकन अल्बाकर्की, न्यू मेक्सिको मा भएको थियो।
यसका अन्य पात्रहरूमा वाल्टरकी पत्नी स्काइलर ह्वाइट, छोरा वाल्टर ह्वाइट जुनियर र छोरी होली ह्वाइट् रहेका छन्। यसमा स्काइलरकी बहिनी मरी श्रेडर र उनका पति ह्यान्क श्रेडर जो अमेरिकी फेडेरल डीइए एजेन्ट हुन्छन्, उनीहरूको पनि मुख्य भुमिका रहेको छ। आफ्नो वकिल साउल गुड्म्यानको मार्फत वाल्टरको भेट माइक अ्हर्मनट्राउट तथा लागूपदार्थ वितरक गस् फ्रिंग सँग हुनपुग्छ।
ब्रेकिंग ब्याड लाई अहिलेसम्म कै एक सफल टेलिभिजन सिरिजको रूपमा लिइन्छ। यसको अन्तिम भाग फेलिना प्रसारण हुँदा यो अहिले सम्म अमेरिकन टेलिभिजनमा सबैभन्दा धेरै पटक हेरिएका टिभी सिरिजहरूको श्रेणीमा पुगिसकेको थियो।
Remove ads
बाह्य कडीहरू
- Breaking Bad – official AMC site
- Breaking Bad – official Sony Pictures site
- इन्टरनेट चलचित्र डेटाबेसमा ब्रेकिङ ब्याड
- Breaking Bad at Emmys.com
- ब्रेकिङ ब्याड टिभी डटकममा
- Breaking Bad कर्लीमा
Wikiwand - on
Seamless Wikipedia browsing. On steroids.
Remove ads