मेची अञ्चल

From Wikipedia, the free encyclopedia

मेची अञ्चल
Remove ads

मेची अञ्चल नेपालको चौध अञ्चलहरू मध्ये एक थियो।[] इलाम, झापा, पाँचथर र ताप्लेजुङ गरी चार जिल्लाहरू मिलेर बनेको थियो। यसको सदरमुकाम इलाममा रहेको छ। यो नेपालको पूर्वाञ्चल विकास क्षेत्र अन्तर्गत पर्दछ। यस अञ्चलको दक्षिणमा बिहार, पूर्वमा पश्चिम बङ्गालसिक्किम तथा उत्तरमा तिब्बत रहेको छ। यहाँको सबैभन्दा ठूलो सहर दमक हो। यहाँ राई, लिम्बू, क्षेत्री, ब्राह्मण, मैथिल र मेचेको बाहुल्यता रहेको छ।

छरितो तथ्यहरू मेची अञ्चल, देश ...
Remove ads

प्रशासनिक उपविभाजन

मेची अञ्चललाई चारवटा जिल्लाहरूमा विभाजन गरिएको थियो र वि.सं २०७२ मा, नयाँ संविधान जारी भएपछी यसलाई कोशी प्रदेशमा समावेश गरिएको थियो।

थप जानकारी जिल्ला, प्रकार ...

चार जिल्लामध्ये झापा तराईमा पर्छ र अन्य तीन जिल्लाभन्दा बढी विकसित छ। इलाम र पाँचथर पहाडी क्षेत्रमा पर्दछन् । इलाम पनि विकासको चरणमा छ, जहाँ बर्सेनि धेरै पर्यटक आउने गरेका छन्। कन्याम आफ्नो चिया बगानको लागि लोकप्रिय छ। अन्तुमा उदाउँदो सूर्यलाई देख्न सकिन्छ। चार जिल्लामध्ये ताप्लेजुङ सबैभन्दा कम विकसित जिल्ला हो। ताप्लेजुङ हिमाली क्षेत्रमा पर्छ।

मेचीभित्र भद्रपुरमा एउटा र ताप्लेजुङमा एउटा गरी दुई विमानस्थलहरू रहेका छन्।

Remove ads

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

Loading related searches...

Wikiwand - on

Seamless Wikipedia browsing. On steroids.

Remove ads