कोशी प्रदेश
नेपालको एक प्रदेश From Wikipedia, the free encyclopedia
Remove ads
कोशी प्रदेश नेपालको संविधान २०७२ लागु भएपछि वि.सं. २०७२ असोज ३ गते राज्य विभाजन गरी बनेका ७ प्रदेशहरू मध्ये एक हो। देशलाई सङ्घीय ढाँचामा लगेर पुनर्संरचना गर्ने उदेश्यका साथ स्थापना गरिएको यो प्रदेश नेपालको सबैभन्दा पूर्वी भागमा रहेको प्रदेश हो।
निर्वाचन क्षेत्र सीमाङ्कन आयोगको रिपोर्ट अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीमतदान प्रणाली तहत यस प्रदेशमा २८ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र र ५६ वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको छ।[३] १७ जनवरी २०१८ मा भएको मन्त्रिमण्डलको बैठकमा बिराटनगरलाई प्रदेशको अस्थायी राजधानी घोषित गरिएको थियो । बिराटनगरलाई नै वि.सं. २०७६ साल वैशाख २३ गते बसेको प्रदेश सभाको बैठकले सर्वसम्मतिमा प्रदेशको स्थायी राजधानी तोकेको हो। वि.सं. २०७९ साल फागुन १७ गते बसेको प्रदेश सभाको बैठकले बहुमतद्वारा "कोशी प्रदेश" नाम पारित गरेको हो। [४][५][६]
वि.सं. २०६८ को जनगणना अनुसार यस प्रदेशमा लगभग ४५ लाख मानिसहरू १७५.६ प्रतिवर्ग किमी जनसङ्ख्या घनत्वको दरले बसोवास गर्छन।[७] वि.स. २०७८ को राष्टि्य जनगणना अनुसार यस प्रदेशको जनसंख्या ४९,६२,४१२ रहेको छ भने जनघनत्व १९२ प्रती वर्ग किमी रहेको छ ।
Remove ads
इतिहास
किराँत
किराँतीहरू पूर्वोत्तर हिमालका मूल निवासी हुन्। बाबुराम आचार्यले भने अनुसार उनीहरू ७०० ईशा पूर्वमा नेपाल आएर बसोबास गर्न थाले र यस क्षेत्रमा आधिपत्य कायम गरे। उनीहरू धनुर्विद्यामा निपुण थिएँ र उनीहरू नै आजका लिम्बू, याक्खा , सुनुवार, राई , कुलुङ, थुलुङ, नाछिरिङ र येल्लुङहरूका पूर्वज थिएँ।
किराँत राजा यलम्बरले अहिर वंशको अन्तिम राजा भुवन सिंहलाई युद्धमा हराए पछि काठमाडौँमा उपत्यकामा किराँत अधिराज्यको स्थापना गरे। उनको अधिराज्य पूर्वमा टिष्टा नदी र पश्चिममा त्रिशूली नदी सम्म फैलिएको थियो।[८]
पछि किराँत अधिराज्य कयौं ससाना राज्यहरूमा टुक्रा टुक्रा भएर पूर्व नेपालमा राज्य गरे। लिम्बूवान ससाना राज्यहरूमा एक थिएँ।
शाहकाल
१७७१ ई० देखि १७८९ ई० बीच गोर्खाका राजाले ती ससाना किराँती राज्यहरूलाई नेपालमा एकीकरण गरे।[९]
वर्तमान
२०७२ असोज ३ मा नयाँ संविधान जारी हुनु अगाडि यस क्षेत्रका भूभागहरू पूर्वाञ्चल विकास क्षेत्र अन्तर्गत आउने गर्थ्यो, जुन गणतन्त्र नेपाल भन्दा पहिला नेपाल अधिराज्य का पाँच विकास क्षेत्रहरू मध्य एक थियो। पूर्वाञचलमा जम्मा १६ वटा जिल्लहरू थिएँ, १४ वटा जिल्लाहरू हालको कोशी प्रदेशका र दुईवटा जिल्लाहरू सिराहा जिल्ला र सप्तरी जिल्ला हालको मधेश प्रदेश का। पूर्वाञ्चल विकास क्षेत्र ३ अञ्चलहरूमा विभाजित थिएँ र ती तीन अञ्चल १६ जिल्लाहरूमा विभाजित थिएँ। सगरमाथा अञ्चल र कोशी अञ्चलमा ६–६ वटा जिल्लाहरू थिएँ र मेची अञ्चलमा ४ वटा जिल्लाहरू थिएँ। पूर्वाञ्चलको जम्मा क्षेत्रफल २८,४५६ वर्ग किमी थियो।
Remove ads
भूगोल
मौसम सोलुखुम्बु ,संखुवासभा र ताप्लेजुङ हिमाली जिल्ला अन्तर्गत पर्दछन्, त्यसैले त्यहाँको मौसम अलिक जाडो हुन्छ। त्यसै गरि उदयपुर, खोटाङ, ओखलढुङ्गा, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलामसहित आठ जिल्ला पहाडी जिल्ला हुन्, जहाँ कहिले जाडो कतिबेला चिसो हुन्छ तथा झापा, मोरङ र सुनसरी तराईका जिल्ला हुन् जहाँ अरु क्षेत्रहरू भन्दा गर्मी हुन्छ।
- मेची नदी
- अरुण नदी
- कोशी नदी
संरक्षित क्षेत्र
Remove ads
जनसङ्ख्या विवरण
- बिसं २०७८ मा सम्पन्न भएको नेपालको १२औं जनगणना (मेरो गणना, मेरो सहभागिता) को अनुसार यस प्रदेशको जनसङ्ख्या ४९,६१,४१२ जसमा ४८.७% पुरष को हिस्सा र बाँकि ५१.३% महिला रहेका छन् ।नेपालको कुल जनसंख्याको १७.०१% जनसंख्या यहाँ बसोबास गर्दछन् । यहाँ लैङ्गिक अनुपात (प्रति सय महिलामा पुरुषको संख्या) ९५.०२ जना को रहेको छ।
- यहाँको जनघनत्व १९२ व्यक्ति प्रति वर्ग किलोमिटर रहेको छ
- स्थानिय तह गतले हेर्ने हो भने यहँको नगरपालिकामा ६२.४% र गाँउपालिकामा ३७.६% जनसङ्ख्या बसोबास गर्दछन्
- २०६८ सालको जनगणना अनुसार यस प्रदेशको जनसङ्ख्या ४५३४९४३ रहेको थियो जसमा २०७८ को जनगणना अनुसार ४२३४६९ अङ्कले (अर्थात ९.४०%) ले आवधिक परिवर्तन आएको छ। १२ औं जनगणनाले २०६८ देखे २०७८ सम्मको यस परिवर्तनमा वर्षिक जनसंख्या वृद्धिदर ०.८६% रहेको छ भनि भनेको छ।
- हाम्रो देश नेपाल को कुल साक्षरता दर ७६.२ रहेको मा यहँको भने साक्षरता ७९.७% रहेको छ जसमध्ये पनि पुरस ८६.१% र महिला ७३.६% साक्षर रहेका छन्
- यहाँको कुल जनसंख्या मा २.४% जनसङ्ख्या अपाङ्ग रहेको छ।
- यहाँ रहेका ७०.८% बालबालिका को जन्मदर्ता गराइएको र बाँकि २९.२% बालबालिकाको नगरेको भनेर २०७८ सालको जनगणनाले प्रस्ट्याइदिएको छ।
- यहाँको मातृमृत्यु सम्बन्धी विवरण तथ्याङ्क यसरि रहेको छ
गर्भावस्थाको अवधिमा भएको महिलाको मृत्यु संख्या | मातृमृत्यु संख्या | जिवित जन्मेको बच्चाको संख्या | मातृमृत्यु दर (प्रति लाखमा) | |
नेपाल | ६५३ | ६२२ | ४१२९३५ | १५१ |
कोशी प्रदेश | १०४ | १०१ | ६४१९० | १५७ |
स्रोतः Census Nepal 2021
जातीहरु | जनसंख्या | प्रतिशत |
पर्यटन
नेपालमा रहेको विश्वको सबैभन्दा अग्लो हिमाल सगरमाथा यस प्रदेशमा रहेको छ। यहाँ हरेक वर्ष हिमाल आरोहण गर्न पर्यटकको घुइँचो लाग्ने गर्दछ। ताप्लेजुङमा पर्ने पाथीभरा देवीको मन्दिर पनि यहीँ प्रदेशमा रहेको छ। पाथीभरा देवीको मन्दिरमा गई पूजा गर्नेको यहाँ घुइँचो लाग्ने गर्दछ। विश्व सम्पदा सूचीमा रहेको सगरमाथा राष्ट्रिय निकुञ्ज पनि यहीँ पर्दछ।
यस प्रदेशमा इलामको अन्तुडाँडा, कन्याम, धनकुटाको भेडेटार, सोलुखुम्बुको नाम्चे बजार, सगरमाथा आधार शिविर तथा सुनसरीको तालतलैया लगायतका पर्यटकीय स्थलहरू रहेका छन् । प्राकृतिक सम्पदा, वन्यजन्तु तथा पशुपंछीको संरक्षण गर्ने हेतुले स्थापना गरिएका सगरमाथा राष्ट्रिय निकुञ्ज, मकालु बरुण राष्ट्रिय निकुञ्ज, कोशीटप्पु वन्यजन्तु आरक्ष, कञ्चनजङ्घा संरक्षण क्षेत्रलगायत नेपालकै अग्लो ह्यातुङ झरना तथा टोड्के र पोकली जस्ता ठूला र लामा झरनाहरू पनि यसै प्रदेशमा रहेका छन् ।
Remove ads
धार्मिक तीर्थस्थल
असङ्ख्य मठ, मन्दिर, पाटी, पौवा, गुम्बा, मस्जिदले भरिपूर्ण नेपालको सूदुरपूर्वमा रहेको यस प्रदेशमा विभिन्न प्रसिद्ध धार्मिक तीर्थस्थलहरू जस्तै: ताप्लेजुङको पाथिभरा देवीको मन्दिर, इलामको माइपोखरी, झापाको अर्जुनधारा र सताक्षीधाम, सुनसरीको बराहक्षेत्र, बूढासुब्बा, पिण्डेश्वरी, दन्तकाली र रामधुनी, खोटाङको हलेसी महादेव लगायत बराह पोखरी, साल्पा पोखरी, दूधकुण्ड, कालिका देवी, छिन्ताङ देवी, कन्काई आदि प्रख्यात धार्मिक स्थलहरू रहेका छन् । यी स्थलहरूमा स्वदेशी तथा विदेशी तिर्थालुहरूको प्रगाढ आस्था रही आएको छ । वर्षेनी हजारौँ भक्तजन तथा तीर्थयात्रीहरूको आगमनले धार्मिक पर्यटनमा टेवा पुगेको पाइन्छ ।
Remove ads
राजनैतिक
उपप्रशासन
प्रशासनिक संरचना अनुसार कोशी प्रदेश १४ जिल्लाहरू मा विभाजित छ भने ती १४ वटै जिल्लाहरू १३७ स्थानिय तहमा विभाजित छन्। १३७ तहहरू मध्ये १ महानगरपालिका, २ उपमहानगरपालिका, ४६ नगरपालिका र ८८ गाउँपालिकाहरू छन्।
जिल्लाहरू
सङ्घीय संरचना बमोजिम कोशी प्रदेशमा १४ वटा जिल्लाहरू रहेका छन्।
सन्दर्भहरू
Wikiwand - on
Seamless Wikipedia browsing. On steroids.
Remove ads