लुम्बिनी प्रदेश सभा

From Wikipedia, the free encyclopedia

लुम्बिनी प्रदेश सभा
Remove ads

लुम्बिनी प्रदेश सभा लुम्बिनी प्रदेशको एकसदनात्मक प्रदेश सरकार र कानून निर्माण गर्ने निकाय हो। नेपालको सात प्रदेशमध्ये एक, लुम्बिनी प्रदेशको प्रादेशिक राजधानी रूपन्देही जिल्लाको बुटवलमा रहेको छ।[] प्रादेशिक सभामा ८७ जना विधायक सदस्यहरू छन् जसमध्ये ५२ जना पहिलो पटक मतदान मार्फत निर्वाचित भएका थिए भने ३५ जना समानुपातिक तर्फबाट निर्वाचित भएका थिए। सभाको अवधि पाँच वर्षको रहेको छ।[]

छरितो तथ्यहरू लुम्बिनी प्रदेश सभा, प्रकार ...

२०७४ प्रतिनिधिसभा निर्वाचन पश्चात्, वि.सं. २०७४ मा वर्तमान प्रथम प्रदेश सभाको गठन भएको थियो। निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को गठबन्धनले बहुमत प्राप्त गरेको थियो। आगामी निर्वाचन वि.सं. २०७९ मा यसको कार्यकाल सकिए पछि हुन्छ।

Remove ads

इतिहास

गण्डकी प्रदेश सभा नेपालको संविधान २०७२को धारा १७५ बमोजिम गठन भएको थियो। उक्त व्यवस्थाले मुलुकका प्रत्येक प्रदेशका लागि प्रादेशिक संसदको प्रत्याभूति गरेको छ। नेपालका सातै प्रदेशका लागि पहिलो प्रदेश सभा निर्वाचन २०७४ सालमा सम्पन्न भएको थियो र लुम्बिनी प्रदेश निर्वाचन प्रतिनिधिसभा तर्फको ८७ सिटका लागि सम्पन्न भएको थियो।[] यस चुनावको परिणामस्वरूप नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गठबन्धनको विजय भएको थियो। २०७५ जेठ ३ मा, यी दुई पार्टीहरू एकआपसमा गाभिएर नेपाल कम्युनिष्ट पार्टीको गठन भएको थियो जसको कारण यसले अत्याधिक बहुमत प्राप्त गरेको थियो।[] पछि नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट शङ्कर पोखरेलको नेतृत्वमा गठबन्धन सरकारको गठन भएको थियो। नेकपा माओवादीका पूर्णबहादुर घर्ती[] प्रदेश सभाका प्रथम सभामुख हुन् भने प्रथम उप-सभामुख कृष्णी थारू हुन्।[]

Remove ads

सभाहरूको सूची

थप जानकारी निर्वाचन वर्ष, सभा ...

हालको संरचना

थप जानकारी दल, संसदीय दलको नेता ...

सन्दर्भ सामग्रीहरू

Loading related searches...

Wikiwand - on

Seamless Wikipedia browsing. On steroids.

Remove ads