हलो

From Wikipedia, the free encyclopedia

हलो
Remove ads

हलो (अन्य नाम: फाली, अङ्ग्रेजी: Plough [UK], Plow [US])जमीन जोत्ने प्रयोग गरिने कृषि औजार हो । यसको सहायताले बीउ छर्नु भन्दा पहिले जमीनको आवश्यक तयारी गरिन्छ । कृषिमा प्रयुक्त औजारहरूमा हलो सबै भन्दा प्राचीन हो, हलो कुनै न कुनै रूपमा इतिहासमा प्रचलित पाइएको छ । हलोले जमिनको माथिल्लो सतहलाई पल्टाइन्छ । जसले नयाँ पोषक तत्व माथी आउने गर्छ तथा खर-पतिङ्गर एवं बालीका डाँठ आदि जमीनमा दबिन्छन् । यी दबिएका खर पतिङ्गरहरू कुहिएर मलको रूपमा परिवर्तन हुन्छन् । जमिन जोत्नाले जमीनमा हवाको प्रवेश पनि हुन्छ जसले गर्दा जमीनमा आद्रता (चिसोपना) बनाइ राख्ने शक्ति बढ्छ । हलो गोरु जोत्दा गोरुले तान्ने काठ या फलामबाट बनाइएको औजार हो जसको टुप्पामा सियो अथवा फाली रहेको हुन्छ । हलो ठाउँ अनुसार फरक फरक प्रकारको हुन्छ ।

Thumb
बङ्गलादेशमा गोरुको सहायताले हलो जोतिरहेको किसान
Thumb
परम्परागत रूपमा हलोको प्रयोग गरिदैँ आएको छ ।

हलो जोत्ने व्यक्तिलाई हली भन्दछन् । नेपालमा विशेष गरी गोरु अथवा राँगाले हलो तानेको पाइन्छ । धान रोप्ने खेतमा पहिलो पटक जोत्नुलाई बाँझो मार्नु, दोस्रो पटक जोत्नुलाई राँटा मार्नु, तेस्रो पटक जोत्नुलाई हिल्याउनु र चौथो पटक जोत्नुलाई दाँदे लाउनु भनिन्छ । पाखा बारीमा डल्ला फुटाउन लिडुल्को लाईन्छ । जुवामा लामो डोरी बाँधेर लिडुल्कामा अड्काइन्छ र त्यसमाथि हली चडेर गोरु अथवा राँगा धपाएपछि थिचिएर डल्ला फुट्छ ।

हल्लोको महत्व

(★) हल्लो बाली उब्ज्याउने आधारभूत औजार हो। यो बालीको लागि बिउ तयार गर्न प्रयोग गरिन्छ। कक्षा नौ का विद्यार्थीको भनाइ...

हल्लोको प्रयोग माटो पल्टाउन बालीको अवशेष गाड्न र झारपाक नियन्त्रण गर्न यसको प्रयोग गरिन्छ। जमिन जोत्नाले जमिनमा हावा प्रवेश हुन्छ जसले गर्दा जमिनमा आद्रात(चिसोपना) बनाइराख्ने शक्ति बढ्छ


Remove ads

भागहरू

Thumb
हलोको विभिन्न भागहरू

यो चित्रमा देखिएका हलोका विभिन्न भागहरूमा राखिएका सङ्ख्या तल क्रमबद्ध गरेर नामहरू राखिएका छन् । हलोको बनोट अनुसार हलोका भागहरूको बनोट पनि फरक फरक हुन्छन् ।

  1. जुवा
  2. हरिस
  3. अनौ
  4. जोतारो
  5. फाली
  6. हल्लुडो

यो पनि हेर्नुहोस्

    कनारी सोईलो पाटी मुन्द्रो

    Loading related searches...

    Wikiwand - on

    Seamless Wikipedia browsing. On steroids.

    Remove ads