![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/6/6f/Mouths_of_amazon_geocover_1990.png/640px-Mouths_of_amazon_geocover_1990.png&w=640&q=50)
अमेजन नदी
From Wikipedia, the free encyclopedia
अमेजन दक्षिण अमेरिकामा अवस्थित विश्वको दोस्रो ठूलो नदी हो। ल्याटिन अमेरिकी केही देशभएर बग्ने संसारकै सबैभन्दा ठूलो नदी अमेजनको सतहभन्दा करिब १३ हजार फुटको गरिहिराईमा अर्को एक विशाल जलधारा रहेको पत्ता लागेको छ ।
अमेजन Apurímac | |
---|---|
![]() अमेजन नदीको मुख | |
![]() Map showing the Amazon drainage basin with the Amazon River highlighted | |
स्थान | |
Country | ब्राजिल |
Region | दक्षिण अमेरिका |
भौतिक विषेशताहरू | |
मुख | |
• उन्नतांस | 0 units? |
लम्बाइ | 6800 units? |
जलाधारका विशेषताहरू | |
सहरहरू | इक्विटस (पेरु); मानाअस (ब्राजिल) सान्टारेम र बेलेम डो पारा (ब्राजिल) माकापा (ब्राजिलl) |
ब्राजिलको राष्ट्रिय अनुसन्धानका वैज्ञानिकले करिब ६ हजार किलोमिटर लामो भूमिगत नदी भएको पत्ता लगाएका हुन् ।
भारतीय मूलका वैज्ञानिक डा.वलिया हम्जाकोको नेतृत्वमा रहेको वैज्ञानिकको समूहले गरेको अनुसन्धानका क्रममा फेला पारेको उक्त नदीको नाम ‘हमजा’ राखेका छन् । डा.हमजा पछिल्ला ४० वर्षअघिदेखि यस क्षेत्रको बारेमा अनुसन्धान गरिरहेका छन् ।
डा.हम्जाले सरकारी तेल कम्पनी ‘पेट्रोबास’ ले यस क्षेत्रमा १९७० को दशकमा तेलका २४२ कुवा खनेका र त्यहाँको नापमानमा असमानता पाइएको बताएका छन् ।
सोही आधारमा वैज्ञानिकको समूहले यस क्षेत्रको अनुसन्धान गर्दा अमेजनको ठीक मुनी १३ हजार फुटको गहिराईमा विशाल जलधारा पाइएको हो ।
प्रयोगशालाका वैज्ञानिकहरूले यस भूमिगत नदीको लम्बाई अमेजन नदीकै बराबर अर्थात ६ हजार किलोमिटर रहेको अनुमान गरेका छन् ।
वैज्ञानिकहरुका अनुसार यस नदीमा प्रतिसेकेन्ड तीन हजार घनमिटर बग्दछ । अझै पनि वैज्ञानिकहरु यस नदीका बारेमा थप अनुसन्धान गरिरहेका छन् ।
उनीहरूले यो नदीका बारेमा थप जानकारी संसारसामु सार्वजनिक गर्न सफल हुने दावी गरेका छन् ।[1]