आम सञ्चार
From Wikipedia, the free encyclopedia
सञ्चार भन्नाले निश्चित स्रोतबाट सृजित सूचना वा सन्देश कुनै माध्यमबाट प्रापकसम्म पुर्याउने प्रक्रिया हो। निश्चित अर्थपूर्ण सूचना तथा सञ्चार निश्चित समाचार माध्यमबाट आम जनसमुदायमा पुर्याउने प्रक्रियालाई आमसञ्चार भनिन्छ।[1] अर्थात् आमसञ्चार, सञ्चारको व्यापक रूप हो। पत्रपत्रिका, रेडियो, टेलिभिजन, चलचित्र, पुस्तक, इन्टरनेट, अनलाइन आदि आम सञ्चारका लोकप्रिय माध्यम हुन्।[2][3]