![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/a/ab/Portrait_of_Prime_Minister_Rishi_Sunak_%2528cropped%2529.jpg/640px-Portrait_of_Prime_Minister_Rishi_Sunak_%2528cropped%2529.jpg&w=640&q=50)
ऋषि सुनक
सन् २०२२ देखि युनाइटेड किंगडमका प्रधानमन्त्री / From Wikipedia, the free encyclopedia
ऋषि सुनक (जन्म: सन् १९८० मे १२) एक बेलायती राजनीतिज्ञ हुन् जो सन् २०२२ अक्टोबर २४ देखि कन्जर्भेटिभ पार्टीका नेता छन्।[1] सुनक सन् २०२२ अक्टोबर २५ मा संयुक्त अधिराज्यको प्रधानमन्त्री बनेका थिए।
छरितो तथ्यहरू माननीयऋषि सुनक, संयुक्त अधिराज्यको प्रधानमन्त्री ...
ऋषि सुनक | |
---|---|
![]() सन् २०२० मा सुनक | |
संयुक्त अधिराज्यको प्रधानमन्त्री | |
पद बहाली २५ अक्टोबर २०२२ | |
एकाधिपति | चार्ल्स तृतीय |
पूर्वाधिकारी | लिज ट्रस |
व्यक्तिगत विवरण | |
जन्म | (1980-05-12) १२ मे १९८० (उमेर ४४) इंग्ल्याण्ड |
राजनीतिक दल | कन्जर्भेटिभ पार्टी |
जीवन साथी | अक्षता मूर्ति |
सन्तान(हरू) | २ |
वेबसाइट | rishisunak |
बन्द गर्नुहोस्
उनले सन् २०२० देखि २०२२ सम्म संयुक्त अधिराज्यको कोषका कुलपतिको रूपमा काम गरेका थिए। उनी सन् २०१९ देखि २०२० सम्म कोषका लागि मुख्य सचिव थिए।[2] उनी सन् २०१५ देखि नर्थ योर्कसायरको रिचमन्ड (योर्क्स) का लागि संसद सदस्य थिए।[3][4]