ककेसस
From Wikipedia, the free encyclopedia
ककेसस युरेसियाको कृष्ण सागर र क्यास्पियन सागरको बीचमा पर्ने क्षेत्र हो । यस क्षेत्रमा प्रसिद्ध ककेसस पर्वत पर्दछ । यस क्षेत्रलाई उत्तरी ककेसस र ट्रानस्-ककेससमा विभाजन गरिएको छ । वृहत ककेसस पर्वत रूसमा पर्दछ भने सानो ककेसस अजरबैजान, जर्जिया र आर्मेनियामा पर्दछ । ट्रानस्-ककेसस क्षेत्र पूर्वपट्टि क्यास्पियन सागर र दक्षिणमा इरानसम्म फैलिएको छ ।[1]