कोटा, राजस्थान
From Wikipedia, the free encyclopedia
'कोटा (/ˈkoʊtə/ ( सुन्नुहोस्)) राजस्थानको एक प्रमुख औद्योगिक एवं शैक्षणिक शहर हो। यो चम्बल नदीको तटमा बसेको छ। कोटा राजधानी जयपुरदेखि सडक एवं रेलमार्गबाट लगभग २४० किलोमीटरको दूरीमा छ। यो नगर जयपुर-जबलपुर राष्ट्रिय राजमार्ग १२ मा स्थित छ। दक्षिण राजस्थानमा चंबल नदीको पूर्वी किनारमा स्थित, कोटा ती शहाहरू मा हो जहा औद्योगीकरण ठुलो मात्रामा भएको छ। कोटा अनेक किला, महल, सङ्ग्रहालय, मन्दिर र बगैचाको लागि लोकप्रिय छ। यो शहर नवीनता र प्राचीनताको आनौठो मिश्रण हो, जहा एक तर्फ शहरको स्मारक प्राचीनताको बोध गर्छ त्यहि चंबल नदीमा बनेको हाइड्रो इलेक्ट्रिक प्लान्ट र न्यूक्लियर पावर प्लान्ट आधुनिकताको एहसास गर्छ।