कोपा अमेरिका
From Wikipedia, the free encyclopedia
कोपा अमेरिका (स्पेनी: Copa América), (Campeonato Sudamericano de Fútbol स्पेनीमा र Copa Sul-Americana de Futebol पुर्तुगालीमा),[1] १९७५ सम्म दक्षिण अमेरिकी फुटबल प्रतियोगिताको रूपमा परिचित एक अन्तर्राष्ट्रिय पुरुष फुटबल प्रतिस्पर्धा हो जसमा कोन्मेबोलका राष्ट्रिय टोलीहरूको एकाअर्काको समना गर्ने गर्छन्। यो हरेक चार वर्षमा आयोजना हुँदै आएको छ, यो सबैभन्दा पुरानो अन्तर्राष्ट्रिय महाद्वीपीय फुटबल प्रतियोगिता हो। [2]यसले दक्षिण अमेरिका को महाद्वीपीय विजेताको निर्धारण गर्दछ।[2][3][4] प्रतियोगितामा सन् १९९० को दशकदेखि उत्तरी अमेरिका र एसियाका टोलीहरू पनि भाग लिनको निमन्त्रणा गरिएको छ।
![Thumb image](http://upload.wikimedia.org/wikipedia/commons/thumb/c/cb/Logo_de_la_Conmebol_Copa_Am%C3%A9rica.svg/640px-Logo_de_la_Conmebol_Copa_Am%C3%A9rica.svg.png)
स्थापना | १९१६; १०८ वर्ष अघि (१९१६) |
---|---|
क्षेत्र | दक्षिण अमेरिका (कोन्मेबोल) |
समूह सङ्ख्या | १२ अथवा १६ |
वर्तमान विजेता | ![]() |
सबैभन्दा सफल टोली | ढाँचा:Country data Uruguay and Argentina (१५ पटक) |
वेबसाइट | कोपा अमेरिका |
![]() |
यसको उपाधि हालसम्म, दक्षिण अमेरिकी फुटबल सङ्घमा रहेका १० टोली मध्ये ८ राष्ट्रिय टोलीहरूले जित्न सफल भएका छन्[5] जहाँ यसलाई फुटबलका महाशक्ति मानिएका राष्ट्रिय, उरुग्वेले १५ पटक, अर्जेन्टिनाले १५ पटक र ब्राजिलले ९ पटक कब्जा गरेका छन्। यसका अतिरिक्त, चिली, पाराग्वे र पेरूले दुई पटक यसको उपाधि चुमेका थिए भने बोलिभिया र कोलोम्बियाले समान एक-एक पटक यसको उपाधि हात पारेका छन्।[6] प्रतियोगिताको हालको विजेता ब्राजिल हो। प्रतियोगितालाई विभिन्न दक्षिण अमेरिकी देशहरूमा आयोजना गरिन्छ।[7] सन् २०१९ को संस्करणमा, एसियाली फुटबल महासङ्घमा देश कतार र जापानलाई प्रतियोगितामा भाग लिनका लागि आमन्त्रित गरिएको थियो।[8]
दक्षिण अमेरिकी फुटबल सङ्घमा आबद्ध १० टोलीहरू बाहेक यसमा उत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घमा आबद्ध राष्ट्रहरूलाई पनि खेलमा सहभागी बन्नका लागि निमन्त्रणा गरिने गरिएको छ, तथापि केही अपवादहरू भने कायमै रहेकम छन्।[2] सन् २०१६ देखि, प्रतियोगितामा सामान्यतया १६ राष्ट्रहरूले सहभागी हुन्छन् जसमा १० दक्षिण अमेरिकी फुटबल सङ्घ र ४ उत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घका राष्ट्रहरू पर्दछन्।
हालसम्मको नतिजा हेर्दा, १९ देशहरू यसमा सहभागी भएका छन् र यसको उपाधिलाई हालसम्म कुनै पनि दक्षिण अमेरिकी देश बाहेकका राष्ट्रहरू हात पार्न सकेका छैनन्।[2][3][9] गैर-दक्षिण अमेरिकी देशहरू मध्ये सबैभन्दा राम्रो नतिजा मेक्सिकोले ल्याएको थियो जहाँ यो दुईपटक उपविजेता र एक पटक तेस्रो भएको थियो भने अर्को देश होन्डुरस एक संस्करणमा तेस्रो भएको थियो र संयुक्त राज्य अमेरिका सन् १९९५ मा भएको प्रतियोगितामा चौथो भएको थियो। छनोट चरण बिना सिधै प्रतियोगितामा प्रवेश पाउने यो एकमात्र अन्तरमहादेशीय फुटबल प्रतियोगिता हो। [10]
अन्तर्राष्ट्रिय स्तरमा, यो हालसम्म सर्वाधिक धेरै पटक आयोजित भएको छ जसमा यसले अर्को प्रमुख फुटबल भिडन्त फिफा विश्वकपलाई समेत उछिनेको छ। ओलम्पिक खेललाई समेत पछि पार्दै यो, फुटबलको इतिहासमा सबैभन्दा धेरै पटक आयोजित भएको एक अन्तर्राष्ट्रिय प्रतियोगिता समेत हो। यो अन्तर्राष्ट्रिय स्तरमा, यो तीन ठूला प्रतियोगिताहरू जस्तै फिफा विश्वकप र युरोकपको समान एक प्रमुख प्रतियोगिता हो।
यसको पहिलो संस्करण सन् २०१६ मा, अर्जेन्टिनामा स्वतन्त्रताको एक सय वर्षको उपलक्ष्यमा आयोजना गरिएको थियो। यसमा ४ संस्थापक राष्ट्र अर्जेन्टिना, ब्राजिल, चिली र उरुग्वे सहभागी भएका थिए। प्रारम्भिक रूपमा, यो वार्षिक रूपमा सञ्चालन हुने गर्दथ्यो भने पछि यो केही वर्षको अन्तरालमा आयोजित भएको थियो। सन् २००७ उत्तरार्ध यसलाई यो प्रत्येक ४ वर्षमा आयोजना गरिन्छ, (अपवाद, सन् २०१५, २०१६, २०१९ र २०२१ का संस्करणहरू बाहेक)। यो प्रतियोगिता फुटबलको इतिहासको सबैभन्दा पुरानो प्रतियोगिताहरू मध्ये तेस्रो स्थानमा रहेको छ सन् २००७ को संस्करणमा, यसलाई प्रत्यक्ष रूपमा ५३ करोड दक्षिण अमेरिकीहरूले टेलिभिजन मार्फत हेरेका थिए जहाँ यसले जम्मा प्रसारण भएका १८५ देशहरूका ४ अर्ब दर्शकहरूले यसको मज्जा लिएका थिए।प्रतियोगितामा, खेलिने भकुण्डोलाई अमेरिकी खेलकुद उपकरण कम्पनी नाइकीले निर्माण गर्दछ।[11]