From Wikipedia, the free encyclopedia
क्लिन बान्डिट (/bændɪt/ ban-dɪ-t), एक बेलायती विद्युतीय साङ्गीतिक समूह हो जसको गठन सन् २००८ मा, बेलायतको क्याम्ब्रिजमा भएको थियो। सन् २०२० सम्म, समूहको सदस्यमा, ग्रेस चट्टो र दाजुभाइ जेक र लुक प्याटरसन समावेश थिए। उनीहरूका प्रायःजसो परियोजनाहरू दुबै शास्त्रीय र नृत्य सङ्गीतको तत्त्वहरूलाई समाहित गर्दछ जुन अतिथि गायकहरू/गायिकाहरूको विशेषताका लागि परिचित छन्। उनीहरूको उल्लेखनीय सहयोगीहरूले मारिना, डेमी लोभाटो, जेस ग्लेन, एनी मेरी, सिन पल, सरा लारसन, जुलिया माइकल्स, लुइस फोन्सी, एली गोल्डिङ र माबेल सामेल छन्।[3]
क्लिन बान्डिट | |
---|---|
व्यक्तिगत विवरण | |
उत्पत्ति | क्याम्ब्रिज, क्याम्ब्रिजसायर, इङ्ल्यान्ड |
विधा |
|
सक्रिय वर्ष | सन् २००८–हाल |
लेबल |
|
सहयोगी |
|
वेबसाइट | cleanbandit |
सदस्यहरू | |
| |
पूर्व सदस्य(हरू) | |
समूहले उनीहरूको पहिलो गीत ए+इ सन् २०१२ मा सार्वजनिक गरेका थिए र यसको लगत्तै सन् २०१३ मा समूले "मोजार्ट्स हाउस" नामक गीत सार्वजनिक गरेको थियो जुन गीत पछि बेलायती एकल साङ्गितिक तालिकाको १७औँ स्थानमा आएको थियो। जनवरी २०१७ मा, उनीहरूको गायिका जेस ग्लेनको साथ उनीहरूको पहिलो शीर्ष स्थान हासिल गर्न सफल गीत "र्यादर बी" जारी गरेका थिए।[4] गीत अमेरिकी बिलबोर्ड हट १००मा शीर्ष स्थानान पुगेको थियो र सन् २०१५ मा, यसले उत्कृष्ट नृत्य गीतको तर्फबाट ग्रामी पुरस्कार प्राप्त गरेको थियो।[5] समूहले जुन २०१४ मा, पहिलो गिती सङ्ग्रह न्यु आइज जारी गरेका थिए जसले बेलायती ध्वन्यात्मक उद्योगबाट स्वर्ण प्रमाणपत्र प्राप्त गरेको थियो। सन् २०१७ मा, गायक सान पल र बेलायती गायिका एन मेरीको सहयोगमा, "रकबाई" नाम गीत जारी गरेका थिए जहाँ गीत बेलायती साङ्गितीत तालिकाको शीर्ष स्थान प्राप्त गरेको थियो जहाँ यो तालिकाको शीर्ष स्थानमा पुगेको दोस्रो गीत हो। गीत विभिन्न देशहरूको साङ्गिती तालिकाको शीर्ष स्थानमा पुगेको थियो जहाँ यो बिलबोर्ड १०० मा, ९औँ स्थानमा पुगेको थियो। स्विडेनी गायिका सरा लारसनको सहयोगमा समूहले सन् २०१७ मा, "सिम्फोनी जारी गरेको थियो जहाँ गीत पुन: तालिकाको शीर्ष स्थानामा पुगेको थियो।[6] उनीहरूको दोस्रो गिती सङ्ग्रह, ह्वाट इन लभ? नोभेम्बर २०१८ मा, सार्वजनिक गरिएको थियो। सन् २०१६ सम्म, क्लिन बान्डिटले १ करोड ३० लाख एकल र १० लाख ६० हजार गिती सङ्ग्रह बिक्री गर्न सफल भएका छन्।[7]
क्लिन बान्डिट विद्युतीय[8], विद्युतीय-पप[9], र नृत्य-पप साङ्गीतिक समूह हुन्।[10] समूहले मोजार्ट र सोस्तकोभिच जस्ता सङ्गीतकारहरूद्वारा शास्त्रीय सङ्गीत टुक्राको साथ विद्युतीय सङ्गीतहरू प्रस्तुत गर्दछ।[11]
मे २०१७ मा, क्लिन बान्डिटले सन् २०१७ को बेलायतीको आम चुनावमा बेलायती श्रमिक दल र जेरेमी कर्बिनको समर्थन गरेका थिए।[12] जुनमा, समूहले बर्मिङ्घममा श्रमिक दलको विशाल प्रदर्शनलाई समर्थन गरेको थियो।[13]
जुन २०१८ मा, समूहले लन्डनमा श्रमिक दलको समर्थनमा एक उत्सवमा प्रस्तुति दिएको थियो।[14]
नोभेम्बर २०१९, मा, समूहले सन् २०१९ को बेलायतको आम चुनावमा श्रमिक दललाई समर्थन गरेको थियो। डिसेम्बर २०१९ मा, अन्य प्रमुख सांस्कृतिक व्यक्तित्वहरूको साथमा, समूहले एक पत्रमा हस्ताक्षर गरेको थियो[15][16] जसमा "जेरेमी कोर्बिनको नेतृत्वमा बेलायती श्रमिक दलको चुनावी घोषणापत्रले एक परिवर्तनकारी योजना प्रदान गर्दछ जुन निजी नाफा भन्दा केहीको निहित स्वार्थहरूलाई प्राथमिकता दिन्छ" भनेर लेखिएको थियोे।[17][18]
सन् २०२० श्रमिक दलको नेतृत्वको चुनावमा उनीहरूले रेबेका लङ-बेलीलाई समर्थन गरेका थिए।[19]
वर्तमान सदस्यहरू
हालका साङ्गितिक कार्यक्रम सहयोगीहरू
|
पूर्व सदस्यहरू
पूर्व साङ्गितीक कार्यक्रम सहयोगीहरू
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.