नेपालका राजनीतिज्ञ From Wikipedia, the free encyclopedia
गगन थापा (पुरा नाम:गगन कुमार थापा) नेपालका राजनीतिज्ञ तथा नेपाली काँग्रेसका नेता हुन्। प्रखर वक्ता थापा जनआन्दोलन-२बाट राजनीतिक बृत्तमा चिनिएका हुन्।[1]
गगन थापा | |
---|---|
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री | |
कार्यकाल २५ अगस्ट, २०१६ – २०७४ जेष्ठ १७ | |
राष्ट्रपति | विद्यादेवी भण्डारी |
प्रधानमन्त्री | पुष्पकमल दाहाल |
पूर्वाधिकारी | राम जनम चौधरी |
उतराधिकारी | गिरिराजमणि पोखरेल |
सभासद काठमाडौँ निर्वाचन क्षेत्र ४ | |
पूर्वाधिकारी | सुप्रभा घिमिरे |
व्यक्तिगत विवरण | |
जन्म | १६ जुलाई, १९४० |
राष्ट्रियता | नेपाली |
जीवन साथी | डा. अन्जना केसी थापा |
आफन्तहरू | अर्जुननरसिंह केसी (ससुरा) |
मातृ शिक्षाप्रतिष्ठान | त्रिचन्द्र कलेज |
पेशा | राजनीति |
परिचि | युवा नेता नेपाली कांग्रेस |
वेबसाइट | http://www.gaganthapa.com.np |
थापाको जन्म २०३३ सालमा काठमाडौँको प्रसूति गृहमा भएको हो। उनका मातापिता महेन्द्र कुमार थापा र रामेश्वरी थापा हुन्। उनका हजुरबुवा सोलुखुम्बु जिल्लाको खाल्पा गाउँका धनी मुखिया भीमराज थापा हुन्। उनको जन्म कश्यप गोत्री गोदार थापा कुलमा भयो ।
गगनको बाल्यकालका केही समय सिन्धुपाल्चोक जिल्लामा बित्यो। उनका पिता महेन्द्र नेपाल विद्युत प्राधिकरणमा इन्जिनियर थिए। गगनका एक दाजु र दुई भाइ छन्। दाजु पवन हुन् भने भाइहरू सुमन र जीवन। गगनले सिर्द्धार्थ वनस्थली हाइस्कूलमा पढे। त्यहाँ पढुञ्जेल उनको इच्छा डाक्टर-इन्जिनियर बन्ने नै थियो। परिवार र विद्यालयमा पनि त्यही सिकाइन्थ्यो। २०४६ सालको जनआन्दोलनमा गगन सक्रिय भए। त्यतिबेला उनी कक्षा ९ मा पढ्थे। तर, राजनीतिमा लाग्ने सोचाइ थिएन।
दोस्रो सविधान सभामा कृषि तथा जलस्रोत समितिको सभापति को प्रभावशाली भूमिका निर्वाह गरेका थापा नेपाली काग्रेसका युवा नेता गगन थापा एक सभासद को रूपमा सदा चर्चाको शिखरमा रहे । समाजशास्त्र तथा मानवशास्त्रमा स्नातकोत्तर अध्ययन गरेका थापाले २०५९ साल देखि २०६१ सालसम्म नेविसंघको महामन्त्री भएर काम गर्नुभएको थियो। नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि थापा राजाको सक्रिय शासनका बेला काङ्ग्रेस पार्टी गतन्त्रको आवाज प्रखर रूपमा उठाउने युवाको रूपमा परिचित हुन्। दर्जनौ पटक हिरासतमा परेका थापाले चलचित्र हेर्ने, अध्ययन र घुमफिर आफ्नो रुचि भएको बताउनुभयो।
संविधान सभामा नेपाली काङ्ग्रेस नामक पुस्तकका लेखक थापाले नेपाली काग्रेसका नेता अर्जुन नरसिंह के.सी.की छोरी डा.अञ्जना के.सी सँग २०६५ वैशाखमा विवाह गर्नुभयो। संविधान सभामा दलहरू बीचमा सहमति बनाउन आफ्नो प्रमुख प्रयास रहने थापाले बताउनुभयो।
त्रिचन्द्र क्याम्पसमा पढ्न थालेपछि चाहिँ उहा विद्यार्थी सङ्गठनमा लाग्नुभयो। नेविसंघको सदस्य हुनुभयो। २०५१ सालमा उन त्रिचन्द्र स्वतन्त्र विद्यार्थी युनियनको सदस्यमा निर्वाचित हुनुभयो। त्यसपछि उनले राजनीति मार्फत नै अघि बढ्ने अठोट गर्नभयो। त्रिचन्द्र स्ववियुमा सदस्य सचिव हुँदै सभापति बन्नुभयो। २०५५ सालमा स्ववियु सभापति भएपछि नेविसंघको केन्द्रीय राजनीतिमा उनको संलग्नता बढ्यो। उन उपाध्यक्ष हुँदै महामन्त्री बन्नुभयो। जीवनमा पहिलो पटक २०५१ सालमा हिरासत बस्नुपर्यो। त्यतिबेला एमालेको अल्पमतको सरकार थियो। गृहमन्त्री केपी ओली थिए। नेविसंघले नेपाल बन्द आह्वान गरेको थियो। त्यसपछि उहा ८, १० पटक जेल पर्नुभयो। २०५९ असोज १८ पछि सूर्यबहादुर थापाको प्रधानमन्त्रित्वमा उनसहित गुरुराज घिमिरे र पुरुषोत्तम पौडेललाई राजकाज मुद्दा लाग्यो। त्यसपछि उनको अधिकांश समय सडक आन्दोलनमा बित्यो। माघ १९ पछि पनि गगनलाई राजद्रोहको मुद्दाले छाडेन। उन पक्राउ पर्दै छुट्दै गर्नुभयो। लोकतान्त्रिक आन्दोलनमा उनको प्रखर वक्तृत्व अनि लोकप्रिय छविको जताततै प्रशंसित भयो। हुँदा हुँदै उन लोकतन्त्र कै नायक बन्न सफल हुनुभयो। नेपालि काँग्रेस को १३ औ महाधिवेशन मा महामन्त्री पदको लागि आफ्नो उम्मेदारी घोषणा गर्नु भएका थापा लाइ नेपालि कांग्रेस को भावी सभापति को रूपमा पनि हेरिन्छ ।
उनी प्रचण्ड मन्त्रिपरिषद्, २०७३मा स्वास्थ मन्न्री बनेका थिए ।
उनकी पत्नी काङ्ग्रेस नेता अर्जुन नरसिंह केसीकी छोरी डा अञ्जना केसी हुन्।
२०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा बागमती प्रदेश काठमाडौंको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं ४ मा २१३०२[3] मत प्राप्तगरी नेपाली काँग्रेस विजयी हुनुभएको छ । उनका निकटतम प्रतिष्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का राजन भट्टराई १३८५५ मत ल्याएका थिए। [4] नेपाली कांग्रेस संसदीय दलको नेतामा २५ मत ल्याएर शेरबहादुर देउवासँग पराजित भए ।[5] प्रधानमन्त्री बन्ने लक्ष्यसहित थापाले मिसन पीएम अभियान चलाउँदै आएका छन्।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.