गाई From Wikipedia, the free encyclopedia
गाई एउटा घरपालुवा तथा स्तनधारी जनावर हो । गाईलाई दुध, गहुँत, गुइठा र गोबर द्वारा कम्पोस्ट मल बनाउन का लागि पाल्ने गरिन्छ । यो जनावरको भाले पशुलाई साँढे वा गोरु भनिन्छ भने बच्चालाई बाच्छा वा बाच्छी भनिन्छ । गोरुलाई गाडाहरू तान्ने र खेत बारीमा जोत्ने काममा प्रयोग गरिन्छ । गाई हिन्दुहरूको पुज्य हो । गाई नेपालको राष्ट्रिय जनावर हो । हिन्दुहरूले गाईलाई लक्ष्मी (धन र वैभवकि देवी) को रूपमा मान्ने गर्दछन् । नेपालमा गाई तिहारको दिन गाईको पूजा धुमधामले गरिन्छ । दुध हामीले दैनिक जीवनमा प्रयोग गर्ने पौष्टिक पदार्थ हो । दुधले हाम्रो स्वास्थ्यमा निकै फाइदा पुर्याउनुका साथै मष्तिष्कलाई निकै फाइदा गर्छ ।
गाई | |
---|---|
A Swiss Braunvieh cow wearing a cowbell | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | जन्तु जगत |
सङ्घ: | हाड भएका |
वर्ग: | स्तनधारीप्राणी |
उपवर्ग: | Theria |
उपवर्ग: | Eutheria |
गण: | Artiodactyla |
कुल: | Bovidae |
उपकुल: | Bovinae |
वंश: | Bos |
प्रजाति: | B. primigenius |
उपप्रजाति: | B. p. taurus, B. p. indicus |
वैज्ञानिक नाम | |
Bos primigenius Bojanus, 1827[1] | |
त्रिपद नाम | |
Bos primigenius taurus, Bos primigenius indicus | |
Bovine range | |
पर्याय | |
Bos taurus, |
गाईको मूत्रलाई गोमुत्र अथवा गहुँत भनिन्छ । गोमुत्रले अपवित्रता नास गर्छ । कुनै पनि धार्मीक कार्यक्रम गर्दा पञ्चगव्यमा गोमुत्र मिसाएर पान गरेर पवित्र गराइन्छ ।गाईको गोमूत्र पवित्र मानिन्छ र देव तथा पितृ कार्यहरूमा गोमूत्रको ठूलो महत्त्व छ।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.