पश्चिमी भारतको एक राज्य From Wikipedia, the free encyclopedia
गोवा (/ˈɡoʊə/ ( ), मराठी: गोवा, कोङ्कणी: गोंय) क्षेत्रफलको हिसाबले भारतको सबैभन्दा सानो र जनसङ्ख्याको हिसाबले दोस्रो सबैभन्दा सानो राज्य हो। विश्वमा गोवा आफ्नो सुन्दर समुद्री तट र प्रसिद्ध वास्तुकलाको लागि चिनिने गरिन्छ। गोवा लगभग ४५० वर्षसम्म पोर्चुगलको उपनिवेशको रूपमा रहेको थियो तर अन्तत: सन् १९६१ डिसेम्बरमा उनीहरूले यो क्षेत्रलाई भारतीय प्रशासनलाई सुम्पेको थियो।
गोवा | |
---|---|
निर्देशाङ्क (पणजी): १५.५०°N ७३.८३°E | |
देश | भारत |
राज्य गठन | सन् १९८७ मे ३० |
राजधानी | पणजी |
ठूलो सहर | भास्को दा गामा |
जिल्लाहरू | २ |
सरकार | |
• अङ्ग | गोवा सरकार |
• गभर्नर | सत्यपाल मलिक |
• मुख्यमन्त्री | प्रमोद सावन्त (भाजपा) |
• विधान सभा | एकसदनीय (४० सिट) |
• संसदीय निर्वाचन क्षेत्र | राज्य सभा १ लोक सभा २ |
• उच्च अदालत | बोम्बे उच्च अदालत, गोवा इजलास |
क्षेत्रफल | |
• जम्मा | ३,७०२ किमी२ (१४२९ वर्ग माइल) |
• क्रम | २८औँ |
जनसङ्ख्या (२०११) | |
• जम्मा | १४५८५४५[1] |
• क्रम | २६औँ |
वासिन्दा | गोवाली |
समय क्षेत्र | युटिसी+०५:३० (भारतीय मानक समय) |
आइएसओ ३१६६ सङ्केत | IN-GA |
माविसू (२०१८) | ०.७६१[2] (उच्च) · तेस्रो |
साक्षरता | ८८.७०% (तेस्रो) |
आधिकारिक भाषा | |
वेबसाइट | www |
^* देवनागरी लिपिमा लेखिने कोङ्कणी अधिकारिक भाषा भएतापनि मराठी र अङ्ग्रेजी भाषाको प्रयोग सरकारी कामकाज र अन्य स्थानमा गर्ने गरिन्छ।[3][4] |
महाभारतमा गोवाको उल्लेख गोपराष्ट्र अर्थात गाई चराउनेवालाहरूको देशको रूपमा पाइन्छ। दक्षिण कोंकण क्षेत्रको उल्लेख गोवाराष्ट्रको रूपमा पाइन्छ। संस्कृतको केही अन्य पुरानो स्त्रोतहरूमा गोवालाई गोपकपुरी र गोपकपट्टन भनिएको छ जसको उल्लेख अन्य ग्रन्थहरू बाहेक हरिवंशम र स्कन्द पुराणमा पाइन्छ। गोवालाई पछि काही काही गोअञ्चल पनि भनियेको छ। अन्य नामहरूमा गोवे, गोवापुरी, गोपकापाटन, र गोमन्त प्रमुख छन्। टोलेमीले गोवाको उल्लेख ईसवी सन २०० को आस-पास गोउबाको रूपमा गरेको छ। अरबक मध्य युगीन यात्रिहरूले यस क्षेत्रलाई चंद्रपुर र चंदौरको नामबाट इंगित गरेको छन जुन मुख्य रूपमा एक तटीय सहर थियो। जुन स्थानको नाम पोर्चुगलको यात्रिहरूले गोवा राख्यो त्यो आजको सानो समुद्र तटीय शहर गोअ-वेल्हा हो। पछि त्यो पूरै क्षेत्रलाई गोवा भनिन थाल्यो जसमाथी पोर्चुगलिहरूले कब्जा गर्यो।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.