From Wikipedia, the free encyclopedia
गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशला एक नेपाली निर्माधिन उद्देश्यीय रङ्गशाला हो। यो रङ्गशाला धुर्मुस सुन्तली फाउन्डेसनले भरतपुर महानगरपालिका भित्र निर्माण गर्नेछ छ। फाउन्डेसनले भरतपुर महानगरपालिकासँगको सहकार्यमा सिलान्यासको दुई वर्षभित्र निर्माण सक्ने गरी २०७५ माघ १६ गते बुधबार अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको घोषणा गरेको थियो।[1][2]
स्थान | भरतपुर, नेपाल |
---|---|
निर्देशाङ्क | २७°४९′४१″उ॰ ८५°१७′२५″पू॰ |
स्थापना | २०१८ |
क्षमता | ६०,००० |
स्वामिव | भरतपुर महानगरपालिका |
सञ्चालक | धुर्मुस सुन्तली फाउन्डेसन |
ठेकेदार | नेपाल राष्ट्रिय क्रिकेट टोली नेपाल राष्ट्रिय अन्डर १९ क्रिकेट |
घरेलु टिमको जानकारी | |
नेपाल राष्ट्रिय क्रिकेट टोली () |
२०७५ माघ १६ गते सहिद दिवसको दिन एक कार्यक्रम बिच रङ्गशाला निर्माणको लागि फाउन्डेसन र भरतपुर महानगरबीच जग्गा प्राप्ति सम्बन्धी सम्झौता भएको थियो। सम्झौतामा फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) र भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले हस्ताक्षर गरेका थिए।[1][3]त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको भरतपुर– १६ को उक्त जग्गा कृषि तथा वन विश्वविद्यालयले भोगचलन गरिरहेको थियो। क्रिकेट रङ्गशाला बनाउने भएपछि त्रिभुवन विश्वविद्यालयले भरपुर महानगरपालिकाको माध्यमबाट फाउन्डेसनलाई उपलब्ध गराएको थियो।
यस रङ्गशाला २० विगाह ८ कठ्ठा क्षेत्रफलमा बन्ने छ। चितवन जिल्लामा बन्ने यस क्रिकेट रङ्गशाला कमलको फुल आकारको हुनेछ। यसमा २५ हजार दर्शक अट्नेछन्। बहुउपयोगी हुने यो रङ्गशालाभित्र क्रिकेट प्रशिक्षण मैदान, फुटबल, भलिबल बास्केटबल, ब्याडमिन्टन, स्वीमिङपुल र फिटनेस सेन्टरसम्म रहनेछन्।
रङ्गशालामा बाहिरी भागमा नेपाल चिनाउने सम्पदाहरु समावेश गरिनेछ। जसमा एक सिंगे गैँडा, हात्ती, पाटेबाघ लगायत जनावरहरूको धातुको मुर्ति रहनेछन्। त्यस्तै नेपालका पर्यटकीय स्थलहरूलाई चिनाउने सामग्रीहरु पनि राखिनेछन्। क्रिकेट खेलाडीहरू उत्पादन गर्न एकेडेमी पनि रङ्गशाला रहनेछ।
रङ्गशाला निर्माणको लागत ३ अर्ब अनुमान गरिएको छ[4] । देश–विदेशका नेपालीहरूबाट प्राप्त हुने स्वैच्छिक सहयोगबाट आर्थिक स्रोत जुटाइने फाउन्डेसनका अध्यक्ष कट्टेलले बताएका थिए।
तेक्वान्दोका कीर्तिमानी पदकधारी तथा ओलम्पियन दीपक विष्टको संयोजकत्वमा ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ निर्माण अभियानका लागि वि.स. २०७६ वैशाख २७ गते १३ सदस्यीय खेलकुद समिति गठन गरिएको थियो[5]।
नाम | सम्बन्धित खेल | |||
---|---|---|---|---|
संयोजक | ||||
दिपक विष्ट | तेक्वान्दो | |||
पदाधिकारी सदस्यहरू | ||||
हरि खड्का | फुटबल | |||
सङ्गीना वैद्य | तेक्वान्दो | |||
भरत शाह | भलिबल | |||
विनोद दास | क्रिकेट | |||
गौरिका सिंह | पौडी | |||
दीपक श्रेष्ठ | कराँते | |||
रुविना क्षेत्री | क्रिकेट | |||
सरस्वती चौधरी | भलिबल | |||
दीपक महर्जन | बक्सिङ | |||
महेश्वर महर्जन | बडीबिल्डिङ | |||
सावित्रा भण्डारी | फुटबल | |||
अनिल गुरुङ | फुटबल | |||
छुम्बी लामा | क्यानकी पूर्व कार्यकारी | |||
सद्भावना दुत | ||||
पारस खड्का | क्रिकेट | |||
सन्दिप लामिछाने | क्रिकेट |
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.