![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/7/7a/Turboprop.png/640px-Turboprop.png&w=640&q=50)
ग्याँस टर्बाइन
From Wikipedia, the free encyclopedia
ग्याँस टर्बाइन (अङ्ग्रेजी: Gas turbine) एक प्रकारको आन्तरिक दहन इन्जिन हो जसले घुम्नको लागि आवश्यक ऊर्जा ज्वलनशील ग्याँसको प्रवाहबाट प्राप्त गर्छ। यसैकारण यसलाई 'दहन टर्बाइन' पनि भनिन्छ।[1] टर्बाइनको गति परिभ्रामी हुने भएकाले यो इन्जिन विद्युत जेनेरेटर घुमाउनको लागि पनि उपयुक्त मानिन्छ। संयुक्त राज्य अमेरिकाको लगभग ९० प्रतिशत विद्युत् ऊर्जा वाष्प टर्बाइनबाट उत्पन्न गर्ने गरिन्छ। वाष्प टर्बाइनको दक्षता अन्य ऊष्मा इन्जिनको तुलनामा धेरै हुन्छ। अधिक दक्षता वाष्पको प्रसारको लागि कयौँ चरणको प्रयोगबाट प्राप्त गर्न सकिन्छ।
![Thumb image](http://upload.wikimedia.org/wikipedia/commons/thumb/7/7a/Turboprop.png/640px-Turboprop.png)
'ग्याँस टर्बाइन'को विभिन्न परिभाषा दिन सकिन्छ। विस्तृत परिभाषा अनुसार ग्याँस टर्बाइन त्यो शक्तिको प्राथमिक स्रोत हो जसको सम्पूर्ण उष्मीय चक्रमा कार्यकारी तरल ग्याँस अवस्थामा रहन्छ र जसको सबै पुर्जाको गति परिभ्रामी हुन्छ।
ग्याँस टर्बाइनको प्रयोग हवाई विमान, रेल, पानीजहाज, विद्युतीय जेनेरेटर, पम्प, ग्याँस कम्प्रेसर, र ट्याङ्कमा गरिन्छ।[2]