चन्द्रकान्त राउत अथवा सिके राउत एक नेपाली राजनीतिज्ञ र जनमत पार्टीका अध्यक्ष हुन्। उनको पूरा नाम चन्द्रकान्त राउत हो। उनी मधेश प्रदेश को सप्तरी जिल्ला जन्मिएका हुन्। उनको परिवार निम्न वर्गीय परिवार हो । उनको बाल्यकाल आर्थिक अभावमै बितेको पाइन्छ ।

छरितो तथ्यहरू माननीयचन्द्रकान्त राउत, संसद, प्रतिनिधि सभा सदस्य निर्वाचित ...
बन्द गर्नुहोस्

शिक्षा

उनले पुल्चोक क्याम्पसबाट कम्प्युटर इन्जिनियरिङ गरेका थिए। उनले क्याम्ब्रिज विश्वविद्यालयबाट विद्यावारिधि गरेका छन्।

किताब

उनले आफ्नो आत्मकथा 'डिनायल टु डिफेन्स' र मधेशसम्बन्धी अन्य दुईवटा पुस्तक प्रकाशित गरेका छन्।[1]

राजनीति

सन् २०११ मा अमेरिकाबाट नेपाल फर्केर उनले स्वतन्त्र मधेशको अभियान चलाएका थिए। वि.सं २०७५ फागुन २४ गते नेपाल सरकार र सीके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनबीच ११ बुँदे सहमति भएको थियो ।

प्रतिनिधि सभा २०७९

प्रतिनिधि सभा निर्वाचन, २०७९मा जनमत पार्टीका उम्मेदवार चन्द्रकान्त राउत प्रतिनिधि सभा निर्वाचन क्षेत्र सप्तरी २बाट ३५,०४२ मत प्राप्त गरी प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन्।[2] उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी का उम्मेदवार उपेन्द्र यादवले १६,९७९ मत प्राप्त गरेका थिए।[3]

सम्मान

  • महेन्द्र विद्या भुषण
  • कुलरत्न गोल्ड मेडल

सन्दर्भ सामग्रीहरू

Wikiwand in your browser!

Seamless Wikipedia browsing. On steroids.

Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.

Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.