From Wikipedia, the free encyclopedia
चित्रवन नगरपालिका चितवन जिल्लामा अवस्थित एक नगरपालिका थियो। साबिक गुञ्जनगर गाबिसको वडा नम्बर ३ रहेको ठाउँलाईको केन्द्र बनाइएको थियो।[1]यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो तर कार्यन्वयनमा हाल जेष्ठ ४,२०७१ देखि आएको थियो । यसलाई नगरपालिका घोषणा गर्दा सारदानगर र गुञ्जनगर गाउँ विकास समितिहरू समावेश गरिएका थिए। चित्रवन नगरपालिकाको कार्यालय भरतपुरको चौबिस कोठिबाट कारीब १५ कि. मी. पश्चिममा रहेको छ। यो पछि भरतपुर महानगरपालिकामा गाभिएको थियो।
चित्रवन नगरपालिका
Chitrawan Municipality | |
---|---|
देश | नेपाल |
अञ्चल | नारायणी अञ्चल |
जिल्ला | चितवन जिल्ला |
स्थापना | २०७१ जेष्ठ ४ |
सरकार | |
• प्रकार | चित्रवन नगरपालिका |
क्षेत्रफल | |
• जम्मा | १६२.२ किमी२ (६२.६ वर्ग माइल) |
उन्नतांश | २०८ मिटर (६८२ फिट) |
जनसङ्ख्या (बि.स.२०६८)जनगणना | |
• जम्मा | २६५७९ |
• घनत्व | १६०/किमी२ (४२०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
हुलाक कोड | ४४२०० |
क्षेत्रीय सङ्केत | ०५६ |
वेबसाइट | www.chitrawanmun.gov.np |
सारदानगर र गुञ्जनगर गाविसहरूलाई मिलाएर चित्रवन नगरपालिका बनाइएको थियो। त्यसैले बि.स.२०६८ को जनगणना अनुसार यी ठाउँहरूको जनसङ्ख्यालाई जोडेर २६,५७९ रहेको छ।[2]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.