विकिपिडिया सह-संस्थापक र अमेरिकी इन्टरनेट उद्यमी From Wikipedia, the free encyclopedia
जिमी डोनाल "जिम्बो" वेल्स (अङ्ग्रेजी:Jimmy Donal "Jimbo" Wales /ˈdoʊnəl ˈweɪlz/) जन्म ७ अगस्ट १९६६[1]) एक अमेरिकी इन्टरनेट प्रबर्धक तथा एक स्वतन्त्र विश्वकोष विकिपीडिया र विकिया कम्पनीका सह-संस्थापक हुन् । उनी जुन २००३ देखि अक्टुबर २००६ सम्म विकिमीडिया फाउन्डेशनका अध्यक्ष पनि थिए।[2][3] जिमी वेल्स हन्ट्सभिल, अलाबामामा जन्मिएका थिए र उनी र्यान्डोल्फ विद्यालयमा अध्ययन गरेका थिए।
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
जिमी वेल्स | |
---|---|
जन्म | जिमी डोनाल वेल्स अगस्ट ७, १९६६ हन्ट्सभिल, अलाबामा, संयुक्त राज्य अमेरिका |
वासस्थान | लन्डन,संयुक्त अधिराज्य |
राष्ट्रियता | संयूक्त राज्य अमेरिका |
अन्य नाम | जिम्बो (अनलाईन उपनाम) |
मातृ शिक्षाप्रतिष्ठान | अबर्न विश्वविद्यालय [अलाबामा विश्वविद्यालय इन्डियाना विश्वविद्यालय ब्लूमिङ्टन |
पेशा | इन्टरनेट व्यवसायी |
चिनारीको कारण | विकिपीडियाका संस्थापक |
उपाधि | प्रमूख, विकिया कम्पनी (२००४–हाल) अध्यक्ष, विकिमीडिया फाउन्डेशन (जुन २००३ – अक्टुबर २००६) अध्यक्ष इमेरिटस, विकिमीडिया फाउन्डेशन (अक्टोबर २००६-हालसम्म) |
उत्तराधिकारी | फ्लोरेन्स डेभोयार्ड |
कार्यकारी समिति सदस्य | विकिमीडीया फाउन्डेशन, कमन्स, टेक्स्ट, एमआइटी (सल्लाहकार समुहमा) |
वेबसाइट | व्यक्तिगत ब्लग अङ्ग्रेजी विकिपीडिया |
जिमी वेल्सको जन्म ७ अगस्ट १९६६मा हन्ट्सभिल, अलाबामामा भएको थियो ।[1][4] उनका बुवा जिमी[5] किराना भण्डार पसलमा म्यानेजर थिए र उनकि आमा डोरिस र हजुराआमा एर्मा एउटा सानो एक कक्षा-कोठा प्रणालीको निजी विद्यालय, बाल सिकाई गृह सञ्चालन गर्दथे, यहि विद्यालयमा नै जिमी वेल्स र उनका दाजुभाइ तथा दिदिबहिनीहरूले प्रारम्भिक शिक्षा हासिल गरेका थिए।[6][7] यहि विद्यालयमा कक्षा ८ सम्म अध्ययन गरेपछि वेल्स हन्ट्सभिलमा अवस्थित एक प्रारम्भिक-विश्वविद्यालय: र्यान्डोल्फ विद्यालयमा भर्ना भए र सोह्र वर्षको उमेरमा स्नातक गरे ।
जिमी वेल्सले दुई पटक विवाह तथा पारपाचुके गरिसकेका छन् ।[8][9] उनले २० वर्षको उमेरमा अलाबामामा एउटा किराना स्टोरमा सहायकका रूपमा कार्यरत पामसँग विबाह गरे।[9] उनले उनकी दोस्री श्रीमती क्रिस्टिन रोहनलाई एक साथीको माध्यमबाट शिकागोमा भेटेका थिए, जति बेला उनी मित्सुबिशीको लागि स्टील व्यापारीको रूपमा कार्यरत थिईन्।[8] उनीहरूले फ्लोरिडाको मुनरो प्रदेसमा मार्च १९९७मा विबाह गरे[10] र पारपाचुके गर्नु पूर्व क्रिस्टिनले एउटा छोरीलाई जन्म दिईन।[8][9] वेल्स १९९८मा सान डिएगोमा बसाई सरे र एउटा आवासिय बजारले त्यहाँबाट हटाएपछि फ्लोरिडाको सेन्ट पीटर्सबर्गमा नै पुनर्स्थापित भए,[11] जहाँ उनी २००७ सम्म बसे।[12]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.