From Wikipedia, the free encyclopedia
जेदाहा (अरबी: جدة) तिहामाह प्रदेशको हिजाजमा पर्ने साउदी अरबको एक प्रमुख शहर हो जुन रातो नदिको किनारमा अवस्थित छ । यो शहर मक्का प्रदेशको सबैभन्दा ठूलो शहर र रातो नदिको प्रमुख बन्दरगाहको रूपमा रहेको छ । यस शहरको कुल जनसङ्ख्या करिब चार मिलियन (२०१७ का अनुसार) रहेको छ र राजधानी रियाद पछिको दोश्रो ठूलो शहर हो । जदहालाई सउदी अरबको व्यापारिक राजधानीको रूपमा लिईन्छ । [3]
जेदाहा
جدة | |
---|---|
शहर | |
आदर्श वाक्य: जेदाहा फरक छ | |
देश | साउदी अरब |
प्रदेश | मक्का |
स्थापना | ६ ई.श बाट |
सरकार | |
• मेयर | हानी आबु रास[1] |
• शहरी गभर्नर | मसल अल-साउद |
• प्रदेशका गभर्नर | खलिड अल-फैसल |
क्षेत्रफल | |
• शहर | १,६०० किमी२ (६०० वर्ग माइल) |
• सहरी | १,६८६ किमी२ (६५१ वर्ग माइल) |
• महानगर | ४७ किमी२ (१८ वर्ग माइल) |
उन्नतांश | १२ मिटर (३९ फिट) |
जनसङ्ख्या (२०१४)[2] | |
• शहर | ३,९७६,००० |
• घनत्व | २५००/किमी२ (६४००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+३ (अरबी समय) |
• ग्रीष्म (डिएसटी) | अरबी समय |
हुलाक कोड | ५ बटा अंक सुरुमा २१ भएका |
क्षेत्रीय सङ्केत | +९६६-१२ |
वेबसाइट | www |
आधिकारिक नाम | एेतिहाँसीक जेदाहा शहर, मक्काको प्रवेश द्वार |
मापदण्ड | Cultural: ii, iv, vi |
सन्दर्भ | 1361 |
सूचीकृत | 2014 (? अज्ञात सत्र) |
क्षेत्रफल | १७.९१ हेक्टर |
मध्यवर्ती क्षेत्र | ११३.५८ हेक्टर |
जेदाहा साउदी अरबको प्रमुख शहर मक्का र मदिनाको प्रवेश द्वार हो । आर्थिक रूपमा जेदहा साउदी अरब भित्र वैज्ञानिक र इन्जिनियरिङ विकासको लागि जोड दँदै आएको छ । जेदाहा साउदी अरबको प्राथमिक आश्रयको शहरहरू मध्ये एक हो । यो शहरको आदर्श वाक्य जेदा गहिर जसलाई उल्था गरेर नेपालीमा जेदाहा फरक छ भन्ने बुझिन्छ र यो आदर्श वाक्य सबै विदेश र स्थानीय बासीहरूले प्रयोग गर्दै आएका छन् ।
जेदाहा शहर साउदी अरबको रातो नदीको किनारमा अवस्थित । जेदाहा हाजिज प्रन्तमा एक मुख्य शहर हो र यो शहर क्षेत्रफलका अनुसार विश्वको १०० अौँ ठूलो शहरको रूपमा रहेको छ ।
जेदाहामा हिउँदक बेला धेरै जाडो नभई यहाँको तापक्रम १५ डिग्री र दिउँसोको बेला २८ डिग्री सम्म मापन गरियको छ । त्यस्तै ग्रिष्म ऋतुमा जेदाहामा अत्याधिक गर्मि हुने भएकाले यस शहरको तापक्रम अौसतमा ४३ डिग्री र साँझको बेला ३० डिग्री हुन्छ । जेदाहामा नोभेम्बर र डिसेम्बरमा मात्र फाटफुट वर्षा हुने गरेको छ र चट्याङ हिउँदको बेला अत्याधिक मात्रामा पर्छ । यस भन्दा अघि सन् २००८ मा एक शक्तिसाली चट्याङ परेको थियो । सन् १९९३ फेब्रुअरी १० मा जेदाहाको तापक्रम सबैभन्दा कम ९.८ डिग्री मापन गरियको थियो भने सन् २०१० जुन २२ मा यस शहरको तापक्रम सबैभन्दा अधिक ५२.० डिग्री मापन गरियको थियो ।
सन् २००५ मा पुरुष विद्यार्थी लागि जेदाहामा सरकारी र निजी विद्यालय गरी ८४९ रहेका छन् र महिला विद्यार्थी लागि जम्मा १,१७९ विद्यालयहरू रहेका छन् । यहाँ विद्यार्थीलाई मुख्य अरबी भाषाम पढाइ हुन्छ र दोश्रो भाषाको रूपमा अङ्ग्रेजी भाषा पढाइ हुन्छ त्यहिपनि बाहिरी प्रशासन र विदेश नाम भएका विद्यालयमा कक्षा अङ्ग्रेजीमा सञ्चालन हुँदै आएको छ ।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.