From Wikipedia, the free encyclopedia
संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को)द्वारा दक्षिण एसिया क्षेत्रमा रहेका ६ वटा देशहरूको ६० वटा सम्पदालाई विश्व सम्पदा क्षेत्रमा मान्यता प्रदान गरिएको छ । जसमा अफगानिस्तान, भारत, नेपाल, श्रीलङ्का, पाकिस्तान तथा बङ्गलादेश रहेका छन् । दक्षिण एसियामै रहेको भुटान र माल्दिभ्सको कुनै सम्पदालाई युनेस्कोले हालसम्म मान्यता दिएको छैन ।[1][2] यस क्षेत्रमा रहेको भारतको सबैभन्दा बढी ३७ (६औँ क्रम विश्वव्यापी) सम्पदा सूचीकृत गरिएको छ ।[3] यस क्षेत्रबाट सबैभन्दा पहिले काठमाडौँ उपत्यका तथा सगरमाथा राष्ट्रिय निकुञ्जलाई युनेस्कोले विश्व सम्पदा सूचीमा समावेस गरेको थियो ।[4]
क्रम सं. |
नाम | चित्र | क्षेत्र | युनेस्को डेटा | क्षेत्रफल | समय | विवरण | सन्दर्भ |
---|---|---|---|---|---|---|---|---|
१ | बगेरहाट जिल्लाको ऐतिहासिक मस्जिद सहर | बगेरहाट जिल्ला, खुलना विभाग २२°४०′०″उ॰ ८९°४८′०″पू॰ |
सांस्कृतिक: (iv) |
— |
१९८५ | [5] | ||
२ | पहारपुरमा रहेका बौद्ध विहारका अवशेषहरू | नाओगावं जिल्ला, राजशाही विभाग २५°२′०″उ॰ ८८°५९′०″पू॰ |
सांस्कृतिक: (i), (ii), (vi) |
— |
१९८५ | [6] | ||
३ | सुन्दरवन | खुलना विभाग २१°५७′०″उ॰ ८९°११′०″पू॰ |
प्राकृतिक: (ix), (x) |
१,३९,५०० (३,४५,०००) | १९९७ | [7] |
क्रम सं. |
नाम | चित्र | क्षेत्र | समय | युनेस्को डेटा | विवरण | सन्दर्भ |
---|---|---|---|---|---|---|---|
१ | चितवन राष्ट्रिय निकुञ्ज | चितवन जिल्ला, नारायणी अञ्चल, नेपाल २७°३०′०″उ॰ ८४°२०′०″पू॰ |
२०औं शताब्दी | २८४; १९८४; vii, ix, x | चितवन राष्ट्रिय निकुञ्ज (पहिले शाही चितवन राष्ट्रिय निकुञ्ज) (चि.रा.नि.) नेपालको सबैभन्दा पहिलो तथा सबैभन्दा पुरानो राष्ट्रिय निकुञ्ज हो । यसको स्थापना सन् १९७३ मा गरिएको हो । | [42] | |
२ | काठमाडौँ उपत्यका | काठमाडौँ उपत्यका, नेपाल २७°४२′१४″उ॰ ८५°१८′३१″पू॰ |
१४औं शताब्दी | १३७; १९७९; iii, iv, vi | काठमाण्डौ उपत्यका नेपालको ऐतिहासिक सहर तथा युनेस्को विश्व सम्पदा क्षेत्रमा सूचीकृत क्षेत्र हो । काठमाडौँ उपत्यकामा (अथवा नेपाल उपत्यका)मा ३ जिल्ला काठमाडौँ, ललितपुर तथा भक्तपुर पर्दछन् । | [43] | |
३ | लुम्बिनी | रूपन्देही जिल्ला, लुम्बिनी अञ्चल, नेपाल २७°२८′८″उ॰ ८३°१६′३४″पू॰ |
५औं शताब्दी | ६६६; १९९७; iii, vi | लुम्बिनी गौतम बुद्धको जन्मथलो हो । लुम्बिनी अञ्चल यसै ठाउँको नामबाट नामाकरण गरिएको । | [44] | |
४ | सगरमाथा राष्ट्रिय निकुञ्ज | सोलुखुम्बु जिल्ला, सगरमाथा अञ्चल, नेपाल २७°५७′५५″उ॰ ८६°५४′४७″पू॰ |
१९औं शताब्दी | १२०; १९७९; vii | सगरमाथा राष्ट्रिय निकुञ्ज पूर्वी नेपालको सोलुखुम्बु जिल्लाको उत्तरी भागमा छ जसले सगरमाथा, ल्होत्से, नुप्त्से, चो यु, आमादब्लम हिमालहरू तथा यस वरिपरिको क्षेत्रको ओगटेको छ। यसको क्षेत्रफल ११४८ वर्ग कि.मि. छ । | [45] |
क्रम सं. |
नाम | चित्र | क्षेत्र | समय | युनेस्को डेटा | विवरण |
---|---|---|---|---|---|---|
१ | मोहन जोदडोको पुरातात्विक अवशेषहरू | सिन्ध, पाकिस्तान २७°१९′४५″उ॰ ६८°८′२०″पू॰ | ईशापूर्व २६औं शताब्दी देखि ईशापूर्व १९औं शताब्दीसम्म | १३८; १९८०; ii, iii | मोहन जोदडो एउटा पुरातात्विक क्षेत्र हो जुन पाकिस्तानको सिन्ध प्रान्तमा रहेको छ ।[46] | |
२ | तक्षशिला | पञ्जाब, पाकिस्तान ३३°४६′४५″उ॰ ७२°५३′१५″पू॰ |
ईशापूर्व ५औं शताब्दी देखि ईशापूर्व २औं शताब्दीसम्म | १३९; 1980; iii, vi | तक्षशिला एउटा पुरातात्विक क्षेत्र हो जुन पाकिस्तानको पञ्जाबमा रहेको छ ।[47] | |
३ | तख्त-इ-बहिका बौद्ध अवशेषहरू र छिमेकी सहर सेरी बहलोलमा बाँकी रहेका अवशेषहरू | खाइबर पखतुनख्वा, पाकिस्तान ३४°१९′१५″उ॰ ७१°५६′४५″पू॰ | पहिलो शताब्दी | १४०; १९८०; iv | तख्त-इ-बहि एउटा बौद्ध गुम्बा हो जुन पहिलो शताब्दीमा बनेको विश्वास गरिन्छ । यो पाकिस्तानको खाइबर पखतुनख्वामा रहेको छ ।[48] | |
४ | लाहोर किल्ला र लाहोरमा रहेको शालिमार बगैंचा | पञ्जाब, पाकिस्तान ३१°३५′२५″उ॰ ७४°१८′३५″पू॰ | १५५६ | १७१; १९८१; i,ii,iii | मुगल साम्राज्यको समयमा लाहोरमा निर्माण गरिएको किल्ला र शालिमार बगैंचा दुई शाही धरोहरहरू हुन् ।[49] | |
५ | मकलीका एतिहासिक धरोहरहरू, थाट्टा | सिन्ध, पाकिस्तान २४°४६′०″उ॰ ६७°५४′०″पू॰ | १४औं शताब्दी देखि १८औं शताब्दीसम्म | १४३; १९८१; iii | पुरातात्विक सहर थाट्टामा रहेको मकली पर्वतका एतिहासिक धरोहरहरू १४औं शताब्दीमा निर्माण गरिएको हो ।[50] | |
६ | रोहतास किल्ला | पञ्जाब, पाकिस्तान ३२°५७′४५″उ॰ ७३°३५′२०″पू॰ | १५४१ | ५८६; १९९७; ii, iv | रोहतास किल्ला पञ्जाब, पाकिस्तानमा रहेको एतिहासिक धरोहर हो ।[51] |
क्रम सं. |
नाम | चित्र | क्षेत्र | समय | युनेस्को डेटा | विवरण |
---|---|---|---|---|---|---|
१ | पोलोननरुवाको एतिहासिक सहरहरू | पोलोननरुवा, श्रीलङ्का ७°९′३३″उ॰ ८१°०′०″पू॰ | ईशापूर्व १०७० | २०१; १९८२; i, iii, vi | पोलोननरुवा श्रीलङ्काको सबैभन्दा दोश्रो पुरानो शाही साम्रज्य हो ।[52] | |
२ | सिगिरियाको एतिहासिक सहरहरू | मताले, श्रीलङ्का ७°५७′२५″उ॰ ८०°४५′३५″पू॰ |
ईशापूर्व ३औं शताब्दी देखि ईशापूर्व १औं शताब्दीसम्म | २०२; १९८२; ii, iii, iv | सिगिरिया श्रीलङ्काको मताले जिल्लामा रहेको पुरातात्विक क्षेत्र हो ।[53] | |
३ | डाम्बुलाको स्वर्ण मन्दिर | केन्द्रीय श्रीलङ्का, श्रीलङ्का ७°५१′०″उ॰ ८०°३९′०″पू॰ | पहिलो शताब्दी | ५६१; १९९१; i, vi | डाम्बुलाको स्वर्ण मन्दिर डाम्बुलाको गुफा मन्दिरको नामले चिनिन्छ जुन केन्द्रीय श्रीलङ्कामा अवस्थित छ । यो पहिलो शताब्दीमा बनेको विश्वास गरिन्छ ।[54] | |
४ | गालको पुरानो सहर र किल्लाहरू | गाल, श्रीलङ्का ६°३′१३″उ॰ ८०°१२′४२″पू॰ | १५५६ | ४५१; १९८८; iv | गालको पुरानो सहर र किल्लाहरू केन्द्रीय श्रीलङ्काको गालमा स्थित छ।[55] | |
५ | अनुराधापुराको पवित्र सहर | अनुराधापुरा श्रीलङ्का८°२१′०″उ॰ ८०°२३′७″पू॰ | ४औं शताब्दी | २००; १९८१; i, iii, iv | अनुराधापुराको पवित्र सहर श्रीलङ्काको एतिहासिक धरोहर हो ।[56] | |
६ | क्यान्डीको पवित्र सहर | क्यान्डी, श्रीलङ्का ७°१७′३८″उ॰ ८०°३८′१९″पू॰ | १५४१ | ४५०; १९८८; iv, vi | क्यान्डीको पवित्र सहर श्रीलङ्काको एतिहासिक धरोहर हो ।[57] | |
७ | सिंहराजा वन्यजन्तु आरक्ष | दक्षिणी श्रीलङ्का ७°१७′३८″उ॰ ८०°३८′१९″पू॰ | १५४१ | ४०५; १९८८; ix, x | सिंहराजा वन्यजन्तु आरक्ष श्रीलङ्काको प्राकृतिक सम्पदा हो ।[58] | |
८ | श्रीलङ्काका केन्द्रीय पहाडी इलाकाहरू | क्यान्डी, श्रीलङ्का ७°१७′३८″उ॰ ८०°३८′१९″पू॰ | १५४१ | १२०३; २०१०; ix, x | श्रीलङ्काका केन्द्रीय पहाडी इलाकाहरू श्रीलङ्काको प्राकृतिक सम्पदा हो ।[59] |
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.