दुर्गा घिमिरे (अङ्ग्रेजी: Durga Ghimire)[1] एक सामाजिक कार्यकर्ता र महिला हित र महिला बेचविखन विरुद्ध काम गर्ने गैर-नाफामूलक संस्था एबीसी नेपालको अध्यक्ष हुनुहुन्छ ।[2][3] सन् १९४८ मे १२ मा नेपालको पूर्वी शहर बिराटनगरमा बुवा गणेश आचार्य र आमा शान्ता आचार्यको पाँचौ सन्तानको रूपमा उहाँको जन्म भएको हो । उहाँले त्रिभुवन विश्वविद्यालयबाट आर्ट्समा मास्टर्स (अर्थशास्त्र) र कानुनमा ब्याचलर गर्नुभएको छ । वहाँ नेपालीको प्रख्यात लेखक र राजनीतिक विश्लेषक स्वर्गीय जगदीश घिमिरेको श्रीमती हुनुहुन्छ ।

छरितो तथ्यहरू दुर्गा घिमिरे, जन्म ...
दुर्गा घिमिरे
चित्र:Durga Ghimire.jpg
दुर्गा घिमिरेको पुस्तक जेल को सम्झना (English: "Staying Alive: Memories of Women in Prison") को कभर फोटो ।
जन्ममे १२, १९४८
बिराटनगर, मोरङ, नेपाल
नागरिकतानेपाली
पेशासामाजिक कार्यकर्ता
धर्महिन्दु
जीवनसाथीजगदीश घिमिरे(वि.सं. २००२-२०७०)
मातापिताबुवा गणेश आचार्य आमा शान्ता आचार्य
वेबसाइटhttp://abcnepal.org.np/biography-of-mrsdurga-ghimire
बन्द गर्नुहोस्

कार्यक्षेत्र

सामाजिक कार्यकर्ता हुनुका साथै उहाँ लेखक पनि हुनुहुन्छ । उहाँले केही साहित्यिक पुस्तक र महिला, महिला स्वास्थ्य बेचविखन, सुरक्षित बसाइँसराइ आदि जस्ता बिषयमा धरै लेखहरू लेख्नुभएको छ ।[4]

अन्तर्राष्ट्रिय सम्मान र अवार्डहरू

पुस्तकहरू

  • उनको सम्झना [7]
  • जेल को सम्झना
  • Staying Alive:Memories of women in prison
  • Prevention, Care, Repatriation and Re-integration of Rescued Girls (एबीसी नेपालीको अनुभव)[8]
  • चेलीको कथा र बेथाहरु, मेरा अनुभुती (The stories of daughters, My experiences)[8]
  • चेलीबेटी बेचबिखन र महिला हिंसा को वर्तमान अवस्था (Current situation of girls trafficking and violence against women)[8]
  • Sexual Exploitation of Nepalese girls (विशेष चेलीबेटी बेचबिखनको सन्दर्भ)[8]

सन्दर्भ सामग्री

बाह्य कडीहरू

Wikiwand in your browser!

Seamless Wikipedia browsing. On steroids.

Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.

Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.