दोस्रो भाषा
From Wikipedia, the free encyclopedia
From Wikipedia, the free encyclopedia
दोस्रो भाषा भनेको मातृभाषा पछि बोलिने अतिरिक्त भाषा हो। दोस्रो भाषा छिमेकी भाषा, वक्ताको गृह देशको अर्को भाषा वा विदेशी भाषा हुन सक्छ। एक वक्ताको प्रभावशाली भाषा, जुन भाषा वक्ताले सबैभन्दा बढी प्रयोग गर्छ वा सबैभन्दा सहज छ, आवश्यक छैन कि वक्ताको पहिलो अथवा मातृभाषा भाषा हो।
बिदेशी भाषा मुख्यतः तीन अवस्थामा बक्ताहरूले प्रयोग गर्दछन। पहिलो हो कुनै बिदेशी भाषाबाट उपनिवेस बन्न पुग्नुका कारणले, दोश्रो प्रभावबस बिदेशी भाषाको प्रयोग र तेश्रो हो अावश्यकताका कारणले बिदेशी भाषाको प्रयोग। उदाहरणका लागि, इन्डिया, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश अादी देशहरूमा धेरै अङ्ग्रेजि प्रयोग हुनु अथवा लेवनान,बुर्किना फासो,नीजेर आदि देशमा फ्रेन्च प्रयोग हुनु अैापनिबेसिकताको कारणाले हो भने। फिलिपिन्स, नर्डिक देशहरूमा अङ्ग्रेजी प्रयोग हुँनु प्रभाव बस उक्त भाषालाइ अपनाउनुले हो। कोरीया वा जापान मा बस्ने वा काम गर्ने कुनै गैर कोरीयाली वा गैर जापानीले ती देशका भाषा बोल्नु त्यहाँ रहन,काम गर्न सजिलो हुँने अावश्यकताले बोलिने हो। लामो अाैपनिवेसीक वीरासतका कारण दक्षिण एसियाका केही भागहरूमा अदालत, सरकार र व्यापारको आधिकारिक भाषा बन्न पुगेको अङ्ग्रेजी त्यस विपरीत हङकङ मा लामो समय उपनिवेसी भाषा हुँनुका बाबजुत चीन मा रहेको स्वभाषा चेतना र जागरणका कारण उही दर्जामा छैन।
भाषा | दोस्रो भाषा वक्ताहरू |
---|---|
१. अङ्ग्रेजी | ९७९ मिलियन[1][2] |
२. हिन्दी-उर्दु | >५०० मिलियन |
३. रुसी | ११० मिलियन |
४. फ्रान्सेली | २८० मिलियन |
५. पोर्तुगाली | १५ मिलियन |
६. अरबी | २४६ मिलियन |
७. मन्डारिन | १७८ मिलियन |
८. स्पेनी | ७१ मिलियन |
९. जर्मनेली | ८८ मिलियन |
१०. जापानी | १ मिलियन |
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.