नेपाल राष्ट्र बैङ्क नेपालको केन्द्रीय बैङ्क हो। नेपालको आर्थिक क्षेत्रको व्यवस्थापन गर्ने उद्देश्य सहित केन्द्रीय बैङ्कका रूपमा नेपाल राष्ट्र बैङ्क ऐन १९५५ अन्तर्गत नेपाल राष्ट्र बैङ्कको स्थापना २०१३ साल वैशाख १४ गते (सन् १९५६ अप्रिल २६) मा भएको थियो। नेपाल राष्ट्र बैङ्क र वित्तीय संस्थाहरूको मौद्रिक विनिमायक र प्रक्षेपण को रूपमा रहेको छ। तत्कालिन ऐनको ठाउँमा नयाँ नेपाल राष्ट्र बैङ्क ऐन २०५८ परिचालन गरी त्यसमा बैङ्कको स्वायत्तता, स्वतन्त्रता र सुनिश्चिता गरिएको छ। नेपाल राष्ट्र बैङ्कले विदेशी मुद्रा विनियम दर र देशमा रहेको विदेशी मुद्रा भण्डारको संरक्षण, विदेशी मुद्रा नीति नियन्त्रण गर्दछ।[3]

छरितो तथ्यहरू केन्द्रीय कार्यालय, स्थापना ...
नेपालको केन्द्रीय बैङ्क
नेपाल राष्ट्र बैङ्क
Thumb
नेपाल राष्ट्र बैङ्कको लोगो
केन्द्रीय कार्यालयबालुवाटार, काठमाडौँ
स्थापनावैशाख १४, २०१३
स्वामित्वनेपाल सरकार
गभर्नरमहाप्रसाद अधिकारी[1][2]
केन्द्रीय बैंकनेपाल
मुद्रारुपैयाँ
रु. (आइएसओ ४२१७)
वेबसाइटएनआरबी.ओर्ग.एनपी
बन्द गर्नुहोस्
Thumb
पोखरामा रहेको नेपाल राष्ट्र बैङ्कको कार्यालय

उद्देश्य

यसका उद्देश्य हुन् -

१. अर्थतन्त्रको दिगो विकासको निमित्त मूल्य र शोधनान्तर स्थिरता कायम गर्नका लागि आवश्यक मौद्रीक तथा विदेशी विनिमय नीति निर्माण गरी सोको व्यवस्थापन गर्ने।

२. बैङ्किङ तथा वित्तिय क्षेत्रको स्थायित्व र आवश्यक तरलतालाई प्रवर्द्धन गर्ने।

३. सुरक्षित, स्वस्थ तथा सक्षम भुक्तानी प्रणालीको विकास गर्ने।

४. बैङ्किङ तथा वित्तिय प्रणालीको नियमन, निरिक्षण, सुपरिवेक्षण तथा अनुगमन गर्ने।

५. नेपाल अधिराज्यको समग्र बैङ्किङ तथा वित्तिय प्रणालीको संवर्द्धन गरी सो प्रति सर्वसाधारणको विश्वसनियता अभिवृद्धि गर्ने।

बैङ्कका गभर्नर

नेपाल राष्ट्र बैङ्कमा एकजना गभर्नर र दुईजना डेपुटी गभर्नर रहन्छन्। गभर्नर नियुक्त हुनुपूर्व राजा त्रिभुवनका सबै मुद्राहरूको हस्ताक्षरी सदर मुलुकी खानाका प्रमुख खजाञ्चीले गर्दथे। उनीहरू यसप्रकार थिए;

१. जनक राज- पहिलो कागजी नोटको हस्ताक्षर

२. भरत राज

३. नरेन्द्र राज

हालसम्मका गभर्नरहरूको नाम तल दिइएको छ -

थप जानकारी S.no, गभर्नर ...
S.no गभर्नर कार्यकाल
हिमालय शमशेर जबरा[4] अप्रिल २६, १९५६ – फेब्रुअरी ७, १९६१
लक्ष्मीनाथ गौतम[4] फेब्रुअरी ८, १९६१ – जुन १७, १९६५
प्रद्युम्नलाल राजभण्डारी[4] जुन १८, १९६५ – १३ अगस्ट, १९६६
डा. भेष बहादुर थापा[4] अगस्त १४, १९६६ – जुलाई २६, १९६७
डा. यादव प्रसाद पन्त[4] अप्रिल २४, १९६८ – अप्रिल २८, १९७३
कुलशेखर शर्मा[4] अप्रिल २९, १९७३ – १२ डिसेम्बर १९७८
कल्याण विक्रम अधिकारी[4] जुन १३, १९७९ – डिसेम्बर ८, १९८४
गणेश बहादुर थापा[4] २५ मार्च १९८५ – २२ मे १९९०
हरिशंकर त्रिपाठी[4] अगस्ट १०, १९९० – १७ जनवरी १९९५
१० सत्येन्द्र प्यारा श्रेष्ठ[4] जनवरी १८, १९९५ – १७ जनवरी, २०००
११ डा. तिलक बहादुर रावल[4] जनवरी १८, २००० – जनवरी १७, २००५
१२ दिपेन्द्र पुरुष ढकाल[4] अगस्त २९, २००० – अप्रिल २७, २००१
* डा. तिलक बहादुर रावल
१३ विजयनाथ भट्टराई[4] जनवरी ३१, २००५ – जनवरी ३०, २०१०
१५ दिपेन्द्र बहादुर क्षेत्री[4] जनवरी १५, २००९ – जुलाई २६, २००९
* विजयनाथ भट्टराई
१५ युवराज खतिवडा[4] मार्च २२, २०१० – मार्च १९, २०१५
१६ डा. चिरञ्जीवी नेपाल[4] मार्च १९, २०१५ – अप्रिल ६, २०२०
१७ सिए महाप्रसाद अधिकारी[4][5] अप्रिल ६, २०२० - हाल
बन्द गर्नुहोस्
  • मुद्धा चल्दा केही समय वर्खास्त भै पुनर्वहाली भएका गभर्नरहरू

नोट: कृष्ण बहादुर मानन्धर मुद्रामा हस्ताक्षर गर्ने कायम मुकायम गभर्नर थिए।

बाह्य कडीहरू

सन्दर्भ सामग्रीहरू

Wikiwand in your browser!

Seamless Wikipedia browsing. On steroids.

Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.

Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.