न्यायाधीश
From Wikipedia, the free encyclopedia
न्यायाधीश (अङ्ग्रेजी: Judge) अदालत वा न्यायालयको प्रमुख अधिकारी हो, जसले अदालतमा आएका मुद्दा मामिला वा विवादबारे प्रमाण बुझी कानुनी प्रक्रिया पूरा गरी यथार्थ निर्णय दिन सक्छ ।[1] न्यायाधीशले इजलासमा एक्लै वा समूहमा रहेर मुद्दाको सुनुवाइ गर्न वा फैसला दिन सक्दछ । न्यायाधीशले आदेश वा फैसला गर्दा आफ्नो क्षेत्राधिकारभित्र रहेर उजुरी वा निवेदन, साक्षीका वकपत्र, पक्षहरुका बयान तथा तिनका कानुन व्यवसायीका बहसको विश्वसनीयता एवं गम्भीरताको मूल्यांकन गरी उजुरीकर्ता तथा अभियुक्तको नियत समेत केलाई कानुन तथा नजिर हेरी नरम गरम मिलाई गर्नुपर्दछ भन्ने मानिन्छ ।
विभिन्न क्षेत्राधिकार अनुसार न्यायाधिशका अधिकार, कर्तव्य, नियुक्तिको विधि, विधा वा तालिम भने फरक फरक हुन सक्छन् ।