From Wikipedia, the free encyclopedia
न्यूयोर्क संयुक्त राज्य अमेरिकाको एक उत्तरपूर्वी राज्य हो। यो संयुक्त राज्य अमेरिकाको निर्माणको समयमा मूल तेह्र उपनिवेश मध्ये एक थियो। ५४,५५६ वर्ग माइल (१,४१,३०० किमी२), [4] क्षेत्रफल सहित न्युयोर्क भौगोलिक रूपमा २७औं ठूलो राज्य हो। सन् २०२० को तथ्यांक अनुसार यहाँको जनसंख्या २ करोड रहेको छ, जसले यसलाई २ करोड भन्दा बढी मानिसहरूको जनसंख्याले यसलाई चौथो सबैभन्दा ठूलो जनसंख्या भएको राज्य बनाउँछ। [5] [6]
न्यु योर्क
New York | |
---|---|
राज्य | |
State of New York | |
उपनाम: The Empire State | |
आदर्श वाक्य(हरू): | |
राष्ट्रियगान: "I Love New York" | |
देश | संयुक्त राज्य |
संघमा आवद्ध | जुलाई २६, १७८८ (११ औं) |
राजधानी | अल्बानी |
सबैभन्दा ठूलो शहर | न्यूयोर्क शहर |
सबैभन्दा ठूलो महानगर | न्यूयोर्क महानगरीय क्षेत्र |
• माथिल्लो सदन | {{{Upperhouse}}} |
• तल्लो सदन | {{{Lowerhouse}}} |
U.S. senators | {{{Senators}}} |
U.S. House delegation | List |
क्षेत्रफल | |
• जम्मा | ५४,५५५'"`UNIQ--ref-०००००००१-QINU`"' वर्ग माइल (१४१,२९७ किमी२) |
• जमीन | ४७,१२६ वर्ग माइल (१२२,०५७ किमी२) |
• पानी | ७,४२९ वर्ग माइल (१९,२४० किमी२) १३.६% |
• क्रम | 27th |
आयामहरू | |
• लम्बाइ | ३३० माइल (५३० किलोमिटर) |
• चौडाइ | २८५ माइल (४५५ किलोमिटर) |
जनसङ्ख्या (2020) | |
• जम्मा | २०,२१५,७५१[2] |
• क्रम | 4th |
• घनत्व | ४१६.४२/वर्ग माइल (१५९/किमी२) |
वासिन्दा | New Yorker |
भाषा | |
• आधिकारिक भाषा | None |
• बोलिने भाषा | |
अक्षांश | 40° 30′ N to 45° 1′ N |
देशान्तर | 71° 51′ W to 79° 46′ W |
यसलाई न्यूयोर्क शहर, यो राज्यको सबैभन्दा ठूलो शहरबाट अलग गर्न, यसलाई कहिलेकाहीँ न्यूयोर्क राज्य भनिन्छ।
न्युयोर्क सिटि (NYC) संयुक्त राज्य अमेरिकाको सबैभन्दा धेरै आवादी भएको सहर हो । [7] [8] [9] र न्युयोर्क राज्यको दुई तिहाइ जनसङ्ख्याको न्यूयोर्क महानगरीय क्षेत्रमा बसोबास गर्छन्। यो विश्वको सबैभन्दा ठूलो सहरी क्षेत्र ४,६६९.० वर्ग माइल (१२,०९३ किमी२),[10] र विश्वको सबैभन्दा धेरै जनसंख्या भएको मध्ये एक हो। [11] [12] न्यूयोर्क संयुक्त राष्ट्र संघको मुख्यालयको स्थान पनि हो हो, [13] र यसलाई विश्वको सांस्कृतिक, [14] [15] वित्तीय, [16] [17] र मिडिया राजधानी, [18] [19] रूपमा वर्णन गरिएको छ। संसारको सबैभन्दा आर्थिक रूपमा शक्तिशाली शहर मानिन्छ। [20] [16] [21] राज्यका धेरै जनसङ्ख्या भएका अन्य सहरहरूमा बफेलो, रोचेस्टर, योन्कर्स र सिराक्यूज हुन्, जबकि राज्यको राजधानी अल्बानी हो ।
हालको न्यु योर्कको क्षेत्रमा प्रारम्भिक युरोपेलीहरू आउनुभन्दा अगाडी एल्गोनक्वियन्स र इरोक्वाइस मूल निवासी आदिवासी अमेरिकी जनजातिहरूको बसोबास थियो। फ्रान्सेली उपनिवेशवादी र जेसुइट मिसनरीहरू व्यापार र धर्म परिवर्तनको लागि मोन्ट्रियलबाट दक्षिणतिर आइपुगे।
सन् १६०९ मा, डच ईस्ट इण्डिया कम्पनीको लागि हेनरी हडसनले यस क्षेत्रको भ्रमण गरेका थिए। [22] सन् १६१४ मा डचहरूले हडसन र मोहक नदिको संगममा निर्माण नासाउ फोर्ट किल्ला (Fort Nassau) को निर्माण गरे जहाँ पछि अल्बानीको वर्तमान राजधानीको विकास भयो। [23]
डचहरूले चाँडै नै न्यु एम्स्टर्डम र हडसन उपत्यकाका केही भागहरूमा पनि बसोबास सुरु गरे। यसबाट यो ठाउँ नयाँ नेदरल्याण्डको बहुजातीय उपनिवेश र व्यापार र आप्रवासीको केन्द्र रुपमा स्थापित भयो।
डचको यो उपनीवेश इङ्गल्याण्डले सन् १६६४ मा डचहरूबाट उपनिवेश कब्जा गर्यो। डचहरूले १६७३ मा आफ्नो उपनिवेश पुन: कब्जा गरेपछि अर्को वर्ष वेस्टमिन्स्टरको सन्धिको एक भागको रूपमा निश्चित रूपमा इंग्ल्यान्डहरूलाई सुम्पिदिए। [24]
अमेरिकी क्रान्तिकारी युद्ध (१७७५-१७८३) को समयमा, न्यूयोर्क प्रान्तको उपनिवेशवादीहरूको समूहले ब्रिटिश उपनिवेशको नियन्त्रण लिन प्रयास गर्यो र अन्ततः स्वतन्त्रता स्थापना गर्न सफल भयो।
१९औं शताब्दीको प्रारम्भमा, न्यु योर्कको यसको भित्री भागको विकास एरी नहरबाट सुरु भयो, यसबाट पूर्वी तटका अन्य क्षेत्रहरूमा अतुलनीय फाइदाहरू प्रदान गर्यो र यसको राजनीतिक र सांस्कृतिक शिखरमा पुर्यायो। [25]
२००१ सेप्टेम्बर ११ मा अल कायदाद्वारा चार विमान अपहरण गरियो। पहिलो र दोस्रो विमान, अमेरिकन एयरलाइन्सको उडान ११ र युनाइटेड एअरलाइन्स एयरलाइन्सको उडान १७५, क्रमशः लोअर मेनहट्टनमा वर्ल्ड ट्रेड सेन्टर (अनुवाद: विश्व व्यापार केन्द्र) परिसरको उत्तर र दक्षिण भवनहरूमा ठोकिएको थियो भने त्यसको एक घन्टा ४२ मिनेट भित्र ११० तले दुवै भवनहरू ध्वस्त भएको थियो। अवशेष र परिणामस्वरूप आगोले विश्व व्यापार केन्द्र परिसरको सबै अन्य भवनहरूको आंशिक वा पूर्ण पतनको कारण ४७-तले ७ विश्व व्यापार केन्द्र भवनका साथै दश अन्य ठूला संरचनाहरूमा पनि महत्त्वपूर्ण क्षति भएको थियो।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.