From Wikipedia, the free encyclopedia
पद्मा कुमारी अर्याल एक नेपाली कम्युनिष्ट राजनीतिज्ञ, प्रतिनिधि सभाको सदस्य,[1], पूर्व भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण तथा कृषि तथा पशुपंक्षी विकास मन्त्री हुन्।[2][3] उनी यसअघि स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री पनि थिइन्। [4]
पद्म कुमारी अर्याल | |
---|---|
कृषि तथा पशुपंक्षी विकास मन्त्री | |
कार्यकाल सन् २०२० डिसेम्बर २५ – सन् २०२१ जुन ४ | |
राष्ट्रपति | विद्यादेवी भण्डारी |
प्रधानमन्त्री | खड्गप्रसाद ओली |
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्री | |
कार्यकाल सन् २०१८ अगस्ट ३ – सन् २०२० डिसेम्बर २५ | |
राष्ट्रपति | विद्यादेवी भण्डारी |
प्रधानमन्त्री | खड्गप्रसाद ओली |
स्वास्थ्य तथा जनसङ्ख्या राज्य मन्त्री | |
कार्यकाल सन् २०१८ मार्च १६ – सन् २०१८ अगस्ट ३ | |
राष्ट्रपति | विद्यादेवी भण्डारी |
प्रधानमन्त्री | खड्गप्रसाद ओली |
प्रतिनिधि सभाको सदस्य | |
कार्यकाल सन् २०१७ – सन् २०२१ | |
निर्वाचन क्षेत्र | स्याङ्जा २ (निर्वाचन क्षेत्र) |
दोस्रो संविधानसभा सदस्य | |
कार्यकाल सन् २०१४ – सन् २०१७ | |
निर्वाचन क्षेत्र | समानुपातिक प्रणाली |
व्यक्तिगत विवरण | |
जन्म | वालिङ नगरपालिका, स्याङ्जा | २१ डिसेम्बर १९६८
राष्ट्रियता | नेपाली |
राजनीतिक दल | नेकपा (एमाले) |
वेबसाइट | padmaaryal |
वि.सं. २०३९ सालदेखि उनले नेकपा एमालेको विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन मार्फत राजनीति सुरु गरेकी थिइन्। उनी वि.सं. २०६९ देखि नेकपा एमालेकी केन्द्रीय समिति सदस्य र पार्टीको स्याङ्जा जिल्लाको जिल्ला अध्यक्ष छिन्।[5]
वि.सं. २०७४ को सङ्घीय व्यवस्थापिकाको निर्वाचनमा उनी नेकपा एमालेको स्याङ्जा–२ निर्वाचन क्षेत्रबाट प्रत्यक्ष निर्वाचन प्रणालीबाट उम्मेदवारी दिएकी थिइन्।[6] उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गोपालमान श्रेष्ठलाई ३ हजार ५ सयभन्दा बढी मतले पराजित गर्दै विजयी भएकी हुन्। उनले ३५ हजार १४२ मत प्राप्त गरेकी थिइन् भने श्रेष्ठले ३१ हजार ४३६ मत प्राप्त गरेका थिए।[7] उनी वि.सं. २०७४ को प्रतिनिधि सभा निर्वाचनमा जनताको प्रत्यक्ष मतदानबाट संसदमा निर्वाचित हुने मात्र आठ जना महिलाहरू मध्ये एक थिइन्।[5]
राजनीतिक दल | उम्मेदवार | प्राप्त मत | |
---|---|---|---|
नेकपा (एमाले) | पद्म कुमारी अर्याल | ३५,१४२ | |
नेपाली कांग्रेस | गोपालमान श्रेष्ठ | ३१,४३६ | |
नतिजा | विजयी | ||
स्रोत: पहिलो पोस्ट[8] |
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.