पश्चिमी युरोप
From Wikipedia, the free encyclopedia
पश्चिमी युरोप क्षेत्रमा युरोप महाद्वीपका पश्चिमी राष्ट्रहरू समावेश छन्। सन् १९४५ देखि १९९१ सम्म शीतयुद्धको समयमा प्रचलित अर्को परिभाषा अनुसार पश्चिमाहरूले युरोपेली सङ्घमा आबद्ध राष्ट्रहरूको भूभागलाई पश्चिम युरोप भन्ने गर्दथे, जुन अहिले युरोपेली सङ्घको भाग हो। पश्चिमी युरोपेली सङ्गठन सन् १९४८ को समयमा गैर-साम्यवादी युरोपेली राष्ट्रहरूद्वारा आयोजित एक सुरक्षात्मक सङ्गठन थियो जुन वार्सा सम्झौताको बिरूद्ध सङ्गठित गरिएको थियो।[1]