पानामा नहर
From Wikipedia, the free encyclopedia
पानामा नहर (स्पेनी: Canal de Panamá) एट्लान्टिक महासागरलाई (क्यारेबियन सागर हुंदै) प्रशान्त महासागरसँग जोड्ने ४८ माइल (७७.१ किमी) लामो मानव निर्मित जहाजी नहर हो ।
पानामा नहर | |
---|---|
A schematic of the Panama Canal, illustrating the sequence of locks and passages | |
वास्तविक धनी | La Société internationale du Canal |
प्रमुख इन्जीनियर | John Findlay Wallace, John Frank Stevens (1906–1908), George Washington Goethals |
पहिलो मिति | १५ अगस्ट १९१४ |
ताल्चा | 3 locks up, 3 down per transit; all two lanes
|
अवस्था | Open, extension in process |
नेविगेशन अधिकार | Panama Canal Authority |
अमेरिकाको पूर्वी र पश्चिमी तटको बीचको दूरी यस नहरबाट जाँदा करिब ८००० मिल (१२,८७५ कि.मी .) कम हुन गयो । पनामा नहर पार गर्न जहाजलाई ८ घण्टाको समय लाग्छ।
यस नहरको निर्माण १४ अगस्ट १९१४ मा पुरा भएको थियो र १५ अगस्ट १९१४ मा जहाजको आवागमनको लागि खोलियो । १४ अगस्अट २०१४ मा पानामा नहरको निर्माणको १०० औं वार्षिकोत्सव मनाइएको थियो ।[1] जब यो नहरको निर्माण भयो लगभग प्रति बर्ष १००० जलपोत पार हुन्छन् र १०० बर्ष पछि पनि प्रति दिन लगभग ४२ जहार पार हुन्छन् ।
यो नहरलाई यसको इन्जिनियरिङ को एक ठूलो उपलब्धि र विलक्षण उदाहरण मानिन्छ। यो नहर एक ताजा पानीको गटुन ताल हुँदै पार हुन्छ । यस तालको जलस्तर समुद्र सतह बाट २६ मिटर माथि छ, यसमा जहाज प्रवेश गर्नको लागि तीन लक(Lock) को निर्माण गरिएको छ जसमा जलपोतको प्रवेश गराएर र पानी भएर जहाजलाई माथि उठाइन्छ, ताकि जहाज ताल हुँदै पार हुन सकोस। यी लकको चौडाई ३५ मिटर छ र यो समकालीन ठूला जलपोतको लागि पर्याप्त छैन है अतः यसको विस्तारको प्रोजेक्ट चलिरहेको छ ।
पनामा नहरलाई अमेरिकन सोसायटी अफ सिभील इंजीनियर्स ले आधुनिक इन्जिनियरिङको सात आश्चर्यमा स्थान दिएको थियो ।[2]