From Wikipedia, the free encyclopedia
पुरातनवाद सामाजिक विज्ञानको यस्तो विचारधारा हो जुन पारम्पारिक मान्यताहरूको अनुकरण कुनै तर्क वा वैज्ञानिक कारण भन्दा पनि केवल आस्था तथा प्रागनुभवको आधारमा गरिन्छ। यो सामाजिक, राजनीतिक र नैतिक मान्यताहरूको समूह हो जुन चिरकाल देखि प्रचलित मूल्य ,मान्यता र व्यवस्था प्रति सम्मान लाई महत्त्व दिन्छ। यो विचारधारा नयाँ र प्रयोगमा नआएका विचार र संस्थाहरूलाई नअपनाई पुरानो विचार र संस्थाहरूलाई कायम राख्न जोड दिन्छ। डेभिड ह्यूम र एडमन्ड बर्क पुरातनवादको प्रमुख विचारक मानिन्छन्। समकालीन विचारकहरूमा माइकल ओकसटलाई पुरातनवादका प्रमुख सिद्धान्तकार मानिन्छ।[1]
उदार पुरातनवादले शास्त्रीय उदारवादी अर्थतन्त्रमा सरकारको कम भन्दा कम हस्तक्षेप रहनुपर्ने कुरालाई जोड दिन्छ। व्यक्तिहरू सरकारी हस्तक्षेप बिना बजारमा सहभागी हुन र धन कमाउन स्वतन्त्र हुन पर्छ।[2] यद्यपि, कोही पनि व्यक्तिले अरुको जीवनमा निर्भर रहन पाउदैन। त्यसकारण उदार पुरातनवादीहरू कानुन तथा सुव्यवस्था कायम गर्न एक बलियो राज्यको र राष्ट्रको दायित्व बहन गर्न सामाजिक संस्था आवश्यक पर्ने बिश्वास राख्छन्।[2] उदार पुरातनवाद उदार उद्देश्यले प्रभावित पुरातनवादको प्रकार हो।[3]
वित्तीय पुरातनवाद सरकारी खर्च तथा ऋणमा सावधानी अपनाउनु पर्ने आर्थिक दर्शन हो।[4]
धार्मिक पुरातनवाद भनेको कुनै एक धर्म (पन्थ) को विचार राजनीतिमा प्दयोग गर्नु हो। [5] In most democracies, political conservatism seeks to uphold traditional family structures and social values. धार्मिक पुरातनवादले, विशेषतः गर्भपतन, समलिङ्गी पहिचान, औषध प्रयोगको [6] र विवाह बाहेकको यौन गतिविधिको विरोध गर्छ। कुनै कुनै घटनामा, पुरातनवादीहरू सार्वजनिक जीवनमा धर्मको भुमिकालाई बढोत्तरी दिने प्रयास गर्छन्। [7]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.