नेपालको प्रधानमन्त्री From Wikipedia, the free encyclopedia
पुष्पकमल दाहाल (जन्म: २०११ मङ्सिर २६, जन्मको नाम घनश्याम दाहाल[1], वा राजनीतिक नाम प्रचण्ड), नेपालका पूर्वप्रधानमन्त्री हुन्। उनी नेपाल कम्यूनिष्ट पार्टी(माओवादी केन्द्र) का अध्यक्ष पनि हुन्। [4]उनले यसअघि २०६५ साउन ३१ देखि २०६६ जेठ ११ सम्म पहिलो पटक र २०७३ साउन २० देखि २०७४ जेठ २४ सम्म दोस्रो पटक उक्त पद सम्हालेका थिए।[5][6][7] उनी २०७९ पुस १० गते नेपालको प्रधानमन्त्रीमा नियुक्त भए र २०८१ साउनमा संसद्मा विश्वासको मत पाउन नसेकपछि पदमुक्त भए।[8][9]
पुष्पकमल दाहाल | |
---|---|
नेपालको ३३औँ प्रधानमन्त्री | |
पद बहाली १० पुस २०७९ | |
राष्ट्रपति | विद्यादेवी भण्डारी रामचन्द्र पौडेल |
पूर्वाधिकारी | शेरबहादुर देउवा |
कार्यकाल २०७३ साउन २० – २०७४ जेठ २४ | |
राष्ट्रपति | विद्यादेवी भण्डारी |
सहायक | विमलेन्द्र निधि विजयकुमार गच्छदार |
पूर्वाधिकारी | खड्गप्रसाद ओली |
उतराधिकारी | शेरबहादुर देउवा |
कार्यकाल २०६५ साउन ३१ – २०६६ जेठ ११ | |
राष्ट्रपति | रामवरण यादव |
सहायक | वामदेव गौतम |
पूर्वाधिकारी | गिरिजाप्रसाद कोइराला |
उतराधिकारी | माधवकुमार नेपाल |
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को अध्यक्ष | |
पद बहाली २०७७ फागुन २४ | |
पूर्वाधिकारी | पद स्थापित (सर्वोच्च अदालतद्वारा पार्टी पुन:गठन) |
कार्यकाल वि.सं २०५० – वि.सं २०७४ | |
पूर्वाधिकारी | पद स्थापित |
उतराधिकारी | नेपाल कम्युनिस्ट पार्टीको गठन |
नेपाल कम्युनिस्ट पार्टीको अध्यक्ष | |
कार्यकाल वि.सं २०७४ – २०७७ फागुन २४ सहकर्मी खड्गप्रसाद ओली | |
पूर्वाधिकारी | पद स्थापित |
उतराधिकारी | सर्वाेच्च अदालतको फैसलाले पार्टी विघटन |
प्रतिनिधि सभा सदस्य | |
पद बहाली वि.सं २०७९ | |
पूर्वाधिकारी | बाबुराम भट्टराई |
निर्वाचन क्षेत्र | गोरखा २ |
कार्यकाल २०७४ फागुन २० – २०७९ असोज | |
पूर्वाधिकारी | कृष्णभक्त पोखरेल |
निर्वाचन क्षेत्र | चितवन ३ |
संविधान सभा सदस्य | |
कार्यकाल २०७० माघ ७ – २०७४ असोज २८ | |
पूर्वाधिकारी | महेन्द्र पासवान |
उतराधिकारी | निर्वाचन क्षेत्र विघटित |
निर्वाचन क्षेत्र | सिराह ५ |
कार्यकाल २०६५ जेठ १५ – २०६९ जेठ १५ | |
पूर्वाधिकारी | निर्वाचन क्षेत्र स्थापित |
उतराधिकारी | राजेन्द्रकुमार केसी |
निर्वाचन क्षेत्र | काठमाडौँ १० |
व्यक्तिगत विवरण | |
जन्म | ११ डिसेम्बर १९५४ ढिकुर पोखरी, कास्की, नेपाल अधिराज्य (हाल ढिकुर पोखरी, अन्नपूर्ण गाउँपालिका, कास्की, गण्डकी प्रदेश, नेपाल) |
राजनीतिक दल | नेकपा (माओवादी केन्द्र)(वि.सं २०५०–२०७४; २०७७–हाल) |
अन्य राजनीतिक संलग्नता | नेकपा (चौथो महाधिवेशन) (वि.सं २०३९ अगाडि) नेकपा (मसाल) (वि.सं २०३९–२०४०) नेकपा (मशाल) (वि.सं २०४०–२०४८) नेकपा (एकता केन्द्र) (वि.सं २०४८–२०५२) नेपाल कम्युनिस्ट पार्टी (वि.सं २०७५–२०७७) |
नाता |
|
मातृ शिक्षाप्रतिष्ठान | कृषि तथा वन विश्वविद्यालय |
वेबसाइट | आधिकारिक वेबसाइट |
उपनाम | प्रचण्ड |
माओवादी सशस्त्र द्वन्द्व र त्यसपछिको शान्ति प्रक्रिया र नेपालको पहिलो संविधान सभाको समय वा पछि पनि दाहाल नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का अध्यक्षको रूपमा रहेका थिए।[10] संविधान सभा निर्वाचन, २०६४मा तत्कालीन नेकपा (माओवादी) सबैभन्दा ठूलो दलको रूपमा उदाएको थियो र सोही वर्ष उनी प्रधानमन्त्री बनेका थिए।[11] तत्कालीन सेनाप्रमुख रूक्माङ्गद कटवाललाई बर्खास्त गर्ने उनको प्रयासको तत्कालीन राष्ट्रपति रामवरण यादवले विरोध गरेपछि उनले २०६६ वैशाख २१ मा पदबाट राजीनामा दिएका थिए।[12]
प्रचण्डको जन्म कास्कीको पोखरामा एक ब्राह्मण परिवारमा घनश्याम दाहालको रूपमा भएको थियो।[13][14] म्याट्रिक परीक्षाको क्रममा आफ्नो नाम परिवर्तन गरेर पुष्पकमल दाहाल नबनाएसम्म उनलाई घनश्यामको रूपमा चिनिन्थ्यो।[15][16][17][18][1] प्रचण्डले आफ्नो बाल्यकालको अधिकांश समय चितवनमा बिताएका थिए। चितवनको रामपुरस्थित कृषि तथा पशु विज्ञान अध्ययन संस्थानबाट कृषिमा स्नातकोत्तर प्राप्त गरेका उनी अन्तर्राष्ट्रिय विकासका लागि संयुक्त राज्य अमेरिकाको एजेन्सी प्रायोजनमा जाजरकोटको ग्रामीण विकास परियोजनामा कार्यरत थिए।[19]
उनले आफ्नो युवावस्थामा चरम गरिबीको सामना गरेका थिए। उनी बामपन्थी राजनीतिक पार्टीहरूमा आकर्षित हुन पुगेका थिए। उनी वि.सं २०४६ मा भूमिगत नेपाल कम्युनिस्ट पार्टी (चौथो महाधिवेशन) मा सामेल भएका थिए।[20] उनी वि.सं २०५४ मा नेपाल कम्युनिस्ट पार्टी (मशाल)को महासचिव भएका थिए। यो पार्टी पछि नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बनेको थियो। वि.सं २०४६ मा प्रजातन्त्रको पुनस्थापनापछि पनि प्रचण्ड भूमिगत थिए। तत्कालीन समयमा उनलाई व्यापक रूपमा चिनिएको थिएन। उनले पार्टीको गुप्त शाखालाई नियन्त्रण गरेका थिए जबकि पछि उनको सहयात्री बनेका बाबुराम भट्टराईले संसदमा संयुक्त जनमोर्चाको प्रतिनिधित्व गरेका थिए।
उनको औपचारिक शिक्षा एस.एल.सी. सम्म चितवनको नारायणी विद्या मन्दिर मा.वि.बाट र आई.एस.स्सी. पाटन बहुमुखी क्याम्पसबाट वि सं २०२७–२०२९ भएको थियो। उनले बि.एस्सी वि सं २०३१–२०३३ सालमा रामपुर कृषि क्याम्पसबाट गरि एम.पी.ए.सम्मको अध्ययन गरेका छन् ।[21]
बाबुराम भट्टराईले २०५२ माघ २१ गते नेपाली काङ्ग्रेसको तर्फबाट प्रधानमन्त्री बनेका शेरबहादुर देउवा नेतृत्वको सरकारलाई ४० वटा मागको सूची दिएका थिए।[22] 'राष्ट्रियता, लोकतन्त्र र जीविकोपार्जन' सँग सम्बन्धित मागहरूमा 'नेपाली उद्योग, व्यवसाय र वित्तमा विदेशी पूँजीको प्रभुत्व बन्द गर्ने, सन् १९५० को नेपाल–भारत सन्धि लगायत विभेदकारी सन्धिहरू खारेज (यहाँ सन् १९५० को भारत–नेपाल शान्ति तथा मैत्री सन्धिलाई उल्लेख गर्दै) र सामन्ती व्यवस्थाको नियन्त्रणमा रहेको जमिन जफत गरी भूमिहीन र घरबारविहीनलाई वितरण गरिनुपर्ने जस्ता विषय समेटिएका थिए। माग सम्बोधन नभएसँगै नेकपा (माओवादी)को नेतृत्वमा नेपालमा दश वर्षे सशस्त्र द्वन्द्व २०५२ फागुन १ गते घोषणा भएको थियो। नेपालको राजतन्त्रलाई समाप्त र जनगणतन्त्र स्थापना गर्ने उद्देश्यका साथ यसको सुरूवात भएको थियो। विसं २०६३ साल मङ्सिर ५ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेसँगै यस द्वन्द्वको औपचारिक समाप्ती भएको थियो। यस भन्दा अगाडि, २०६३ वैशाख १३ सम्म, दहालले नेकपा (माओवादी)को सैन्य प्रयासलाई विशेष गरी पहाडी क्षेत्र र पश्चिम नेपालमा नियन्त्रणका क्षेत्रहरू स्थापना गर्न निर्देशन दिएका थिए।
त्यसपछिको राजनीतिक वार्तामा ४० वटा मागलाई घटाएर २४ मा झारिएको थियो।[23]
२०६२ मङ्सिर ७ मा प्रचण्ड र सातदलीय गठबन्धनले '१२ बुँदे सहमति' जारी गरेका थिए जसमा नेकपा (माओवादी) र २०४८ सालको संसदीय निर्वाचनमा ठूलो बहुमत प्राप्त गरेका पार्टीहरूबीच सहमतिका क्षेत्रहरू व्यक्त गरिएको थियो। यस दस्तावेजमा राजा ज्ञानेन्द्रको तानाशाही राजतन्त्र नै नेपालको प्रगतिको प्रमुख बाधक रहेको उल्लेख गरिएको थियो। माओवादी मानव अधिकार, प्रेस स्वतन्त्रता र बहुदलीय शासन प्रणालीप्रति प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख थियो। यसले आत्मआलोचना र माओवादी र सात दलको विगतका गल्ती नदोहोर्याउने प्रतिबद्धता व्यक्त गरेको थियो।
माओवादी द्वन्द्व दौरान थुप्रै युद्धविरामहरू भएका थिए। २०६३ वैशाख १३ मा, प्रचण्डले ९० दिनको घोषित अवधिको साथ युद्धविरामको घोषणा गरेका थिए। ६२/६३ मा, काठमाडौँ र अन्य स्थानमा हप्तौँसम्म चलेको व्यापक विरोध प्रदर्शनपछि राजा ज्ञानेन्द्रले २०६१ माघ १९ मा स्थापना गरेको व्यक्तिगत अधिनायकत्व त्याग्न र विघटन भएको संसद्को पुनःर्स्थापना गर्न बाध्य भएका थिए।
त्यसपछि सात दलीय गठबन्धनले नयाँ सरकार गठन गरेको थियो र राजतन्त्र उन्मुलन भएको थियो। संसद् र नयाँ सरकारले युद्धविरामलाई समर्थन गर्दै बाह्रबुँदे सहमतिका आधारमा माओवादीसँग वार्ता सुरु गरेको थियो। दुवै पक्ष नयाँ संविधान लेख्न र नयाँ संविधान सभाको निर्वाचन गर्ने कुरामा सहमत भएका थिए।
वि.सं २०६२ सालमा, माओवादीका अध्यक्ष प्रचण्ड र अर्का वरिष्ठ नेता बाबुराम भट्टराई भारतको पञ्जाबमा भएको माओवादी बैठकको अध्यक्षता गरेपछि वीरगञ्ज हुँदै नेपाल प्रवेश गरेका थिए। त्यसपछि उनीहरू पार्टीले विभिन्न स्थानमा आयोजना गरेका विभिन्न कार्यक्रममा सहभागी भएका थिए।[24] सात दलीय गठबन्धनसँग राजनीतिक सम्झौता हुनुअघि प्रचण्डले सार्वजनिक रूपमा उपस्थित हुन अस्वीकार गरेका थिए। माओवादीहरू आफ्नो शक्ति खोस्नुको साटो राजतन्त्रको अन्त्य गर्नुपर्छ भन्ने आफ्नो मागमा अडिग थिए।
माओवादी नेता कृष्णबहादुर महराले सातदलीय गठबन्धन र राजाबीच गत २०६३ वैशाख ११ गते गोप्य सहमति भएको र भविष्यमा कुनै न कुनै रुपमा राजालाई राजसंस्था कायम राख्ने आश्वासन दिएको दाबी गरेका थिए। २०६३ जेठ २३ का दिन तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेपालको पछिल्लो राजनीतिक परिवर्तनका लागि भारतसँग सहयोग माग्न चारदिने भ्रमणका लागि भारत गएका थिए। माओवादी अध्यक्ष दाहालले देशभित्रको राजनीतिक विवाद समाधान नगरी आफूहरूले कुनै पनि आर्थिक सहयोग नमाग्ने र भारतीय जेलमा रहेका माओवादी कैदीलाई अविलम्ब रिहा गर्न माग गरेका थिए।
प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेपाल फर्केपछि उनले प्रचण्ड र बाबुरामसँग सिधै उच्चस्तरीय वार्ता गर्नुपर्नेमा जोड दिएका थिए। तर, अध्यक्ष प्रचण्ड र अर्का वरिष्ठ नेताले भट्टराईले कोइरालाको आग्रह अस्वीकार गरेका थिए।
२०६३ जेठ ३१ गते, कृष्णप्रसाद सिटौला निजी हेलिकप्टरबाट कास्कीको पहाडी गाउँ सिक्लिस पुगेका थिए। सिटौला त्यहाँ पुग्दा नेकपा (माओवादी)ले गाउँमा आमसभा गर्ने योजना बनाइरहेको थियो। वरिष्ठ नेतासँग चार घण्टा लामो छलफलपछि सिटौलाले उनीहरूलाई काठमाडौँ ल्याउने तयारी गरेका थिए। २०६३ असार २ गते, सिटौला प्रचण्ड र भट्टराईलाई लिन पोखरा उडेका थिए। प्रचण्ड, उनकी पत्नी र भट्टराईलाई प्रधानमन्त्री निवास लगिएको थियो। माओवादी अध्यक्ष प्रचण्डले भने, 'त्यो दिन काठमाडौँमा पहिलो दिन म सार्वजनिक रुपमा देखा परेँ, मैले हल्का निलो रङको सुट लगाएँको थिए। मलाई हल्का निलो सबैभन्दा बढी मनपर्छ। २५ वर्ष भूमिगत र १० वर्षको युद्धपछि प्रचण्डको जीवनमा यो मोड आएको थियो।
सरकार र माओवादी विद्रोहीबीच आठ बुँदे सहमति भएको थियो। प्रधानमन्त्रीसँगको वार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले विगतका असफलताका बाबजुद शान्ति वार्ता अघि बढेको बताएका थिए। विद्रोही नेताको सार्वजनिक उपस्थितिले नेपालमा सनसनी मच्चाएको थियो। उक्त सम्झौता 'ऐतिहासिक' भएको उल्लेख गर्दै प्रचण्डले संविधानसभाको निर्वाचनपछि नेपाल छिट्टै गणतन्त्रमा रूपान्तरण हुने बताएका थिए। राजतन्त्रको अन्त्यपछि उनी नेपालका पहिलो प्रधानमन्त्री बनेका थिए।
२०६३ असार २ गते, तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग प्रचण्डको भेट भएको थियो, जुन एक दशकभन्दा बढी समयपछि उनको पहिलो राजधानी काठमाडौँ भ्रमण मानिएको थियो।[25][26] यस बैठकको परिणामस्वरूप संसद विघटन गर्न, नेकपा (माओवादी)लाई नयाँ अन्तरिम सरकारमा सामेल गर्न, नयाँ संविधानको मस्यौदा तयार गर्न र ग्रामीण नेपालमा सञ्चालित नेकपा (माओवादी)को "जनसरकारहरू" विघटन गर्न विस्तृत शान्ति सम्झौता भएको थियो।[27] दुवै पक्ष अन्तर्राष्ट्रिय निगरानीमा पछि निःशस्त्रीकरण गर्न पनि सहमत भएका थिए। २०६४ असोज १ मा, नेकपा (माओवादी) ले संसदद्वारा गणतन्त्रको घोषणा र निर्वाचनमा समानुपातिक प्रतिनिधित्वको प्रणालीको माग गर्दै संविधान सभाको निर्वाचन अघि गठबन्धन सरकार छोडेको थियो। निर्वाचनपछि राजतन्त्रको अन्त्य गर्ने र निर्वाचनमा आंशिक समानुपातिक प्रतिनिधित्वको व्यवस्था गर्ने सहमति भएपछि नेकपा (माओवादी) पुनः सरकारमा सामेल भएको थियो।[28]
२०६७ माघ २० मा प्रधानमन्त्रीका लागि भएको निर्वाचनमा प्रचण्डले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का तर्फबाट उम्मेदवारी दिएका थिए तर पछि उनले आफ्नो उम्मेदवारी फिर्ता लिएर नेकपा (एमाले)का प्रधानमन्त्री पदका उम्मेदवार झलनाथ खनाललाई समर्थन गरेका थिए। उनकै समर्थनमा ६ महिनाभन्दा लामो कामचलाउ सरकारलाई हटाएर खनाल नयाँ प्रधानमन्त्रीमा निर्वाचित भएका थिए।
पूर्वाधिकारी गिरिजा प्रसाद कोइराला |
नेपालको प्रधानमन्त्री अगस्ट् १८, २००८ देखि मे ४, २००९ |
उत्तराधिकारी माधब कुमार नेपाल |
पूर्वाधिकारी खड्गप्रसाद ओली |
नेपालको प्रधानमन्त्री १९ साउन २०७३ देखि |
उत्तराधिकारी शेरबहादुर देउवा |
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.